काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको विकट स्थानका ६६ जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न भएको छ । खुड्किलो नेपाल र नागरिक सहारा नेपालको आयोजनामा महाभारत गाउँपालिकाको गोकुले र गाउँपालिका भवनमा भएको आँखा शिविरबाट मोतीबिन्दु देखिएका ६६ जनाको संस्थाले निःशुल्क शल्यक्रिया भएको हो ।
वैशाख ८ गते शनिवार आयोजित शिविरबाट आँखाका शल्यक्रिया गर्नु पर्ने ६६ जनाको काठमाडौँको फूलबारी गुम्बामा १७ गते निःशुल्क शल्यक्रिया सम्पन्न भएको हो ।
पालिका र गोकुलेको विकट स्थानमा भएको आँखा शिविरमा ५२५ जनाको आँखा परीक्षण गरिएको खुड्किलो नेपालकी अध्यक्ष तारा सम्पाङ राईले जानकारी दिनुभयो । उहाँका अनुसार विकट गाउँमा स्वास्थ्य पहुँच कम, आफ्नो उपचार गराउन पनि बिरामी सदरमुकाम सम्म आउनु पर्ने तथा आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित रहेका बिरामीहरूलाई संस्थाको पहलमा निःशुल्क उपचारको व्यवस्था गरिएको हो ।
शिविरमा २५५ जनालाई निःशुल्क चस्मा वितरण समेत गरिएको राईले जानकारी दिनुभयो । गाउँमा २०७२ पछाडि पहिलो पटक आँखा शिविर सञ्चालन भई आँखाको स्कृनिङ, निःशुल्क औषधी, निःशुल्क चस्मा वितरण तथा शल्यक्रिया समेत हुँदा गाउँ बासी निकै खुसी भएका थिए ।
गाउँमा मोतिविन्दुका बिरामी पत्ता लगाउन तथा उनीहरूको उपचारका लागि नै यो शिविरको आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । शिविरमा १५ वर्ष देखि ८० वर्ष सम्मका बिरामीको परीक्षण भएको थियो ।
शिविर काभ्रे जिल्ला समन्वय समिति र महाभारत गाउँपालिकाको सहकार्य तथा प्राविधिक सहयोग ख्वप तिलगंगा आँखा अस्पताले गरेको थियो । आँखा शिविरमा आँखा परीक्षणका लागि ६ जना प्राविधिक टोली पालिका पुगेको थियो । गाउँमा अझै पनि धेरै आँखाका बिरामी रहेको बताउँदै राई भन्नुहुन्छ आँखा पनि चेक जाँच गराउनुपर्छ भन्ने गाउँमा चेतनाको अभाव रहेको आफूहरूले पाएको बताए ।
मोतिविन्दुको शल्यक्रिया पछाडि आँखाको हेरचाहको विषयमा समेत बिरामीलाई संस्थाले निःशुल्क परामर्श दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - २०:५७
उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...
फाल्गुन २९ गते, २०८२ - २०:५४
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...
फाल्गुन २९ गते, २०८२ - २०:५०
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...
फाल्गुन २९ गते, २०८२ - २०:४४
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...
फाल्गुन २९ गते, २०८२ - २०:२९
विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा
फाल्गुन २९ गते, २०८२ - २०:१७
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...
फाल्गुन २९ गते, २०८२ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...
फाल्गुन २९ गते, २०८२ - २०:०२
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...


प्रतिकृया लेख्नुहोस्: