Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

महाभारतका ६६ जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया सम्पन्न

खबरडबली संवाददाता

 काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको विकट स्थानका ६६ जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न भएको छ । खुड्किलो नेपाल र नागरिक सहारा नेपालको आयोजनामा महाभारत गाउँपालिकाको गोकुले र गाउँपालिका भवनमा भएको आँखा शिविरबाट मोतीबिन्दु देखिएका ६६ जनाको संस्थाले निःशुल्क शल्यक्रिया भएको हो ।

वैशाख ८ गते शनिवार आयोजित शिविरबाट आँखाका शल्यक्रिया गर्नु पर्ने ६६ जनाको काठमाडौँको फूलबारी गुम्बामा १७ गते निःशुल्क शल्यक्रिया सम्पन्न भएको हो । 

पालिका र गोकुलेको विकट स्थानमा भएको आँखा शिविरमा ५२५ जनाको आँखा परीक्षण गरिएको खुड्किलो नेपालकी अध्यक्ष तारा सम्पाङ राईले जानकारी दिनुभयो । उहाँका अनुसार विकट गाउँमा स्वास्थ्य पहुँच कम, आफ्नो उपचार गराउन पनि बिरामी सदरमुकाम सम्म आउनु पर्ने तथा आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित रहेका बिरामीहरूलाई संस्थाको पहलमा निःशुल्क उपचारको व्यवस्था गरिएको हो । 

शिविरमा २५५ जनालाई निःशुल्क चस्मा वितरण समेत गरिएको राईले जानकारी दिनुभयो । गाउँमा २०७२ पछाडि पहिलो पटक आँखा शिविर सञ्चालन भई आँखाको स्कृनिङ, निःशुल्क औषधी, निःशुल्क चस्मा वितरण तथा शल्यक्रिया समेत हुँदा गाउँ बासी निकै खुसी भएका थिए ।   

गाउँमा मोतिविन्दुका बिरामी पत्ता लगाउन तथा उनीहरूको उपचारका लागि नै यो शिविरको आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । शिविरमा १५ वर्ष देखि ८० वर्ष सम्मका बिरामीको परीक्षण भएको थियो । 

शिविर काभ्रे जिल्ला समन्वय समिति र महाभारत गाउँपालिकाको सहकार्य तथा प्राविधिक सहयोग ख्वप तिलगंगा आँखा अस्पताले गरेको थियो ।  आँखा शिविरमा आँखा परीक्षणका लागि ६ जना प्राविधिक टोली पालिका पुगेको थियो । गाउँमा अझै पनि धेरै आँखाका बिरामी रहेको बताउँदै राई भन्नुहुन्छ आँखा पनि चेक जाँच गराउनुपर्छ भन्ने गाउँमा चेतनाको अभाव रहेको आफूहरूले पाएको बताए । 

मोतिविन्दुको शल्यक्रिया पछाडि आँखाको हेरचाहको विषयमा समेत बिरामीलाई संस्थाले निःशुल्क परामर्श दिएको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेको नाराबाजीबीच प्रतिनिधिसभा बैठक जारी

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरिरहेका छन्। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल ...

मंगलबारकाे प्रतिनिधिसभा बैठक सुरू (प्रत्यक्ष प्रसारण)

काठमाडौं ।  सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार मध्याह्नबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्...

सहकारी पीडितलाई न्याय दिलाउने सवालमा आफ्नो अडानमा दृढ छाैंः बद्रीप्रसाद पाण्डे

काठमाडौं । नेपाली कांग्रेसले सहकारी पीडितलाई न्याय दिलाउने सवालमा आफ्नो अडानमा दृढ रहेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा पार्टीका तर्फबाट ...

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध क्राउ पुर्जी जारी भएको छ । नागरिकता किर्ते गरेको कसुरमा उनलाई पक्राउ पुर्जी जारी भएक...

साढे २ करोडमा मोलमोलाइ गर्दैगर्दा खाग कारोबारी प्रहरी खाेरमा

चितवन । एक सिंगे गैंडाको खाग साढे २ करोड रुपैयाँमा बिक्री गर्न मोलमोलाइ गर्दैगर्दा ६ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–६ देवनगर नजिकै खागको क...

थलीमा मृत भेटिएका नगरकाेटीकी छोरी बबरमहलबाट पक्राउ

फर्पिङमा घाइते अवस्थामा फेला परेका छाेरा पनि प्रहरी नियन्त्रणमा

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित १३ लाख बढीका सामग्री नियन्त्रणमा

इलाम । नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा पिकअक भ्यान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । इलाम सूर्य...

थलीमा मृत भेटिएका नगरकाेटीका छोरा फर्पिङमा घाइते अवस्थामा भेटिए

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएका छन् । थलीमा मृत भेटिएका भक्तपुर नग...

सिन्धुपाल्चोकमा ‘आमा बचाउ’ अभियान

सिन्धुपाल्चोक  । सिन्धुपाल्चोकजिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन्...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies