Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ: सरस्वती बजिमय

खबरडबली संवाददाता

काठमाडौँ । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन् । संसद्मा जे पनि बोल्नहुने जस्तो देखिन्छ । संसदीय मर्यादाविपरीतका अभ्यास भइरहेको छ । एकअर्काको विरोध गर्नबाहेक केही नगरेको देखियो । देशको सामाजिक–आर्थिक विकासका लागि सदनमा प्रतिनिधित्वका सबै राजनीतिक दल एकजुट हुनैपर्छ । जुन देश कानुनी आधारमा अगाडि बढेका छन् र एकजुट भएका छन् ती देश नै विकासको पथमा बढेका देखिन्छ । एकापसमा सहयोग एवं समर्थन भएमा मात्र देशको उन्नति सम्भव हुन्छ ।

देशमा भ्रष्टाचार अहिले निकै मौलाएको छ । आफूलाई नयाँ पार्टी भन्ने पनि देखावटीमात्र रहेछन् भन्ने कुरा घामजस्तै छर्लङ्ग भइसकेको अवस्था छ । सङ्गठित सहकारी अपराधमा परेर धेरै सर्वसाधारणको रकम ठगी भएको छ । धेरै जनताले दुःख पाएका छन् । बाहिर सबै छताछुल्ल भए पनि नयाँ दलमा आबद्ध नेताहरू केही नभएको जस्तो गरिरहेका छन् । 

देश विकास गर्नका लागि सुशासन र भ्रष्टाचार नियन्त्रण पूर्वशर्त हो । सुशासन भएन भने अरु केही हुँदैन । भ्रष्टाचारमा डुब्नेहरूलाई कारबाही गर्नुपर्छ । मेरो पार्टी नेपाली कांग्रेसले भ्रष्टाचारका लागि कारबाही गर्ने नै कुरा उठाइरहेको छ । भ्रष्टाचार नियन्त्रण भयो भनेमात्र जनता सुखी हुन्छन् । 

कानुन नबनेका हुनाले कतिपय कुरामा अप्ठ्यारो परिस्थिति उत्पन्न भएको सुनिन्छ । कानुन निर्माणका सन्दर्भमा हामी विपक्षी पार्टीमा भए पनि सही कानुन बनाउन कुनै रोकटोक हुँदैन, गरेका छैनौँ । सहयोग नै हुन्छ । आवश्यक कानुन छिटोभन्दा छिटो संसद्बाट बनुन् भन्नेमा कांग्रेस प्रतिबद्ध छ । 

देशका युवा र विद्यार्थी ठूलो सङ्ख्यामा विदेशिन थालेका छन् । जुन एकदम चिन्ताको विषय हो । मेरो मुख्य जोड भनेकै सूचना प्रविधि ९आइटी० क्षेत्रमा विकास गर्नुपर्छ भन्ने हो । अनिमात्र युवा यहीँ टिक्छन् । नेपालमै युवालाई रोकेर राख्नुपर्छ । आइटी क्षेत्रलाई हरेक दृष्टिकोणबाट हेर्नुपर्छ । प्रविधि विकासमा बढी कर, भ्याट लगाउन थाल्यो भने युवा यहाँ बस्दैनन् । आइटी क्षेत्रमा रमाएका युवा विदेश पलायन हुनसक्ने खतरा भइरहन्छ ।
 
के गर्दा युवा यहीँ रहन्छन् र देशमा भएकालाई कसरी सुविधा दिएर अझ अगाडि बढाउने भनेर राज्यले सोच्नुपर्छ, योजना ल्याउनुपर्छ । युवालाई यहीँ बसेर काम गर्ने वातावरण सिर्जना गर्नतिर म पनि लाग्नेछु । आउँदो बर्खे अधिवेशनमा पनि यो विषयमा संसद्मा कुरा उठाउनेछु । 
 
नेपाल कृषिप्रधान देश हो तर यस क्षेत्रमा अपेक्षित प्रगति हुन सकेको छैन । हामी कृषि उपजमा परनिर्भर छाँै । न सिँचाइ, न मलखादको राम्रो व्यवस्था छ । पहाडी इलाकामा बाँदरले दुःख दिने समस्याले बस्ती नै उजाड भएका छन् । कृषि क्षेत्रलाई विकास गर्न सकियो भने विदेशमा किन जानुपर्यो रु आफ्नै देशमा उत्पादन गरेर बेच्ने ता कि बाहिरबाट किन्नु नपरोस् । आफ्नै देशको उत्पादन बिक्री गर्यो भने पनि धेरै सहयोग हुन्छ । पर्यटन क्षेत्रलाई विकास गर्न सक्यौँ भने धेरै पयर्टक भित्र्याउन सकिन्छ । 

म पहाडी जिल्ला खोटाङबाट प्रतिनिधित्व गर्छु । जिल्लामा बाटाघाटाको अवस्था निकै दयनीय छ । सडक धुलाम्मे र हिल्लामे छन् । कच्ची सडकमा दुर्घटना भइराख्छन् । यसले गर्दा जनताले दुःख पाएका छन् । जनसङ्ख्या कम भएको र पहाडी जिल्लालाई केन्द्रले हेर्ने दृष्टिकोण फरक पाएको छु । विकास निर्माणका लागि मन्त्री नै हुनुपर्नेरहेछ । मन्त्री भयो भने सबै बजेट जाने, नभए अरुलाई बजेट नै नदिने । अस्पताल सुविधायुक्त भए बिरामी पर्दा अन्यत्र जान नपर्ने भन्ने त्यहाँका मतदाताको माग छ । जुन जायज पनि छ । कृषिमा त्यस्तै अप्ठ्यारो छ । पानीको दुःख छ  । पानीका मुहान सुक्दै गएका छन् । यस्ता गुनासालाई सम्बोधन चाहेर पनि गर्न सकिरहेका छैनाँै । त्यसकारण सरकारको ध्यान त्यतातिर जाओस् भनेर बेलाबेलामा सदनमा पनि आवाज उठाइरहेको छु । सदरमुकामकै हालत खराब छ भने गाउँको अवस्था झन् नाजुक छ । विकास निर्माणका काम सबैतिर बराबरी हुनुपर्छ भनेर आवाज उठाउँदै आइरहेको छु ।
 
खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको भाग छुनेगरी दूधकोशी आयोजना पनि चाँडै सञ्चालन हुनेमा म विश्वस्त छु । त्यो जलाशययुक्त आयोजना छ सय ३५ मेगावाट क्षमताको हो । आफूले मात्र अरुको सहयोग लिने होइन कि सहयोग दिनसक्ने राष्ट्र बनाउन एकजुट भएर लाग्न जरुरी छ । 

मेरो जिल्लामा पर्यटन क्षेत्रमा विकासको पनि धेरै सम्भावना छन् । हलेसी मन्दिरमा बर्सेनि धेरै दर्शनार्थी आउँछन् तर त्यहाँ जाने बाटोमा भने सरकारले ध्यान दिनसकेको छैन । जयरामघाटबाट हलेसीसम्मको बाटो जताजतै भत्किएको छ । फेरि टालटुल हुन्छ फेरि भत्किन्छ । दिक्तेल बजारमा कालिकादेवी मन्दिर छ । त्यो पनि चर्चित छ । हलेसीसम्म आएका दर्शनार्थीहरू त्यो मन्दिरसम्म पनि जाउन् भन्नका लागि प्रचारप्रसारमा ध्यान दिन जरुरी देखिएको छ । त्यसैगरी अरु विभिन्न ठाउँ छन्, जहाँबाट निकै सुन्दर दृश्यावलोकन गर्न देखिन्छ । यी ठाउँको विकास गर्न सक्यौँ भने जिल्लामा पर्यटक भित्रिन्छन् । मेरो कार्यकालमा त्यतातिर ध्यान जानेछ । 

हलेसीको तुवाचुङ नगरपालिकामा लिफ्टिङ खानेपानी योजना मेरै पहलमा भएको हो । तर कहिले बिग्रिँदै कहिले बन्दै गरेकाले त्यहाँका जनताले राम्ररी पानी खान पाइरहेका छैनन् । अहिले केन्द्रबाट धेरै योजना नदिने अवस्था छ । पहिले सिँचाइ योजना, खानेपानी, बाटोघाटोमा बजेट प्रशस्त गरिएको थियो । जब नेपाली कांग्रेसले सरकार छाड्यो त्यसपछि अर्थतन्त्र क्षेत्रमा डामाडोल भयो । भविष्यलाई जम्मा गरेको पुँजी सबै सिद्धियो । नचाहिने योजनाजस्तै भ्यूटावरमा पैसा खन्याएर अर्थतन्त्र रित्तो भयो । भविष्यका लागि सोचेर देशलाई अप्ठ्यारो नपार्ने स्थिति राख्यो भने अवश्य देश विकास हुन्छ । 

जनताले हामीलाई सुझाव दिन जरुरी छ । देशको प्रगतिका लागि उहाँहरूले हामीलाई चुनेर पठाउनुभएको हो । सुशासनका निम्ति सबैले आवाज उठाउनु पर्छ ।  देशलाई समृद्धिको मार्गमा अग्रसर गराउन स्वदेशमा रोजगारीका अवसर सृजना गर्दै उनीहरूलाई विदेश पलायनबाट रोक्न सरकार, निजी क्षेत्रका साथै समाजका हरेक वर्गको सक्रिय सहयोग आवश्यक छ । 

सांसदको बजिमयको परिचय 

सरस्वती बजिमय समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चुनिनुभएको हो । बजिमय दोस्रोपटक समानुपातिक सांसद बन्नुभएको हो । उहाँ २०७० सालमा पनि सांसद हुनुभएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीद्वारा संसद्को वेल घेराउ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...

बोल्न नपाएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद् चल्न सक्दैन: एमाले

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...

राष्ट्रियताका सवालमा नेपालीहरू अहिलेसम्म कहिल्यै विभाजित भएका थिएनन्: नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...

केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलिदेखि सञ्चालन हुने

काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...

सांसद आङ्देम्बेको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...

प्रधानमन्त्री संसदमा आउनुस् वा नआउनुस्, अब हामीलाई सरोकार भएन: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...

रवीलाई कांग्रेसको प्रश्न: दिल्लीमा हुँदा सीमाको ‘स’ र कालापानीको ‘क’ उच्चारण नगरी किन फर्किनुभयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ...

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित भएको परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस: कहिले छापामार शैलीमा आएर फेरि केही बोल्नुहोला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending