Ntc summer Offer
Khabar Dabali ३ माघ २०८१ बिहीबार | 16th January, 2025 Thu
Investment bank

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ: सरस्वती बजिमय

खबरडबली संवाददाता

काठमाडौँ । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन् । संसद्मा जे पनि बोल्नहुने जस्तो देखिन्छ । संसदीय मर्यादाविपरीतका अभ्यास भइरहेको छ । एकअर्काको विरोध गर्नबाहेक केही नगरेको देखियो । देशको सामाजिक–आर्थिक विकासका लागि सदनमा प्रतिनिधित्वका सबै राजनीतिक दल एकजुट हुनैपर्छ । जुन देश कानुनी आधारमा अगाडि बढेका छन् र एकजुट भएका छन् ती देश नै विकासको पथमा बढेका देखिन्छ । एकापसमा सहयोग एवं समर्थन भएमा मात्र देशको उन्नति सम्भव हुन्छ ।

देशमा भ्रष्टाचार अहिले निकै मौलाएको छ । आफूलाई नयाँ पार्टी भन्ने पनि देखावटीमात्र रहेछन् भन्ने कुरा घामजस्तै छर्लङ्ग भइसकेको अवस्था छ । सङ्गठित सहकारी अपराधमा परेर धेरै सर्वसाधारणको रकम ठगी भएको छ । धेरै जनताले दुःख पाएका छन् । बाहिर सबै छताछुल्ल भए पनि नयाँ दलमा आबद्ध नेताहरू केही नभएको जस्तो गरिरहेका छन् । 

देश विकास गर्नका लागि सुशासन र भ्रष्टाचार नियन्त्रण पूर्वशर्त हो । सुशासन भएन भने अरु केही हुँदैन । भ्रष्टाचारमा डुब्नेहरूलाई कारबाही गर्नुपर्छ । मेरो पार्टी नेपाली कांग्रेसले भ्रष्टाचारका लागि कारबाही गर्ने नै कुरा उठाइरहेको छ । भ्रष्टाचार नियन्त्रण भयो भनेमात्र जनता सुखी हुन्छन् । 

कानुन नबनेका हुनाले कतिपय कुरामा अप्ठ्यारो परिस्थिति उत्पन्न भएको सुनिन्छ । कानुन निर्माणका सन्दर्भमा हामी विपक्षी पार्टीमा भए पनि सही कानुन बनाउन कुनै रोकटोक हुँदैन, गरेका छैनौँ । सहयोग नै हुन्छ । आवश्यक कानुन छिटोभन्दा छिटो संसद्बाट बनुन् भन्नेमा कांग्रेस प्रतिबद्ध छ । 

देशका युवा र विद्यार्थी ठूलो सङ्ख्यामा विदेशिन थालेका छन् । जुन एकदम चिन्ताको विषय हो । मेरो मुख्य जोड भनेकै सूचना प्रविधि ९आइटी० क्षेत्रमा विकास गर्नुपर्छ भन्ने हो । अनिमात्र युवा यहीँ टिक्छन् । नेपालमै युवालाई रोकेर राख्नुपर्छ । आइटी क्षेत्रलाई हरेक दृष्टिकोणबाट हेर्नुपर्छ । प्रविधि विकासमा बढी कर, भ्याट लगाउन थाल्यो भने युवा यहाँ बस्दैनन् । आइटी क्षेत्रमा रमाएका युवा विदेश पलायन हुनसक्ने खतरा भइरहन्छ ।
 
के गर्दा युवा यहीँ रहन्छन् र देशमा भएकालाई कसरी सुविधा दिएर अझ अगाडि बढाउने भनेर राज्यले सोच्नुपर्छ, योजना ल्याउनुपर्छ । युवालाई यहीँ बसेर काम गर्ने वातावरण सिर्जना गर्नतिर म पनि लाग्नेछु । आउँदो बर्खे अधिवेशनमा पनि यो विषयमा संसद्मा कुरा उठाउनेछु । 
 
नेपाल कृषिप्रधान देश हो तर यस क्षेत्रमा अपेक्षित प्रगति हुन सकेको छैन । हामी कृषि उपजमा परनिर्भर छाँै । न सिँचाइ, न मलखादको राम्रो व्यवस्था छ । पहाडी इलाकामा बाँदरले दुःख दिने समस्याले बस्ती नै उजाड भएका छन् । कृषि क्षेत्रलाई विकास गर्न सकियो भने विदेशमा किन जानुपर्यो रु आफ्नै देशमा उत्पादन गरेर बेच्ने ता कि बाहिरबाट किन्नु नपरोस् । आफ्नै देशको उत्पादन बिक्री गर्यो भने पनि धेरै सहयोग हुन्छ । पर्यटन क्षेत्रलाई विकास गर्न सक्यौँ भने धेरै पयर्टक भित्र्याउन सकिन्छ । 

म पहाडी जिल्ला खोटाङबाट प्रतिनिधित्व गर्छु । जिल्लामा बाटाघाटाको अवस्था निकै दयनीय छ । सडक धुलाम्मे र हिल्लामे छन् । कच्ची सडकमा दुर्घटना भइराख्छन् । यसले गर्दा जनताले दुःख पाएका छन् । जनसङ्ख्या कम भएको र पहाडी जिल्लालाई केन्द्रले हेर्ने दृष्टिकोण फरक पाएको छु । विकास निर्माणका लागि मन्त्री नै हुनुपर्नेरहेछ । मन्त्री भयो भने सबै बजेट जाने, नभए अरुलाई बजेट नै नदिने । अस्पताल सुविधायुक्त भए बिरामी पर्दा अन्यत्र जान नपर्ने भन्ने त्यहाँका मतदाताको माग छ । जुन जायज पनि छ । कृषिमा त्यस्तै अप्ठ्यारो छ । पानीको दुःख छ  । पानीका मुहान सुक्दै गएका छन् । यस्ता गुनासालाई सम्बोधन चाहेर पनि गर्न सकिरहेका छैनाँै । त्यसकारण सरकारको ध्यान त्यतातिर जाओस् भनेर बेलाबेलामा सदनमा पनि आवाज उठाइरहेको छु । सदरमुकामकै हालत खराब छ भने गाउँको अवस्था झन् नाजुक छ । विकास निर्माणका काम सबैतिर बराबरी हुनुपर्छ भनेर आवाज उठाउँदै आइरहेको छु ।
 
खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको भाग छुनेगरी दूधकोशी आयोजना पनि चाँडै सञ्चालन हुनेमा म विश्वस्त छु । त्यो जलाशययुक्त आयोजना छ सय ३५ मेगावाट क्षमताको हो । आफूले मात्र अरुको सहयोग लिने होइन कि सहयोग दिनसक्ने राष्ट्र बनाउन एकजुट भएर लाग्न जरुरी छ । 

मेरो जिल्लामा पर्यटन क्षेत्रमा विकासको पनि धेरै सम्भावना छन् । हलेसी मन्दिरमा बर्सेनि धेरै दर्शनार्थी आउँछन् तर त्यहाँ जाने बाटोमा भने सरकारले ध्यान दिनसकेको छैन । जयरामघाटबाट हलेसीसम्मको बाटो जताजतै भत्किएको छ । फेरि टालटुल हुन्छ फेरि भत्किन्छ । दिक्तेल बजारमा कालिकादेवी मन्दिर छ । त्यो पनि चर्चित छ । हलेसीसम्म आएका दर्शनार्थीहरू त्यो मन्दिरसम्म पनि जाउन् भन्नका लागि प्रचारप्रसारमा ध्यान दिन जरुरी देखिएको छ । त्यसैगरी अरु विभिन्न ठाउँ छन्, जहाँबाट निकै सुन्दर दृश्यावलोकन गर्न देखिन्छ । यी ठाउँको विकास गर्न सक्यौँ भने जिल्लामा पर्यटक भित्रिन्छन् । मेरो कार्यकालमा त्यतातिर ध्यान जानेछ । 

हलेसीको तुवाचुङ नगरपालिकामा लिफ्टिङ खानेपानी योजना मेरै पहलमा भएको हो । तर कहिले बिग्रिँदै कहिले बन्दै गरेकाले त्यहाँका जनताले राम्ररी पानी खान पाइरहेका छैनन् । अहिले केन्द्रबाट धेरै योजना नदिने अवस्था छ । पहिले सिँचाइ योजना, खानेपानी, बाटोघाटोमा बजेट प्रशस्त गरिएको थियो । जब नेपाली कांग्रेसले सरकार छाड्यो त्यसपछि अर्थतन्त्र क्षेत्रमा डामाडोल भयो । भविष्यलाई जम्मा गरेको पुँजी सबै सिद्धियो । नचाहिने योजनाजस्तै भ्यूटावरमा पैसा खन्याएर अर्थतन्त्र रित्तो भयो । भविष्यका लागि सोचेर देशलाई अप्ठ्यारो नपार्ने स्थिति राख्यो भने अवश्य देश विकास हुन्छ । 

जनताले हामीलाई सुझाव दिन जरुरी छ । देशको प्रगतिका लागि उहाँहरूले हामीलाई चुनेर पठाउनुभएको हो । सुशासनका निम्ति सबैले आवाज उठाउनु पर्छ ।  देशलाई समृद्धिको मार्गमा अग्रसर गराउन स्वदेशमा रोजगारीका अवसर सृजना गर्दै उनीहरूलाई विदेश पलायनबाट रोक्न सरकार, निजी क्षेत्रका साथै समाजका हरेक वर्गको सक्रिय सहयोग आवश्यक छ । 

सांसदको बजिमयको परिचय 

सरस्वती बजिमय समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चुनिनुभएको हो । बजिमय दोस्रोपटक समानुपातिक सांसद बन्नुभएको हो । उहाँ २०७० सालमा पनि सांसद हुनुभएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भूकम्प सुरक्षाका लागि पूर्वतयारीमा जोड दिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपत्तिबाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्व तयारी गरिनुपर्नेमा जोड दिएको छन...

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन् । काठमाडौँ जिल्ला अदालत ...

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, पाँच अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ८३ अङ्कले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ ...

कांग्रेसको नीति अनुसन्धान प्रशिक्षणको निर्देशकमा डा.पोखरेल नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा. जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन् । डा. पोखरेलला...

समाजवादी मोर्चाले माघ १६ मा विशेष कार्यक्रम गर्ने

काठमाडौं। समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको बैठकले सहीद दिवस अर्था...

रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।सरकारी वकिलहरूको बहस, जाहेरकर्ताका कानुनव्यवसायीहरूको बहस, रविका पक्षको बहस, सरकारी वकिल...

निर्माण ब्यावसायी उत्रे आन्दोलनमा, अर्थमन्त्री भन्छन २८ मध्ये २२ अर्ब निकास भइसक्यो

काठमाडौं। सरकारले समयमा नै भुक्तानी नगरे पछि निर्माण ब्यवसायीले आन्दोलनको घोषणा गरेका छन । भोली अर्थात माघ ३ गतेदेखि चरणबद्ध रूपमा सरकार बिरूद्द आन...

अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू

गोरखा। जिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले ‘एक सहकारी, एक उत्पादन’ अभियानमार्फत स्थानीय विकास र आत्मनिर्भरतालाई नयाँ गति दिने योजना अघि सारेका ...

अल नासरमा नवीकरण हुदैँ रोनाल्डो, प्रति सिजन २१० मिलियन डलर

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग टोली अल नासरसँगको सम्झौता नवीकरण गर्ने भएका छन् । स्थानीय मिडियाहरुले रोनाल्डोले अल नासरसँग एक बर्...

भेनेजुएलाका पाँच देशमा कुटनीतिक निकायमा बिपक्षीद्दारा आक्रामण, छानबिन गर्न माग

काठमाडौं ।भेनेजुएलाले पाँच देशमा अवस्थित उसको कुटनीतिक नियोगमा क्षति गरेको जनाएको छ । राष्ट्रपति निकोलस मदुरोका विपक्षीहरूले ५ राष्ट्रमा रहेको देशक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy