Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नौ दिनदेखि बागलुङ बन्द, जनजीवन कष्टकर

\"baglung\"बागलुङ । बागलुङ जिल्ला विगत नौ दिनदेखि बन्द छ । विभिन्न आन्दोलनरत पक्ष र समूहले गरेको बन्दले जिल्लाभरको जनजीवन प्रभावित बनेको छ । जनजातिको बन्दपछि बागलुङ टुक्र्याइएको विरोधमा यहाँका जनता आन्दोलित  छन् । मगरात स्वायत्त प्रदेशको माग गर्दै मगर समुदायले गरेको बन्दले जिल्ला दोहोरो बन्दका मारमा परेको छ । पहिचान पक्षधरले सोमबार मगरात क्षेत्र बन्दको आह्वान गरेका छन् । नौ दिनदेखिको जिल्ला बन्दले जनजीवन अस्तव्यस्त बन्दै गएको छ । बजार, व्यवसाय, कलकारखाना, यातायात, शिक्षण संस्था सबै बन्द छन् । अत्यावश्यक कामले सदरमुकाम आउनुपर्ने यात्रु पैदल हिँड्न बाध्य भएका छन् । दिनभर हिँडेर आइतबार साँझ सदरमुकाम आइपुगेको ताराखोलका पूर्णभद्र न्यूरले बताए । पोखरा, काठमाडौं लगायतका क्षेत्रमा पुगेका बागलुङवासी यातायात नचलेपछि जिल्ला भित्रन पाएका छैनन् । सरकारी कार्यालय सुरक्षाकर्मीको पहरामा खुले पनि सेवाग्राही नआउँदा सुनसान बनेका छन् । बन्दले शिक्षण संस्थामा नराम्रो असर पारेको छ । हजारौँ विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । विद्यालय खुलाउन दबाब दिइए पनि आन्दोलनरत पक्षले त्यसलाई स्वीकारेका छैनन् । चाडबाडका मुखमा भएको बन्दले विदेशबाट आउने तयारी गरेका आफन्तजन पनि अलमलमा परेका छन् । जिल्लामा सामानको ढुवानी नै रोकिए पछि दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ । गरिखाने वर्ग सबभन्दा बढी बन्दको मारमा छन् ।  उता, सातादेखि अखण्ड बागलुङको मागसहित जिल्ला बन्द छ । सात प्रदेशको सीमाङ्कनमा बागलुङलाई दुई प्रदेशमा टुक्र्याएपछि जिल्लाभर आन्दोलन उठेको छ । प्रधानमन्त्रीलगायत प्रमुख दलका नेताले जिल्ला नटुक्र्याउने आश्वासन दिए पनि लिखित र प्रक्रियासम्मत रुपमा नसच्चिएसम्म आन्दोलन नरोकिने नेपाली काँग्रेस बागलुङका कार्यबाहक सभापति जगदीशचन्द्र उपाध्यायले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: