Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

इन्द्रावतीको पानीः ५५ सय परिवारको जिन्दगानी

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पुर्याइँदैछ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका पाँच हजार पाँच सयभन्दा बढी स्थानीयका घरघरमा सोही नदीको पानी पाइपबाट ‘अविरल’ खानेपानीका रूपमा आउँदो साउन महिनामा घरघरमा पुर्याइने भएको हो ।

टेलिसिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त इन्द्रावती नदीको पानी मण्डनदेउपुर नगरका पाँच हजारभन्दा बढीको ‘जिन्दगानी’ बन्दैछ । लिफ्टिङ प्रविधिमार्फत नगरका पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा खानेपानी उपलब्ध गराउन लागिएको हो । विसं २०७८ असारमा बृहत् खानेपानी आयोजनाको प्रशासनिक प्रक्रिया थालेलगत्तै पहिलो चरणमा रु ५४ करोडको ठेक्का आह्वान गर्दै सोही वर्षको साउनदेखि निर्माणको काम सुरु गरिएको थियो । आयोजनाको हाल करिब ८० प्रतिशत काम सकिएको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर लामाले बताए।

नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेको नौवटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । विसं २०७७ चैतमा उक्त खानेपानी आयोजनाका लागि सरकारीस्तरबाट रु एक अर्ब स्वीकृत गरिएको थियो । स्वीकृत बजेटमध्ये करिब आधा बजेट आयोजनाको प्रारम्भिक ठेक्का सम्झौता गरिएको थियो । “आयोजनाको भौतिक काम तीव्र रूपमा भइरहेको छ, निर्धारित समयमै सम्पन्न हुने देखिएको छ, साउन महिनाभित्र स्थानीयका घरघरमा खानेपानी पुग्दैछ”, अध्यक्ष तामाङले भने ।

लामाका अनुसार आयोजना तीन वर्षमा सक्ने समयसीमा हो । शर्मा–लामा–रमण जेभी निर्माण कम्पनीले आयोजनाको निर्माण गरिरहेको छ । आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो ।

उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयसँग प्रतिउपभोक्ता रु एक हजार सङ्कलन गरिएको थियो । मण्डनदेउपुर नगरपालिकासँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब रु एक करोड सम्झौता गरिएअनुसार रु ५१ लाख ६६ हजारको सम्झौता भएको लामाले बताए ।

मण्डनदेउपुर–१० की वृद्धा पञ्चमाया तामाङले घरमा खानेपानी आउने भएपछि निकै खुसी लागेको बताए। “घरमै पानी आएपछि पँधेरो र कुवा धाउनु नपर्ने हुँदा हामी निकै खुसी भएका छौँ”, उनले भने । उनले यसअघि भूकम्पले नजिकको पानीको मूल सुक्दा आधा घण्टाको बाटो हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता भएको बताए।

हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेबाट पानी खसालिने छ । अन्य दुईवटा निर्माण हुने समवेलअन्तर्गत नारिमखर्कमा धमाधम निर्माण भइरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार नारिमखर्क र सोतेमा पानी प्रशोधन केन्द्र ९ट्रिटमेन्ट प्लान्ट०को निर्माण अन्तिम चरणमा पुगेको छ । इन्द्रावती नदीको पानी प्रशोधन गरेर नौ सय मिटरको उचाइमा अवस्थित थामडाँडाको मुख्य ट्याङ्कीमा खसालिनेछ ।

यस आयोजनाअन्तर्गत हाल विभिन्न स्थानमा आवश्यक ३० वटासहित २३ वटा वितरण ट्याङ्की निर्माण सकिएको छ । वितरण ट्याङ्की २० देखि एक सय घनमिटरसम्मका छन् । यस्तै ४० देखि दुई सय घनमिटरका पम्पिङ गर्ने सातवटा ट्याङ्की निर्माण गरिएको छ । यस्तै खानेपानी आयोजनाको कार्यालय भवन निर्माण सकिएको छ । 

पानी लिफ्टिङका लागि चारवटा पानी तान्ने पम्प आएपछि वैशाख महिनाभित्र पानी परीक्षण गरिने जनाइएको छ । आयोजनाको मुख्य पाइप लाइन ३६ किलोमिटरको हुने जनाइएको छ । हाल मुख्य पाइप लाइन बिच्छ्याउने काम भइरहेको छ । वितरण पाइप लाइन एक सय ५४ किलोमिटर हुनेछ भने समग्रमा कुल एक सय ८० किलोमिटर पाइप लाइनको हुनेछ । घरघरमा धारा जडानको काम बाँकी रहेको अध्यक्ष तामाङले बताए।

आयोजनाबाट नगरको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ वडाका पाँच हजार पाँच सय पाँच घरधुरी लाभान्वित हुनेछन् । प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्ववेयर ट्याङ्कीमा प्रतिसेकेण्ड १३ दशमलव शून्य पाँच लिटर पानी खस्नेछ । आयोजना सम्पन्न भएपछि नौ वर्षअघिको भूकम्पले पानीका मूल सुकाएर खानेपानीको समस्या झेलिरहेका यहाँका बासिन्दा खानेपानी अभावबाट उन्मुक्ति पाउने आशामा रहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि पाँच अर्ब सुनिश्चित छ : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...

मौद्रिक नीतिमा नयाँ व्यवस्था : वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...

जनतालाई आर्थिक भार नपर्ने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छु: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ ।  ...

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ - मन्त्री लम्साल

समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ

अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छ: कृषिमन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ: मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending