Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

इन्द्रावतीको पानीः ५५ सय परिवारको जिन्दगानी

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पुर्याइँदैछ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका पाँच हजार पाँच सयभन्दा बढी स्थानीयका घरघरमा सोही नदीको पानी पाइपबाट ‘अविरल’ खानेपानीका रूपमा आउँदो साउन महिनामा घरघरमा पुर्याइने भएको हो ।

टेलिसिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त इन्द्रावती नदीको पानी मण्डनदेउपुर नगरका पाँच हजारभन्दा बढीको ‘जिन्दगानी’ बन्दैछ । लिफ्टिङ प्रविधिमार्फत नगरका पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा खानेपानी उपलब्ध गराउन लागिएको हो । विसं २०७८ असारमा बृहत् खानेपानी आयोजनाको प्रशासनिक प्रक्रिया थालेलगत्तै पहिलो चरणमा रु ५४ करोडको ठेक्का आह्वान गर्दै सोही वर्षको साउनदेखि निर्माणको काम सुरु गरिएको थियो । आयोजनाको हाल करिब ८० प्रतिशत काम सकिएको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामबहादुर लामाले बताए।

नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेको नौवटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । विसं २०७७ चैतमा उक्त खानेपानी आयोजनाका लागि सरकारीस्तरबाट रु एक अर्ब स्वीकृत गरिएको थियो । स्वीकृत बजेटमध्ये करिब आधा बजेट आयोजनाको प्रारम्भिक ठेक्का सम्झौता गरिएको थियो । “आयोजनाको भौतिक काम तीव्र रूपमा भइरहेको छ, निर्धारित समयमै सम्पन्न हुने देखिएको छ, साउन महिनाभित्र स्थानीयका घरघरमा खानेपानी पुग्दैछ”, अध्यक्ष तामाङले भने ।

लामाका अनुसार आयोजना तीन वर्षमा सक्ने समयसीमा हो । शर्मा–लामा–रमण जेभी निर्माण कम्पनीले आयोजनाको निर्माण गरिरहेको छ । आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो ।

उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयसँग प्रतिउपभोक्ता रु एक हजार सङ्कलन गरिएको थियो । मण्डनदेउपुर नगरपालिकासँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब रु एक करोड सम्झौता गरिएअनुसार रु ५१ लाख ६६ हजारको सम्झौता भएको लामाले बताए ।

मण्डनदेउपुर–१० की वृद्धा पञ्चमाया तामाङले घरमा खानेपानी आउने भएपछि निकै खुसी लागेको बताए। “घरमै पानी आएपछि पँधेरो र कुवा धाउनु नपर्ने हुँदा हामी निकै खुसी भएका छौँ”, उनले भने । उनले यसअघि भूकम्पले नजिकको पानीको मूल सुक्दा आधा घण्टाको बाटो हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता भएको बताए।

हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेबाट पानी खसालिने छ । अन्य दुईवटा निर्माण हुने समवेलअन्तर्गत नारिमखर्कमा धमाधम निर्माण भइरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार नारिमखर्क र सोतेमा पानी प्रशोधन केन्द्र ९ट्रिटमेन्ट प्लान्ट०को निर्माण अन्तिम चरणमा पुगेको छ । इन्द्रावती नदीको पानी प्रशोधन गरेर नौ सय मिटरको उचाइमा अवस्थित थामडाँडाको मुख्य ट्याङ्कीमा खसालिनेछ ।

यस आयोजनाअन्तर्गत हाल विभिन्न स्थानमा आवश्यक ३० वटासहित २३ वटा वितरण ट्याङ्की निर्माण सकिएको छ । वितरण ट्याङ्की २० देखि एक सय घनमिटरसम्मका छन् । यस्तै ४० देखि दुई सय घनमिटरका पम्पिङ गर्ने सातवटा ट्याङ्की निर्माण गरिएको छ । यस्तै खानेपानी आयोजनाको कार्यालय भवन निर्माण सकिएको छ । 

पानी लिफ्टिङका लागि चारवटा पानी तान्ने पम्प आएपछि वैशाख महिनाभित्र पानी परीक्षण गरिने जनाइएको छ । आयोजनाको मुख्य पाइप लाइन ३६ किलोमिटरको हुने जनाइएको छ । हाल मुख्य पाइप लाइन बिच्छ्याउने काम भइरहेको छ । वितरण पाइप लाइन एक सय ५४ किलोमिटर हुनेछ भने समग्रमा कुल एक सय ८० किलोमिटर पाइप लाइनको हुनेछ । घरघरमा धारा जडानको काम बाँकी रहेको अध्यक्ष तामाङले बताए।

आयोजनाबाट नगरको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ वडाका पाँच हजार पाँच सय पाँच घरधुरी लाभान्वित हुनेछन् । प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्ववेयर ट्याङ्कीमा प्रतिसेकेण्ड १३ दशमलव शून्य पाँच लिटर पानी खस्नेछ । आयोजना सम्पन्न भएपछि नौ वर्षअघिको भूकम्पले पानीका मूल सुकाएर खानेपानीको समस्या झेलिरहेका यहाँका बासिन्दा खानेपानी अभावबाट उन्मुक्ति पाउने आशामा रहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : योगेश भट्टराई

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताएको...

लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको  छ ।   काठेखोला गाउँपालिका- ८ लेख...

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित

सुदूरपश्चिम ।स् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाउनुभएको आजको प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।  ...

चिम्टीका अग्निपीडितलाई दैनिक निःशुल्क खाना खुवाइँदै

राजविराज । सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई विभिन्न सङ्घसंस्थाले निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएको छ । सप्तरी युथ नेपाल र ...

स्ट इन्डिज ए विरुद्ध नेपालको सान्त्वना जित

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटल...

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौँ । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । आसिफले ३३ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । ...

वेस्ट इन्डिज ए विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौँ । अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । अनिलले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । ...

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास, धार्मिक पर्यटन प्रवद्र्धनका लागि आगामी आर्थिक वर्ष २०८१/...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

चितवन । नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले ...

बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

भोजपुर । उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर–...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies