तनहुँ । व्यास नगरपालिकाको कार्यालयले राज्यबाट तलबभत्ता खाने सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ । नगरपालिकाको बैठकले चालु शैक्षिकसत्र २०८१ देखि जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जनप्रतिनिधिले सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णयलाई व्यवहारमै लागू गर्न आवश्यक रहेकाले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने अभियान थालेको बताए। नगरप्रमुख न्यौपानेले आफूले नाति नवनीत न्यौपानेलाई व्यास नगरपालिका वडा नं २ दमौलीस्थित सत्यवती माध्यामिक विद्यालयमा कक्षा ६ मा भर्ना गरेको जानकारी दिए।
तनहुँको व्यास नगरपालिकाले शैक्षिकसत्र २०८१ देखि जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षक र निजामती कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेको थियो । पछिल्लो समय जिल्लाभर सामुदायिक विद्यालय विद्यार्थी अभावमा रित्तिँदै गएपछि व्यास नगरपालिकाको कार्यालयले निर्णय नै गरेर जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउने अभियान थालेको नगरप्रमुख न्यौपानेले बताए। यो निर्णयबाट शिक्षक, जनप्रतिनिधि र कर्मचारी गरी करिब आठ सय जना प्रभावित हुने व्यास नगरपालिकाको कार्यालयले जनाएको छ ।
“राज्यले सामुदायिक विद्यालयमा लगानी गरे अनुरूपको प्रतिफल प्राप्त भएको छैन”, नगरप्रमुख न्यौपानेले भन्नुभयो, “सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेपछि शैक्षिक गुणस्तर वृद्धि हुनेसमेत हामीले अपेक्षा गरेका छौँ ।” सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाउन नगरपालिकाको निर्णयले सकारात्मक प्रभाव पार्ने व्यास–२ दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक अनिल श्रेष्ठले राससलाई बताए । ‘‘व्यास नगरपालिकाको निर्णयले सामुदायिक विद्यालयलाई थप जिम्मेवार बनाउने हामीले ठानेका छौँ”, सहायक प्रधानाध्यापक श्रेष्ठले भने, “अन्य पालिकाले समेत यस्तो कार्यको अनुशरण गर्न आवश्यक छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: