Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन

खबरडबली संवाददाता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो । 

विपद व्यवस्थापन परिषदको सभापतिमा वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा चयन भएका छन् । महिला चेम्बरको सभापतिमा उपाध्यक्ष उर्मिला श्रेष्ठ, रोजगारदाता परिषदको सभापतिमा उपाध्यक्ष दिपक श्रेष्ठ चयन भएका छन् ।

यस्तै उपाध्यक्षहरु सुरेन्द्र कुमार श्रेष्ठ बस्तुगत समन्वय परिषद, निलकण्ठ चौलागाईं संस्थागत समन्वय परिषद एवं सन्तोष कुमार पाण्डे जिल्ला समन्वय परिषदको सभापति बनेका हुन् । मानार्थ उपाध्यक्ष अर्जुन प्रसाद शर्मा अन्तराष्ट्रिय प्रर्वद्धन समितिको सभापति चयन भएका छन् ।

उपभोक्ता हित आपूर्ति, स्थानीय निकाय, प्रशासन तथा स्थानीय प्रशासन, सुरक्षा समन्वय समितिको सभापतिमा देवेन्द्रभक्त श्रेष्ठ चयन भएका छन् । चेम्बरको राजश्व समितिमा पर्शुराम दाहाल, अतिथि सत्कार, क्लव तथा मर्मत संभार समितिको सभापतिमा राजा रत्न तुलाधर, मेला समितिमा राष्ट्रभुषण चाकुबजी,  कृषि जडिबुटी तथा बनजन्य समितिमा कृष्णमान श्रेष्ठ, उद्योग वाणिज्य समितिको सभापतिमा भिमलाल पौडेल चयन भएका छन् ।

चेम्बरको सूचना प्रचार प्रसार समितिमा दीपककाजी तुलाधर,वातावरण समितिमा राम श्रेष्ठ, पर्यटन तथा संस्कृति प्रर्वद्धन समितिमा राजु श्रेष्ठ, युथ चेम्बरको सभापतिमा दीपेश तुलाधर रहेका छन्  । 

यसैगरी पूर्वाधार तथा भुमि सुधार समितिमा रोशन भोयधो, सामाजिक तथा स्वास्थ्य समितिमा मृगेन्द्रमेहर श्रेष्ठ,  बैंक वित्तीय तथा विमा समितिको सभापतिमा मनोहरदास मुल, ऊर्जा समितिको सभापतिमा नरेन्द्रबल्लभ पन्त, निर्यात प्रर्वद्धन समितिको सभापतिमा  संजय कुमार अग्रवाल चयन भएका छन्  । 

चेम्बर अफ कमर्सको खेलकुद समितिको सभापतिमा रुपक राजवंशी,सूचना प्रविधि समितिमा विज्ञान श्रेष्ठ चयन हुनुभएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारणसभापछि बनेको नयाँ कार्यसमितिले विषयगत समितिको सभापति पनि चयन गरेको हो । यसअघी सल्लाहकार परिषदको अध्यक्षमा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ चयन भएका थिए  । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुस्ताङ  । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  हिमपात लगत्तै उपल्...

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...

निर्वाचन पराजयपछि नेकपाभित्र नेतृत्वबारे बहस तीव्र

काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...

एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ

काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...

ऐतिहासिक उभारदेखि गहिरो अवसानसम्म : कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा

नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...

वर्षा गराउने प्रणाली बाहिरिँदै गर्दा मौसममा सुधार

काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: