काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने बताएको छन् ।
खानी तथा भूगर्भ विभाग र महिला पत्रकारको समूह सम्बाहिका समाज नेपालले गोरखा भूकम्पको सम्झनामा आज खानी विभाग लैनचौरमा आयोजना गरेको बृहत् फोटो प्रदर्शनीको शुभारम्भ गर्दै उहाँले भूकम्पका बारेमा सचेत र सजग बनाउनका लागि विद्यालयको पाठ्यक्रममा जानकारी राखिनुपर्ने बताएको हो ।
“भूकम्पले पु¥याएको क्षतिबारे व्यक्तिले बिर्सन सक्छ, तर राज्यले बिर्सन मिल्दैन, विद्यालयको पाठ्यक्रममा भूकम्पबारे जानकारी दिन सरकारकातर्फबाट मैले पहल गर्छु”, उनले भने। उनले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्र भएकाले भूकम्पको विस्तृत अध्ययन गर्दै पूर्ण सावधानी अपनाउनु जरुरी रहेको उनको भनाइ थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउतले विसं २०७२ को भूकम्पको स्मरण गराउनका लागि फोटो प्रदर्शन गरेर राम्रो कामको सुरुवात भएको बताउनुभयो । उनले नेपाल भूकम्पको अत्यन्त जोखिमयुक्त मुलुक भएकाले यहाँ बन्ने भौतिक संरचना निर्माणमा भूकम्पीय जोखिम कम हुने खालको बनाउनुपर्ने उल्लेख गरे। सचिव राउतले विसं २०७२ को भूकम्पले मानवीय, भौतिक र आर्थिक क्षति पुगेको स्मरण गरे।
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले भूकम्पका बारेमा आम जनतालाई जानकारी दिने उदेश्यले विभागले विभिन्न तहका पाठ्यक्रम निर्माण गरिरहेको उल्लेख गरे। उनले भूकम्पबाट हुने क्षति कम गर्नका लागि खानी विभागले ‘विल्डिङ कोर्ड’ निर्माण गरे पनि कतिपय स्थानीय तहले उक्त कोर्ड लागू नगर्दा समस्या भएको बताए।
विभागका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले नेपाल भूकम्पको अत्यन्त जोखिम क्षेत्र भएकाले यसबाट जोखिमका लागि पक्की संरचना निर्माण गर्नुपर्ने बताए ।
सम्बाहिका समाज नेपालका अध्यक्ष एवं सञ्चारकर्मी चाँदनी हमालले विसं २०७२ को भूकम्पको स्मरणका लागि फोटो प्रदर्शनी गरिएको बताए। उनले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सञ्चारमाध्यमले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरे।
विसं २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएर सात दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर देशभर नौ हजारभन्दा बढीको ज्यान गएको थियो भने २२ हजार व्यक्ति घाइते भएका थिए । उक्त भूकम्पका कारण आठ लाख भवन भत्किएका थिए ।
पछिल्लो समय विसं २०८० कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प जाँदा एक सय ५६ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका ८० हजार घरमा क्षति पु¥याएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ११:४४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’ अ...
आषाढ़ २३ गते, २०८३ - ११:३८
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक सोमबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकमा परराष्ट्रमन्त्री शिशिर खना...
आषाढ़ २३ गते, २०८३ - ११:३०
दुबई। इरानका दिवङ्गत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टि जारी रहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि...
आषाढ़ २३ गते, २०८३ - ११:१७
काठमाडौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको औचित्य, वैधता र कार्यक्षेत्र स्पष्ट नभएको भन्दै चार राजनीतिक दलले वर्तमान प्रक्रिया...
आषाढ़ २३ गते, २०८३ - १०:४४
धनगढी। कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट लागुऔषध मुद्दामा पक्राउ परेका एक थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली...
आषाढ़ २३ गते, २०८३ - १०:३४
काठमाडौं। खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेका सुकुमवासीहरूले खाना वितरण रोकिएको भन्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूका अनुस...
आषाढ़ २३ गते, २०८३ - १०:२६
गुल्मी। लुम्बिनी प्रदेश सभा बैठक मङ्गलबार बस्दै छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु हुने बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक माथिको समूहीकृत ...
आषाढ़ २२ गते, २०८३ - १७:३२
विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...
आषाढ़ २२ गते, २०८३ - १७:१३
धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...
आषाढ़ २२ गते, २०८३ - १७:०६
सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...



प्रतिकृया लेख्नुहोस्: