काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा फोहरलाई स्रोतमा घटाउने, उत्पादित फोहरलाई विद्यालयकै परिसरमा व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ ।
कामको थालनी गर्दै आजदेखि समूहगत अभिमुखीकरण थालेको छ । विद्यालयको, वातावरण र बालबालिका (वावा)कार्यक्रमका फोकल शिक्षक, वातावरण वा विज्ञान विषय शिक्षकमध्ये एकजना, वावा समूहका विद्यार्थी क्याप्टेन र सरसफाइ कर्मचारीलाई अभिमुखीकरणमा बोलाइएको छ ।
विद्यालयको सफाइसँग सम्बन्ध राख्ने पदाधिकारी तथा व्यक्तिका बिचमा समान धारणा बनाउन शिक्षक, कर्मचारी र विद्यार्थीलाई एउटै समूहमा राखिएको हो । अभिमुखीकरणपछि हरेक विद्यालयलाई एउटा कम्पोष्टिङ् प्रणाली प्रदान गरिनेछ ।
एक समूहमा २२ वटा विद्यालयबाट ६६ जना रहनुहुनेछ । एक समूहका लागि एक दिन कार्यक्रम हुनेछ । कक्षामा फोहरमैलाको प्रकृति र वर्गीकरण, वातावरण प्रदुषण र विपद व्यवस्थापनको सैद्धान्तिक कक्षा हुनेछ । कम्पोष्टिङ्को भने प्रयोगात्मक एवं प्रदर्शनमा आधारित कक्षा हुनेछ ।
विद्यालय परिसरमा धेरै फोहर उत्पादन हुने ठाउँ, फोहरका स्रोत, स्रोतमा फोहर घटाउने आचरण, फोहर वर्गीकरण, जैविक र अजैविक फोहर वर्गीकरणको सिद्धान्तका बारेमा बुझाउनु अभिमुखीकरण कार्यक्रमको उद्देश्य हो । वातावरण समितिका संयोजक बालकृष्ण महर्जन भन्छन्, ‘विद्यालयमा थालिएको कार्यक्रम समाजमा विस्तार हुन्छ । यसले बालबालिकालाई त सफाइ आचरण सिकाउँछ नै, यससँगै अभिभावकहरुमा पनि सन्देश प्रवाह हुन्छ । बालबालिकाका कारण अभिभावक पनि काम गर्न बाध्य हुने वातावरण बन्छ ।’
विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार ४ कार्य दिनभित्रमा अभिमुखीकरणसँगै जैविक फोहर व्यवस्थापन गर्ने प्रणाली पनि प्रदान गरिनेछ । अभिमुखीकरण सहभागीले विद्यालयमा फोहर व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउनु पर्छ ।
महानगरपालिकाले उपलब्ध गराउन लागेको विधि कम्पोष्टि विधि हो । विद्यालयमा उत्पादन हुने जैविक फोहरलाई कम्पोष्ट मल बनाउन मिल्छ । अजैविक फोहर विक्री गर्न सकिन्छ । यति मात्र गर्न सकियो भने कुनै पनि विद्यालयबाट फोहोर बाहिर निकाल्नु पर्दैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ११:५१
गुल्मी। गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उनी रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल भएको जिल...
पौष ४ गते, २०८२ - १०:५७
मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरि...
पौष ४ गते, २०८२ - १०:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारा...
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...




प्रतिकृया लेख्नुहोस्: