Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

संकटमा प्रचण्ड सरकार : नयाँ कोर्स अघि बढाउन कांग्रेस-एमाले संवादमा

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने गृहकार्य सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारको विकल्प’ छलफल थालेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग मिलेर कांग्रेसले प्रचण्ड नेतृत्वको सरकार ढाल्न खोजेको हो ।

गत २१ फागुनमा प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएका थिए । त्यसअघि एमालेसँग मिलेर प्रधानमन्त्री बनेका ३२ सिटे माओवादी अध्यक्ष प्रचण्ड एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग मिल्न पुगेका थिए । पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले गठबन्धन हेराफेरी गर्न थालेपछि राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।

कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने गृहकार्य थाले पनि कुनै ठोस निष्कर्ष आउन भने सकेको छैन । स्रोतका अनुसार कांग्रेस र एमाले नेताहरूबीच प्रचण्ड नेतृत्वको सरकारको विकल्प’ छलफल भएको छ । 

कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवालीबीच यस विषयमा केही दिनअघि छलफल भएको बताइएको छ । छलफललाई निरन्तरता दिनेमा दुवै दलका नेताहरू सहमत भएका छन् ।

चार नेताबीच छलफलपश्चात् उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत यस विषयमा छलफल गरेका थिए । तर, ओली भने अहिले नै प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने समय नभएको बताउँदै अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा उभिएका छन् ।

तेस्रो ठूलो दल माओवादी केन्द्रलाई बोक्नुभन्दा दुई ठूला दल एमाले र कांग्रेस मिलेर सरकार बनाउँदा स्थायित्व हुने’ मा नेताहरूबीच सकारात्मक छलफल भएको स्रोतको दाबी छ । कांग्रेसको सो प्रस्ताव एमाले अध्यक्ष ओलीले तत्काल स्वीकार नगरे पनि कांग्रेसलाई टाढा पनि जान नदिने रणनीति लिएका छन् । संघीय र प्रदेश सरकारको घटनाक्रमलाई लिएर आगामी दिनमा एमालेले केही निर्णय लिनसक्ने दाबी स्रोतको छ ।

सोही छलफलका आधारमा गत ८ वैशाखमा इलाम पुगेका कांग्रेस महामन्त्री थापाले अहिलेको गठबन्धन धेरै दिन नटिक्ने दाबी गरे । माघभन्दा उता नजाने ठोकुवा गरेका थापाले यो गठबन्धन छिट्टै नै भत्किने दाबीसमेत गरेका थिए । थापाले माघसम्मको समयसीमा तोके पनि कांग्रेसका कतिपय नेताले जेठभित्रैमा यो गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन खोजेका छन् ।

गत साता कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफललाई समेत चासोका साथ हेरिएको छ । पछिल्लो समय नेपालले आफूहरूले सहज महसुस नगरेको भन्दै गठबन्धन टिक्नेमै आशंका व्यक्त गरिसकेका छन् । नेपालको सो भनाइसँगै भित्रभित्रै केही नयाँ विषयमा छलफल भएको भन्ने आँकलनसमेत राजनीतिक वृत्तमा भइरहेको छ ।

यसैबीच, पछिल्लो राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन् । एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग मंगलबार प्रधानमन्त्री प्रचण्डले छुट्टाछुट्टै छलफल गरेका छन् । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षालगायत प्रदेशमा सरकार विस्तारको विषयमा छलफल भएको बताइएको छ । गठबन्धनमा रहेको एकीकृत समाजवादी असन्तुष्ट रहेको, लुम्बिनीबाट जसपाले सरकार छोडेको विषयमा समेत छलफल भएको बताइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending