Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

काठमाडौँ फेरी विश्वको सबैभन्दा प्रदुषित शहर

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु अहिले पनि अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेको छ । सोमबार १७६ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको सबैभन्दा बढी प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ  ।    

नेपाल पहिलो स्थानमा १६७ एक्यूआईसहित छ भने चीनको बेइजिङ १६१ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतको कोलकोता १५८  एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ । यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।

प्रदुषण मापनमा शुन्यदेखि  ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ । 

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ । 

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव

दुबई। अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म प...

इटहरीको पूर्वाञ्चल बेकरी क्याफेमा लागेको आगो नियन्त्रणमा

विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा लागेको आगलागी नियन्त्रणमा आएको छ। धरान रोडमा रहेको क्याफेको भान्साबाट आज बिहान करिब १० बजे...

इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी, आसपासका घर–पसल जोखिममा

सुनसरी । सुनसरीको इटहरी बजारस्थित पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ। इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफेको आइसक्रिम पार्लरबाट आगलागी सुरु भएको हो। ...

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित समारोहमा रामचन्द्र पौडेल ले ...

रवि लामिछानेको शपथमा अन्योल: कानुनी व्याख्यामा मतभेद, अब के हुन्छ ?

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार शपथ लिने तयारी भइरहँदा रवि लामिछाने को शपथ हुने वा नहुने विषयमा व्यापक चासो देखिएको छ। यस वि...

लमजुङमा ‘हेल्लो सरकार’मा ७६ गुनासा, प्रशासनकै बढी

लमजुङ। जनगुनासा सुन्न संघ सरकारले सञ्चालन गरेको ‘हेल्लो सरकार’मा लमजुङबाट ७६ वटा गुनासा दर्ता भएका छन्। जिल्ला भित्रका विभिन्न कार्यालयको सेवाप्रवाहसँ...

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा रु चार सय १५ ले बढेको छ ।  नेप...

बाँके बैजनाथमा ८१६ जनाको कानको उपचार

नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालन गरिएको नि:शुल्क प्राथमिक कान उपचार शिविरमा ८१६ जनाको कानको उपचार गरिएको छ । ब्रिनोज कान स्वास्थ्य सा...

मकवानपुरमा ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।  ...

स्ट्राइकर ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया

लमजुङ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया भएको छ । उनले बुधबार बिहान सामाजिक सञ्जाल ‘फेस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: