काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराईलाई आफ्नो परिवारका लागि समाजवाद चाहिएको बताएका छन् । शनिवार पार्टीले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि पार्टी एकताको विपक्षमा उभिएको पनि आरोप लगाएका छन् । उनले पार्टीका अर्का अध्यक्ष डा. भट्टराईले राष्ट्रपतिको पद प्राप्त नगरेपछि माओवादी केन्द्रसँग एकताको विपक्षमा उभिएको बताएका हुन् । उनले भट्टराईले राष्ट्रपति पद मागेको खुलासा गरेका हुन् ।
आफूले राष्ट्रपति नपाएपछि पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन विभिन्न नेताकहाँ दौडधुप गरेको र सो पनि नपाएको यादवले बताए । अन्तिममा पत्नी यमीको लागि गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य मागेको र सो पनि नपाएपछि एकता हुन नसकेको उनले बताए ।
अध्यक्ष यादवले भट्टराईले राष्ट्रपति पद पाएको भए १५ दिन भित्रमा पार्टी एकता भइसकेको हुने जिकिर गरे । उनले बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिएको र परिवारवादमा फसेको आरोप लगाए । उनले बाबुराम भट्टराई अधिक लोभि, पापी बनेको भन्दै भट्टराईलाई आफ्नो परिवारका लागि समाजवाद चाहिएको बताए ।
अध्यक्ष यादवले डा. भट्टराईसँग लामो समयसम्म सहकार्य गर्ने गंगानारायण श्रेष्ठ, बुहारी दुर्गा भट्टराई र विश्वदीप पाण्डेसमेत उनीसँग नभएको भन्दै यसले आधिकारिक नेसपा आफूहरुको भएको प्रष्ट पारेको बताए । उनले मधेस आन्दोलनको मागलाई पूरा गर्नका निम्ति माओवादी केन्द्रसँग एकता गर्न लागेको पनि बताए ।
अध्यक्ष यादवले बाबुराम वामपन्थी विचारबाट भाग्दाखेरी केशरजंग रायमाझी जस्तै हुन पुगेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८१ - १९:३९
काठमाडौं । ठमेलमा प्रहरीमाथि भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन् । प्रहरी कुटपिट घटनामा संलग्न रहे...
फाल्गुन १ गते, २०८१ - १६:४७
काठमाडौं । नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी प्रदिप भट्टराईले आफ्नो नयाँ गीत“उमेर ढल्केको“को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । नेपाली ...
फाल्गुन १ गते, २०८१ - १६:३१
दाङ । बर्दियाको ठाकुर बाबा नगरपालिकाको अम्रेनी क्षेत्रबाट बिहीबार बिहान एउटा बाघको बच्चालाई उद्धार गरिएको छ। मानव बस्तीमा पसेर स्थानीयका बाख्रा ख...
फाल्गुन १ गते, २०८१ - १६:०७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले जितेका पालिका प्रमुखहरूलाई विज्ञसहित राखेर प्रशिक्षण दिन लागेको बताएक...
फाल्गुन १ गते, २०८१ - १६:०३
पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक वनमा आगो लगाउने दुई जनालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर १४ आर्थर डाँडाखर्कमा रहेको ठूल...
फाल्गुन १ गते, २०८१ - १६:०१
काठमाडौं । फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पन...
फाल्गुन १ गते, २०८१ - १५:३०
काठमाडौं । भायानेटले सबै बक्यौतासहित पछिल्लो आवको रोयल्टी र आरटीडीएफ गरी एकै पटक ५५ करोड रुपैयाँ बुझाएको छ। इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिके...
फाल्गुन १ गते, २०८१ - १३:५७
सत्ता स्वार्थमा रहँदा जनयुद्ध ‘ठीक’ देख्ने र सत्ताबाहिर रहँदा ‘जघन्य हत्या’ ?
फाल्गुन १ गते, २०८१ - १३:२८
कैलाली । मानवसेवा आश्रमले धनगढीमा सञ्चालन गरेको महायज्ञमा रु चार करोड ८४ लाख रकम सङ्कलन गरेको छ । धनगढीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्य...
फाल्गुन १ गते, २०८१ - १३:०४
म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–६ ठाँडाखानीमा रहेको तामाखानीको सुरुङ पुरिन थालेका छ । छन्त्याल समुदायको पुख्र्यौली पेसा मानिने खानी खन्ने का...
प्रतिकृया लेख्नुहोस्: