Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा सम्पन्‍न

खबरडबली संवाददाता

बुटवल । गत चैत्र २९ गते गोरखा दरवारबाट सुरु भएको गोरखा-जितगढी पदयात्रा शुक्रबार रुपन्देही जिल्लाको बुटवलस्थित जितगढीमा पुगेर विशेष समारोहका बिच समापन भएको छ । पदयात्रामा सहभागी टोलीलाई पदयात्रा समापन समारोह स्थल जितगढीमा भव्य स्वागत गरिएको थियो ।

गोरखा दरबारबाट सुरु भएको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन ५(पाँच) ओटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरू तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा गरेका थिए । गोरखा दरबारदेखि जितगढीसम्म करिब २०७ कि.मि. दुरीमा सञ्चालित पदयात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै नवौँ दिनमा रुपन्देहीको बुटवलस्थित जितगढीमा पुगे पश्चात् स्थानीय झाँकी लगायत विविध कार्यक्रमहरु सहित जितगढी विजय उत्सव मनाइएको थियो । 

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पदायात्रामा सहभागी फौज तथा आम सर्वसाधारणलाई मायाको चिनो प्रदान गर्नुका साथै इतिहासविद्हरुलाई सम्मान पत्र तथा उत्कृष्ट झाँकीलाई पुरस्कृत गरेका थिए ।

जितगढी, नेपाल-अङ्ग्रेज युद्ध (वि.सं. १८७१-७२) मा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले अदम्य साहस, रणकौशल एवं वीरताकासाथ युद्ध गरि विजय हासिल गरेको ऐतिहासिक स्थल हो । जितगढी विजय उत्सव तथा पदयात्रा समापन कार्यक्रम बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा सञ्चालन भएको थियो भने पूर्व प्रदेश स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठ, श्री मध्य पश्चिम पृतनाका पृतनापति उपरथी श्री सुनिल श्रेष्ठ, रुपन्देही र पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्री नं. २२ वाहिनी अड्डाका वाहिनीपति, स्थानीय जनप्रतिनिधिहरू, बुद्धिजीवी, जिल्लास्थित सरकारी निकायका प्रमुख तथा पदाधिकारीहरू, सञ्चारकर्मी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । 

राष्ट्रिय एकता र प्रतिष्ठाको प्रवर्ध्दन एवं ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाइ तथा बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा ऐतिहासिक जितगढी किल्ला पुनः निर्माण कार्य सम्पन्न गरि २०८० पौष २० गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा प्रधानसेनापति प्रभुराम शर्माले मर्मत तथा पुनः निर्माण गरिएको ऐतिहासिक जितगढी किल्ला बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई हस्तान्तरण गरेका थिए भने सोही वर्षबाट गोरखा-जितगढी पदयात्रा समेत शुभारम्भ भएको थियो ।

यस प्रकारको कार्यक्रमले नेपालको ऐतिहासिक धरोहरहरूको पहिचान‚ संरक्षण‚ संवर्द्धन र प्रवर्द्धन हुनुका साथै राष्ट्रिय एकता, सैनिक इतिहास एवं पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending