Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

विश्व बैंकको जलवायु ऋणविरूद्ध अभियन्ताहरू सडकमा

खबरडबली संवाददाता

काठमाडौं । विश्व बैंकले दिइरहेको जलवायु ऋण र जलवायु परिवर्तनका अभ्यास गलत रहेको भन्दै अभियन्ताहरू सडकमा उत्रिएका छन् । विशेषगरी विश्वका दक्षिणी राष्ट्रहरूमा जलवायु लचिलोपनको नाममा विश्व बैंकले जलवायु ऋण थोपरिरहेको भन्दै त्यसविरूद्ध अभियन्ताहरू सडकमा उत्रिएका हुन् ।

अमेरिकाको वासिङ्टन डिसीमा अप्रिल १७ देखि १९ सम्म ‘आइएमएफ-डब्लू बी’ वसन्त बैठक भइरहेको छ । यही बेला अभियन्ताहरूले विश्व बैंकको अगाडि युवा, नागरिक समाज, अभियन्ता, आदिवासी, जनजाति, अल्पसंख्यक, वास्तविक कृषि फार्म गरिरहेका सीमान्तकृत, भूमिहीन, महिला, साना किसान, श्रमिक तथा कानुनी अभियन्ताहरू शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् ।

यसै क्रममा शुक्रबार अभियन्ताहरूले दरबारमार्गमा शान्तिपूर्ण प्रदर्शन गरे । अभियन्तासँग जोडिएका विभिन्न गैरसरकारी तथा निजी संघ-संस्थाहरूले विश्व बैंकको ऋणले नेपाली जनता पीडित रहेकाले बन्द गर्न माग राख्दै प्रदर्शन गरेका हुन् । अभियन्ताहरूका अनुसार ‘आइएमएफ-डब्लू बी’को वसन्त बैठकलाई केन्द्रित गरी नेपाललगायत फिलिपिन्स, पाकिस्तान, बंगलादेश, श्रीलंका, अमेरिकाको वासिङ्टनमा पनि यस्तैखाले दबाबमुलक प्रदर्शनहरू भइरहेका छन् ।

अहिलेको बढ्दो जलवायु संकटले नेपालको कृषि जीविकोपार्जन, वन र अर्थतन्त्रमा गम्भीर असर परिरहेको अभियानमा सहभागी भएका युवा प्रयास अधिकारीले बताए । ‘पछिल्ला केही वर्षहरूमा जलवायु परिवर्तनद्वारा निम्तिएका विपदका घटना बढिरहेका छन्, जसका कारण धेरै मानिस विस्थापित हुनुपरेको छ,’ अधिकारीले भने, ‘विकसित देशहरूले जलवायु वित्त र ग्रीन क्लाइमेट फन्ड अन्तर्गत के प्रतिबद्धता जनाएका छन् र के दिएका छन् भन्नेबीच ठूलो बेमेल रहेको छ ।’

उनका अनुसार विश्वका दक्षिणी राष्ट्रहरू तथा सिएसओएसले अनुदानको रुपमा समर्पित, अतरिक्त, समयसापेक्ष र अनुमानित जलवायु वित्तको लागि आह्वान गर्दै आएका छन् । यद्यपि, विश्वको उत्तरी राष्ट्रहरू र यसका बहुपक्षीय एजेन्सीहरूको संकटलाई सम्बोधन गर्ने नाममा जलवायु ऋणका लागि जोड दिइरहेका छन् । त्यसकारण ऋण अस्वीकार्य रहेको र दक्षिणी राष्ट्रहरूका सरकारको लागि जलवायु न्यायको सिद्धान्तको विरूद्ध रहेको उनको दाबी छ ।

‘हालका वर्षहरूमा विभिन्न बहुपक्षीय बैंक, संस्थाहरूले जलवायु संकटलाई सम्बोधन गर्न ऋणको लागि जोड दिइरहेका छन्, त्यसमा आवद्ध परियोजनाहरूले जनताभन्दा नाफालाई प्राथमिकता राख्छ,’ प्रदर्शनमा सहभागी भएका दिगो विकास इन्स्टिच्यूटका अभिषेक श्रेष्ठले भने, ‘यसले ऋण सिर्जना गर्ने संयन्त्रलाई बढावा दिन्छ, जसले नाली नागरिकलाई ऋणको बोझ थप्छ ।’

जलवायु अभियन्ता मलिका श्रेष्ठले ऋणको चक्रमा फसेका दक्षिणी राष्ट्रहरूको वर्तमान अवस्थाले जलवायु पहललाई वित्तपोषण गर्ने वर्तमान शैली त्रुटिपूर्ण र प्रभावहीन रहेको बताइन् । यस्तै, जलवायु अभियन्ता सुस्मिता बैदवारले विश्वव्यापी रुपमा परिचालित जलवायु वित्तको कूल ७० प्रतिशत ऋणको रुपमा रहेको बताइन् । 

यसले विकासोन्मुख देशहरूको विनाशर्त वा अनुदानमा आधारित वित्त पहुँच गर्ने अधिकारको हनन् गरिरहेको बताइन् । उनले यो जलवायु न्यायको सिद्धान्तविरूद्ध रहेको बताइन् । यस्तै, नेपाल ट्रेकिङ ट्राभल र्‍याफ्टिङ एयरलाइन्स श्रमिक संघका महासचिव रामबहादुर श्रेष्ठले नेपालमा जलवायुमैत्री कृषिजस्ता परियोजनाबाट झुठा समाधानहरूको प्रवर्द्धनले जलवायु परिवर्तनको असरलाई अनुकूलन र न्यूनीकरणको सट्टा जलवायु आपतकालको सामना गर्न नेपालजस्ता विकासोन्मुख देशको अवस्था बिग्रिँदै गएको बताए ।

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले जलवायु संकटको जोखिममा रहेको नेपालले खाद्य प्रणालीमा धेरै जलवायु प्रकोपको सामाना गरिरहेको बताए । उनले साना किसानहरूको सार्वभौभिकतामाथि प्रश्न उठिरहेकाले जलवायु ऋण बन्द गरिनुपर्ने बताए ।

अभियन्ता अधिकारीका अनुसार ‘आइएमएफ-डब्लू बी’ बैठकको स्पष्ट रुपमा विरोध गर्दै समस्या समाधान गर्ने नाममा जलवायु ऋढ थोपरिएकाले प्रदर्शनमा उत्रिनुपरेको बताए । उनले विश्व बैंकको वसन्त बैठकको अवसरमा जलवायुजन्य हानी तथा नोक्सानीका लागि क्षतिपूर्तिको माग गरिएको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending