Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ हजार जनतालाई हटाइयो, सुनामीको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । इन्डोनेसियाको माउन्ट रुआङमा बुधबारदेखि लगातार ज्वालामुखी विष्फोट भइरहेको छ । यहाँ २४ घण्टामा ५ पटक ज्वालामुखी विस्फोट भएको छ । खतरालाई मध्यनजर गर्दै रुआङ वरपरका ११ हजार मानिसलाई सुरक्षित स्थानमा पठाइएको छ ।

विपद् व्यवस्थापन अधिकारीहरूले आगामी २४ घण्टाका लागि विमानस्थल बन्द राख्न निर्देशन दिएका छन् । ज्वालामुखीबाट निस्कने लाभा र खरानीका कारण सुनामीको चेतावनी जारी गरिएको छ । अल जजीराका अनुसार माउन्ट रुआङमा पहिलो विस्फोट मंगलबार ९अप्रिल १६० राति ९स्४५ बजे भएको थियो।

जसका कारण हजारौं फिट अग्लो लाभा उठेर खरानी फैलिएको छ । यसअघि सन् १८७१ मा इन्डोनेसियामा अहिलेसम्मकै सबैभन्दा ठूलो ज्वालामुखी विस्फोट भएको थियो। इन्डोनेसियाको प्रकोप केन्द्र अलर्ट मोडमा छ।

विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार हालै माउन्ट रुआङ नजिकै दुईवटा भूकम्प गएको थियो। यस कारण टेक्टोनिक प्लेटहरू अस्थिर भए, जसले ज्वालामुखी विस्फोटको कारण बन्यो।

अधिकारीहरूले मानिसहरूलाई उद्धार गर्न २० उद्धारकर्मी खटाइएको बताएका छन्। अल जजीराका अनुसार इन्डोनेसियाको ज्वालामुखी एजेन्सीले खतरालाई ध्यानमा राख्दै लेभल ४ को चेतावनी जारी गरेको छ । यसबाहेक ज्वालामुखी नजिकको ६ किलोमिटर क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरिएको छ ।

इन्डोनेसियाको भूगर्भ एजेन्सीका अध्यक्षले भने, “रुआङ ज्वालामुखी विष्फोटपछि खरानीको बादल आकाशमा २ किलोमिटरको उचाइमा पुगेको थियो। दोस्रो विष्फोटपछि यो उचाइ बढेर २।५ किलोमिटर पुगेको थियो। ।”

अल जजीराका अनुसार इन्डोनेसिया ‘रिङ अफ फायर’ क्षेत्रमा पर्छ । प्यासिफिक महासागर नजिकै घोडा जुत्ताको आकारको टेक्टोनिक फल्ट लाइनहरू छन्। देशमा १२० सक्रिय ज्वालामुखीहरू छन्।

यसबाहेक विमानस्थल प्राधिकरणले रतुलाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान रद्द गरेको छ । यस विमानस्थलबाट चीन, सिंगापुर र दक्षिण कोरिया जाने उडान प्रभावित भएका छन् ।

ज्वालामुखीको प्रभाव छिमेकी मुलुक मलेसियामा पनि देखिएको छ । मलेसियाको किनबालु अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै उडानहरू ढिलो भइरहेका छन्।

यसअघि गत वर्षको डिसेम्बरमा इन्डोनेसियाको मारापी ज्वालामुखी विष्फोट भएको थियो। यस अवधिमा ११ आरोहीको मृत्यु भएको थियो। २ हजार ८९१ किलोमिटरको उचाइमा रहेको ज्वालामुखीले करिब ३ किलोमिटर उचाइमा खरानी फालेको थियो ।

२०१८ मा इन्डोनेसियाको क्राकाटाउ ज्वालामुखीको विस्फोटले सुनामी निम्त्यायो जसले सुमात्रा र जाभाको तटमा पहाडको केही भाग समुद्रमा खसेपछि ४३० जनाको मृत्यु भयो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

सङ्खुवासभा ।  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...

अधुरो देशको आगो

त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending