काठमाडौं । पश्चिम एसियामा उत्कर्षमा पुगेको बृहत् युद्धको खतरा केही समयलाई टर्यो भन्ने विश्वव्यापी विश्वासलाई गलत साबित गर्दै इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । इरानी सरकारी संचारमाध्यमहरुका अनुसार इजरायलको आक्रमण पछि त्यहाँको हवाई सुरक्षा प्रणाली सक्रिय बनाइएको छ ।
समाचारहरूमा उल्लेख भए अनुसार उत्तर पश्चिमी सहर इस्फहान लगायतका प्रान्तहरूमा शुक्रबार बिहान विस्फोटको आवाज सुनिएको छ । इस्फहानमा इरानी सेनाको ठूलो हवाई अड्डा छ । यो इरानको त्यो क्षेत्र हो जहाँ परमाणु हतियारसँग सम्बन्धित अखडाहरू रहेका छन् ।
एक बेलायती सुरक्षा फर्म एम्ब्रेका अनुसार ूअरब खाडी र पश्चिमी हिन्द महासागरू पार गर्ने व्यापारी जहाजहरूलाई यस क्षेत्रमा बढ्दो अपरिचित हवाई वाहन गतिविधिको अवस्थामा सतर्क रहन सल्लाह दिइएको छ भन्ने समाचार अलजजिराले प्रकाशित गरेको छ।
समाचार अनुसार इरानको इस्फाहानमा भएको विस्फोटमा कुनै क्षति भने भएको छैन। इरानको समाचार एजेन्सीले एक वरिष्ठ सैन्य अधिकारीलाई उद्धृत गर्दै भनेको छ कि इस्फाहानमा शुक्रबार बिहान सुनिएको विस्फोट सहरमा हवाई प्रतिरक्षा गतिविधिसँग सम्बन्धित थियो।
इस्फहान कमान्डरले भने विस्फोटले कुनै दुर्घटना वा क्षति पुर्याएको छैन। यसअघि इजरायलले इस्फाहान नजिकै धेरै मिनी क्वाडकोप्टरहरू खसालेको खबर आएको थियो।
गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमान्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबिच तनाव बढेको हो । त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि इजरायलमा गरेको हमलाको इजरायलले जवाफ दिन थालेको बताइन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: