Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडाैं । गुजरातको अहमदाबाद–वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना भएको छ । सो भयानक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । 

नादियाद नजिकै तीव्र गतिमा आएको कार पछाडिबाट आएको तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको हो । प्राविधिक गडबडीका कारण ट्यांकर राजमार्गको छेउमा रोकिराखिएको थियो, जुन यो ट्यांकर पुणेबाट मुम्बई जाँदै थियो भने सो कार बडोदराबाट अहमदाबाद जाँदै थियो। सोही रोकिराखेको टयांकरमा गएर कार ठोक्किएको हो ।

सो गाडीमा १० जना सवार रहेका थिए भने ८ जनाको घटनास्थल मै र २ जनाको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ८ पुरुष, एक महिला र एक बालक रहेका छन् । दुर्घटनाको खबर पाए लगत्तै दुईवटा एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । यससँगै राजमार्गको उद्धार टोली पनि घटनास्थलमा पुगेको थियो ।

दुर्घटना यति भीषण भएकोले शव कारभित्रै फसेको प्रहरीले जनाएको छ । शव निकाल्न गाडीको पाता काट्नु परेको थियो । उक्त दुर्घटनाका कारण द्रुतमार्गमा निकै जाम भएको थियो । प्रहरीले कुनै न कुनै तरिकाले गाडी छेउमा पार्क गरेर जाम हटाएको थियो ।

मृतकको बुधबार राती अबेरसम्म पनि सनाखत हुन सकेको छैन । कारमा बडोदा, नाडियाद र अहमदाबादका यात्रु रहेको प्रहरीको अनुमान छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । कारको दर्ता नम्बरका आधारमा मृतकको परिचय खुल्ने प्रयास भइरहेको छ ।

पछाडीबाट कार कसरी ट्याङ्कर भित्र पस्यो भन्ने पनि अनुसन्धान भइरहेको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गरेको छ ।  रामनवमीका कारण द्रुतमार्गमा सवारीसाधनको खासै भीड नभएको उनले बताए । यस सम्बन्धमा थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते, गम्भीरलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै

धनगढी  । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...

धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...

वर्षा नहुँदा रौतहटका खेत बाँझै

रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

सङ्खुवासभा ।  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...

अधुरो देशको आगो

त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending