काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या २२ पुगेको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बुधबार दाङबाट रुकुम तर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस बागचौर–२ ठिनबाँङस्थित पुलबाट तल खस्दा २२ यात्रु घाइते भएका हुन्।
बस दुर्घटनामा गाडी धनी दाङको तुलसीपुर उपमहानगरपालिका ४ घर भएका ४६ वर्षीय विष्णु विक र गाडी चालक तुलसीपुर ६ का ३४ वर्षीय पूर्ण शमशेर जबरा पनि घाइते भएका छन्।
त्यसैगरी रुकुम पश्चिम त्रिवेणी गाउँपालिका २ की २२ वर्षीया चित्रा पुन, दाङ तुलसीपुर उपमहानगरपालिका १० बिजौरीका २९ वर्षीय कृष्ण चौधरी, दाङकै नारायणपुर नगरपालिका १० की ३६ वर्षीया दिल कुमारी गौतम, दाङ रक्षाचौरकी २६ वर्षीया खिमा विक, तुलसीपुर ७ पर्सेनीकी ४९ वर्षीया ठगी बुढा, सोही ठाउँका ४७ वर्षीया मुम्भ कुमारी बुढा र रुकुम चौरजहारी नगरपालिका २ की २२ वर्षीया पुष्पा चन्द पनि घाइते भएका छन्।
त्यसैगरी सल्यानको शारदा नगरपालिका ५ की १९ वर्षीया सपना भण्डारी, बागचौर नगरपालिका १ गैराबेतकी ५० वर्षीया भुमा बस्नेत, शारदा नगरपालिका १५ की २३ वर्षीया योगमाया बस्नेत, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ का बालक ६ वर्षीय रेसम मगर, रुकुमकै चौरजहारी नगरपालिका ९ का २९ वर्षीय उमेश मल्ल पनि घाइते छन्।
त्यसैगरी रुकुमकै सिस्ने गाउँपालिका ६ की ११ वर्षीया बालिका अरुणा गौतम, रुकुमकै बाफीकोट गाउँपालिका १ का १४ वर्षीय निश्चल हमाल, सल्यान बागचौर नगरपालिका २ की ललिता बस्नेत, शोही ठाउँका २५ वर्षीय सुरेन्द्र बस्नेत, छत्रेश्वरी गाउँपालिका १ दमाचौरका ३१ वर्षीय वीरेन्द्र चन्द, सिद्ध कुमाख गाउँपालिका १ का १७ वर्षीय वीर बहादुर बस्नेत, त्रिवेणी गाउँपालिका ६ का ३३ वर्षीय वसन्तजङ्ग क्षेत्री र रोप्ला रन्टीगढी गाउँपालिका ५ का २५ वर्षीय रञ्जित विक पनि दुर्घटनामा घाइते भएका छन्।
घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई दाङमा सामान्य उपचार गरी थप उपचारको लागि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जनाकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: