काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या २२ पुगेको छ। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बुधबार दाङबाट रुकुम तर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस बागचौर–२ ठिनबाँङस्थित पुलबाट तल खस्दा २२ यात्रु घाइते भएका हुन्।
बस दुर्घटनामा गाडी धनी दाङको तुलसीपुर उपमहानगरपालिका ४ घर भएका ४६ वर्षीय विष्णु विक र गाडी चालक तुलसीपुर ६ का ३४ वर्षीय पूर्ण शमशेर जबरा पनि घाइते भएका छन्।
त्यसैगरी रुकुम पश्चिम त्रिवेणी गाउँपालिका २ की २२ वर्षीया चित्रा पुन, दाङ तुलसीपुर उपमहानगरपालिका १० बिजौरीका २९ वर्षीय कृष्ण चौधरी, दाङकै नारायणपुर नगरपालिका १० की ३६ वर्षीया दिल कुमारी गौतम, दाङ रक्षाचौरकी २६ वर्षीया खिमा विक, तुलसीपुर ७ पर्सेनीकी ४९ वर्षीया ठगी बुढा, सोही ठाउँका ४७ वर्षीया मुम्भ कुमारी बुढा र रुकुम चौरजहारी नगरपालिका २ की २२ वर्षीया पुष्पा चन्द पनि घाइते भएका छन्।
त्यसैगरी सल्यानको शारदा नगरपालिका ५ की १९ वर्षीया सपना भण्डारी, बागचौर नगरपालिका १ गैराबेतकी ५० वर्षीया भुमा बस्नेत, शारदा नगरपालिका १५ की २३ वर्षीया योगमाया बस्नेत, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ का बालक ६ वर्षीय रेसम मगर, रुकुमकै चौरजहारी नगरपालिका ९ का २९ वर्षीय उमेश मल्ल पनि घाइते छन्।
त्यसैगरी रुकुमकै सिस्ने गाउँपालिका ६ की ११ वर्षीया बालिका अरुणा गौतम, रुकुमकै बाफीकोट गाउँपालिका १ का १४ वर्षीय निश्चल हमाल, सल्यान बागचौर नगरपालिका २ की ललिता बस्नेत, शोही ठाउँका २५ वर्षीय सुरेन्द्र बस्नेत, छत्रेश्वरी गाउँपालिका १ दमाचौरका ३१ वर्षीय वीरेन्द्र चन्द, सिद्ध कुमाख गाउँपालिका १ का १७ वर्षीय वीर बहादुर बस्नेत, त्रिवेणी गाउँपालिका ६ का ३३ वर्षीय वसन्तजङ्ग क्षेत्री र रोप्ला रन्टीगढी गाउँपालिका ५ का २५ वर्षीय रञ्जित विक पनि दुर्घटनामा घाइते भएका छन्।
घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई दाङमा सामान्य उपचार गरी थप उपचारको लागि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जनाकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...
पौष १३ गते, २०८२ - ०८:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...
पौष १३ गते, २०८२ - ०८:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...
पौष १३ गते, २०८२ - ०८:१५
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो। बैठकमा समानुपातिक उम्मेद्वारको अ...
पौष १३ गते, २०८२ - ०७:५५
काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ। सम्झौता...
पौष १३ गते, २०८२ - ०७:४७
म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...
पौष १३ गते, २०८२ - ०७:३९
मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...
पौष १३ गते, २०८२ - ०७:३४
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...




प्रतिकृया लेख्नुहोस्: