Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

बोटसँगै मकै बिक्री, किसान उत्साहित

खबरडबली संवाददाता

झापा । जिल्लाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस)का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन् । यसरी उत्पादित मकै बोटसँगै बिक्री भएपछि किसान उत्साहित भएका हुन् ।     

अर्जुनधारा नगरपालिका–७ का सञ्जय खनाल खेतमा लगाएको मकैले बोटसँगै प्रशस्त आम्दानी दिएपछि उत्साहित हुनुभएको छ । एक बिघा जमिनमा लगाएको मकैमा दाना लागेपछि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले साइलेस बनाउन बोटै खरिद गरेपछि उनी  उत्साहित भएका हुन् ।

 ग्रामीण क्षेत्रका किसान साइलेसका लागि बोेटबाटै मकै बिक्री भएपछि भाँच्नु, नङ्ग्याउनु, छोडाउनु र सुकाउनुपर्ने झन्झटबाट मुक्त भएका खनालले बताए । उनले यसपाली पोलेर खान मिल्ने भएको दुधिलो मकै प्रतिकेजी रु साढे चारका दरले ११ हजार केजी खेतबाट बिक्री गरेको जानकारी दिए ।

मकै सुकाएर बेच्दा भने जस्तो मूल्य पनि नपाउने र लागत पनि बढी लाग्ने हुँदा हरियो मकै साइलेसका लागि बोटैसँगै बिक्री गरिएको भन्दै यसबाट बढी फाइदा भएको खनालले सुनाए । उनले अर्को वर्ष मकैखेती विस्तार गर्ने तयारी रहेको बताए ।  

एनएमसीले मेचीनगर नगरपालिका–१४ मा अग्र्यानिक तरकारी खेतीसँगै उन्नत जातका गाईफार्मसमेत सञ्चालन गर्दै आएको छ । सहकारीले १८ लाख केजी मकैको साइलेस बनाउनका लागि धमाधम सूचीकृत भएका किसानको खेतबाटै मकै खरिद गरिरहेको नमूना एकीकृत कृषि फामका संयोजक हिरा पोखरेलले जानकारी दिए ।   

उनले भने, “आफ्नै गाई फार्मका लागि १२ लाख केजी र बिक्री गर्नका लागि छ लाख केजी मकैको साइलेस बनाउने तयारी गरिरहेका छौँ ।” उनले मेचीनगर, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, अर्जुनधारा, विर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाका किसानले उत्पादन गरेका मकै खरिद गर्ने गरिएको गरेको बताए ।

साइलेस घाँसमा पौष्टिक तत्व पर्याप्त हुने गरेकाले पशुको स्वास्थ्यमा पनि कुनै खराबी नहुने मेचीनगर–४ का किसान केदार न्यौपानेले बताए । साइलेस खान पायो भने गाईभैँसीले दूध पनि राम्रो दिने उनको अनुभव छ । साइलेस एकपटक बनाएर वर्षभरि पशुलाई खुवाउन मिल्ने भएकाले पनि गाई किसान यसतर्फ आकर्षित भएका हुन् ।     
 

जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती हुँदै आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।     
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुवै शीर्ष पद खाली भएपछि पाल्हीनन्दन गाउँपालिकाले रोज्यो नयाँ कार्यवाहक नेतृत्व

पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...

ग्यासका लागि भिड बढ्यो, ‘कृत्रिम चाप’ भन्दै निगमको सफाइ

काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...

प्रदर्शनकारीको मृत्युको असर : गोलबजारका प्रहरी इन्चार्ज फेरिए

काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending