बागलुङ । बागलुङ नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । नगरपालिकाले ‘पशुपन्छी तथा मत्स्यपालन कार्यविधि– २०७९’ निर्माण गरी चालु आर्थिक वर्षभित्रै गोरु पाल्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।
गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न रु चार लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ । उक्त बजेटबाट हलगोरु पाल्ने किसानलाइ दामासाहीले अनुदान दिइनेछ । त्यसका लागि किसानबाट आवेदन सङ्कलन गरिएको बागलुङ नगरपालिकाको पशु शाखाले जनाएको छ ।
बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवद्र्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिन लागिएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताए ।
सापकोटाका अनुसार नगरपालिकाभित्रका एक सय १० जना गोरु पाल्ने किसानले निवेदन दिएका छन् । प्राप्त भएका सो निवेदनका आधारमा अनुगमन गरी किसानलाई अनुदान दिइने छ ।
“हलगोरु पाल्ने किसानलाई अनुदान दिन लागिएको हो, यस वर्ष बजेट थोरै छ, प्रत्येक हल गोरु पाल्ने किसानलाई चार÷पाँच हजारको दरले अनुदान दिइन्छ”, सापकोटाले भने, “यो कार्यक्रम निरन्तर चल्छ, कम्तीमा एक किसानलाई रु १० हजारका दरले अनुदान दिने कार्यविधिमै उल्लेख छ ।” आगामी वर्ष हल गोरु पाल्ने किसानलाई रु १० हजार पुग्नेगरी रु १० लाख बजेट विनियोजन गर्ने नगरपालिकाको लक्ष्य छ ।
बढ्दो प्रविधिको विकाससँगै गोरु लगाएर जोत्ने परम्परा हराएकाले त्यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिन लागिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । उनले मिनीट्रिलर वितरणले गोरु पाल्ने किसान निरुत्साहित भएको महसुस गरेकाले अनुदान कार्यक्रम ल्याएको बताए । गोरु पाल्दा वातावरणीयरुपमा समेत फाइदा हुने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - २१:१९
काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...


प्रतिकृया लेख्नुहोस्: