Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

कानुन निर्माणमा सांसद गम्भीर बन्नुपर्छ:अध्यक्ष दाहाल

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संविधान निर्माण भइसकेपछि आवश्यक कानुन निर्माणमा सङ्घीय सांसदहरु गम्भीर हुनुपर्ने बताएका छन् । संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि आज यहाँ आयोजित राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुसँगको अन्तरक्रियामा उनले समयमै कानुन निर्माण नगर्दा अन्योल र निराशाको अवस्था आउन दिन नहुने बताए ।

अध्यक्ष दाहालले आवश्यक ऐन कानुन निर्माण गरेर संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सबै प्रतिबद्ध र इमान्दार हुनुपर्नेमा जोड दिएका थिए । “अहिले कानुन निर्माणको आवश्यकता र यसको जुन गतिमा काम भइरहेको छ, यसले ठूलो अन्तरविरोध पैदा भएको छ”, अध्यक्ष दाहालले भने, “नयाँ संविधान निर्माण भइसकेपछि जुन गतिमा कानुन निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन, यसतर्फ कानुन निर्माणको जिम्मेवारी लिएका सांसदहरु गम्भीर हुनु जरुरी छ ।”

नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमले संसदीय अभ्यास र प्रक्रिया बुझ्न महत्वपूर्ण हुने भन्दै उनले सिक्ने काम कहिल्यै नसकिने भएकाले यस्ता कार्यक्रम सबैका लागि नियमित सञ्चालन गर्न आवश्यक रहेको बताए ।

कानुन निर्माणका विभिन्न चरणबारे सिक्न, विधेयकमा छलफल, संशोधन र कानुनी कार्यमा पोख्त हुन बेला बेलामा यस्ता अन्तरक्रिया, गोष्ठी र छलफल हुनु जरुरी रहेको अध्यक्ष दाहालको भनाइ थियो । अभिमुखीकरणमा विधेयक निर्माण प्रक्रिया, विधेयकको संसदीय चरण, संशोधन प्रक्रिया, प्रत्यायोजित व्यवस्थापन र सांसदहरुको भूमिकाका बारेमा संविधानविद् काशीराज दाहालले सहजीकरण गरेका थिए ।

राष्ट्रियसभाका समिति र निगरानीसम्बन्धी कार्यका बारेमा राष्ट्रियसभाका पूर्वसदस्य राधेश्याम अधिकारी, सङ्घीयता, सङ्घ प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्ध तथा वित्तीय सङ्घीयताबारे राष्ट्रिय सभाका पूर्वसदस्य डा खिमलाल देवकोटाले प्रस्तुति दिएका थिए ।

 संसदीय मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संसद्मा प्रभावकारी भूमिकाको लागि महिला सांसदहरुको सशक्तिकरणबारे पूर्वसभामुख ओनसरी घर्ती, लैङ्गिक तथा समावेशी मुद्दामा संसद् र संसदीय समितिहरुले खेल्नुपर्ने भूमिकाका विषयमा राष्ट्रियसभाका निवर्तमान सभापति दिलकुमारी रावल थापा पार्वतीले प्रस्तुति दिने कार्यक्रम छ ।

राष्ट्रियसभाको संशोधित नियमावली र सभाको प्रभावकारिताबारे सभाका सचिव डा सुरेन्द्र अर्याल र सङ्घीय संसद् सचिवालय, साङ्गठनिक संरचना र सेवा प्रवाहबारे सचिवालय सचिव सुदर्शन खड्काले जानकारी दिने कार्यक्रम छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending