Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

केन्द्रको सत्ता समीकरणमा विभाजनको बिजारोपण, ४० दिनमै कोरियो विभाजनको रेखा

खबरडबली संवाददाता

काठमाडौँ । केन्द्रमा नयाँ सत्ता समीकरण बनेको ४० दिनमा नै विभाजनको रेखा कोरिएको छ । सुदूरपश्चिममा सरकार बनाउनेक्रममा पुर्व सहमति अनुसार नगरको भन्दै एकीकृत समाजवादीले कांग्रेससँग सहकार्य गरेपछि त्यसको धक्का नयाँ समीकरणलाई पर्ने विश्लेषण गरिएको छ ।

हालको सत्ता समीकरणमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीम, जसपा र एकीकृत समाजवादी रहेका छन् ।

यसअघि केन्द्रमा नयाँ समीकरण बनाउदा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो तर आइतबार सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी ९नाउपा० लाई दिने निष्कर्षमा समीकरणका प्रमुख नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पुगेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल झस्किएका छन् । उनले यसअघिको सहमति पालना नगरेको र आफुहरुलाई धोका भएको विश्लेषणसहित सुदूरपश्चिममा कांग्रेससँग सहकार्य गरेका थिए ।

अब सुदूरपश्चिममा कांग्रेस, एकीकृत समाजवादी, नाउपा र राप्रपाको सहकार्य अनुसार सरकार बनेमा यसको असर अन्य प्रदेशमा मात्र होइन केन्द्रको समीकरणमा पनि पर्ने देखिएको छ ।

अहिले एकीकृत समाजवादी मधेश प्रदेश र बागमती प्रदेशमा निर्णायक अवस्थामा रहेको छ । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुश्किलले विश्वासको मत पुर्याएका थिए । एकीकृत समाजवादीले सरकार छोडेमा उनी सिधै अल्पमतमा पर्छन र सरकार ढल्ने अवस्था रहेको छ । त्यस्तै त्यस्तै १०७ सदस्यीय मधेश प्रदेशमा पनि एकीकृत समाजवादी निर्णायक अवस्थामा छ । ७ सांसद रहेको एकीकृत समाजवादीले समर्थन फिर्ता लिएमा सरकार अल्पमतमा पर्ने देखिएको छ ।

मधेशमा अहिले जसपाका सरोज यादवको नेतृत्वमा सरकार छ । सरकारलाई एमालेका २५, जसपाका १९, माओवादीका ९, लोसपाको ९ तथा एकीकृत समाजवादीको ७ सांसदको समर्थन रहेको छ । एकीकृत समाजवादीले समर्थन फिर्ता लिएमा लोसपाले पनि सरकार छोड्ने बताइएको छ ।

त्यस्तै एकीकृत समाजवादीले केन्द्रको सरकारलाई समर्थन फिर्ता लिएमा केन्द्रको समीकरणलाई समेत धक्का लाग्न सक्ने देखिएको छ । गत फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वसको मत लिदा १५७ मत पाएका थिए । एकीकृत समाजवादीले समर्थन फिर्ता लिदा सरकार सिधै अल्पमतमा नपरेपनि समीकरण भत्किने भने देखिन्छ । अहिलेको सत्ता समीकरणमा जोडिएको जसपाले मधेसको मुख्यमन्त्रीकै कारणले केन्द्रमा नयाँ समीकरणमा जोडिएको हो । मधेसको मुख्यमन्त्री गुमाउने अवस्थामा जसपा केन्द्रको समीकरणमा रहन्छ या रहदैन भन्न नसकिने बताइएको छ ।

सुदूरपश्चिममा सरकार बन्नेक्रममा रहेको र एकीकृत समाजवादीको भूमिका अहिले पनि शंकास्पद रहेकोले नयाँ सत्ता समीकरण भत्कियो भन्न अहिले हतार नै हुन्छ । सुदूरपश्चिममा प्रदेश प्रमुखले मंगलबार सांसदहरुको सनाखत गरेर निर्णय लिने बताएकाले त्यसपछि मात्र एकीकृत समाजवादीको भूमिका स्पष्ट हुने छ । सनाखतमा पनि एकीकृत समाजवादीले नाउपाका लक्ष्मण किशोर चौधरीको पक्षमा लागेमा यसले केन्द्रको सत्ता समीकरणमा फुटको बिजारोपण भने अवश्य हुने छ ।न्युज कारखाना

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending