Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

छत्रेश्वरीको प्राथमिकतामा शिशु र बाल उपचार, स्वास्थ्यकर्मीलाई अनुशिक्षण

खबरडबली संवाददाता

सल्यान । नवजात शिशु र बालरोग व्यवस्थापनका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकाले आफ्नो पालिकाभित्रका स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीहरुलाई अनुशिक्षण गरेको छ । आइतबार छत्रेश्वरी ७ को जामुनेखोला स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरुलाई समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकिकृत व्यवस्थापन बारे अनुशिक्षण गरिएको हो ।

विषेश गरी समुदायस्तरमा नवजात शिशुको मृत्युदर  घटाउनका लागि र बालवालिकामा हुने रोगहरुको व्यवस्थापन गर्न सबै स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षीत गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले जनाइन् । नवजात शिशुको स्याहार, जन्मदा स्वास नफेरेको वा नरोएको शिशुको व्यवस्थापन, अवधि नपुगेर जन्मीएको वा जन्मदा कम तौलको शिशुको व्यवस्थापन लगाएतका विषयमा स्वास्थ्यकर्मीहरुलाई दक्ष बनाउनका लागि अनुशिक्षण गरिएको उनको भनाई छ । यस्तै दुई महिना सम्मका विरामी शिशुको उपचार तथा दुई महिना देखि ५ वर्ष सम्मका वालवालिकाको उपचारबारे हरेक स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीहरुलाई अनुशिक्षण गरिरहेको स्वास्थ्य शाखाले जनाएको छ ।

यस अघि छत्रेश्वरी १ को दमाचौर स्वास्थ्य चौकी र कोर्वाङ झिम्पे स्वास्थ्य चौकीमा पनि ‘कोचिङ’ सम्पन्न भइसकेको स्वास्थ्य संयोजक भट्टराईले जानकारि दिइन् । आइतबार वडा नं ७ मा कार्यक्रम सम्पन्न भएको र सोमबार वडा नं ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा कार्यक्रम तय गरिएको छ । दुर्गम क्षेत्र, पिछडिएका समुह र विपन्न नागरिकका नवजात शिशु तथा बालवालिकाहरूको आधारभूत स्वास्थ्य सेवामा पहुँच र उपभोगमा अभिवृद्धिका लागि एकिकृत व्यवस्थापन महत्वपूर्ण रहेको सिअहेव गणेशमान डाँगीले जनाए । उपचारका लागि स्वास्थ्य संस्थामा ल्याउने दर बढाएर नवजात मृत्यु घटाउन नवजात शिशु तथा बाल रोगको एकिकृत व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: