Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

तीन सर्जकका तीन कृति लोकार्पण

खबरडबली संवाददाता
भक्तपुर । वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगसहित तीन सर्जकद्वारा लिखित तीन पुस्तक सार्वजनिक गरिएको छ । 
 
नयाँ वर्ष २०८१ सालको अवसर पारेर एकै साथ साहित्यकार ग्वंगद्वारा लिखित ‘संस्कृतिका आयाम’ निबन्ध सङ्ग्रह, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा लेखिएको ‘भिन्नभिन्न ताल र सुरका झङ्कारहरु’ निबन्ध सङ्ग्र्रह तथा साहित्यकार तथा पत्रकार जीतेन्द्र रसिकद्वारा लिखित र ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) सार्वजनिक गरिएको हो ।
 
समी साहित्य प्रतिष्ठानले सूर्यविनायकमा आयोजना गरेको तीन पुस्तक विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपाललगायत पुस्तकका लेखकले संयुक्तरुपमा कृति लोकार्पण गरे। 
 
कार्यक्रममा पूर्वकुलपति काइँलाले तिनै सर्जकको कृतिले नेपाली वाङ्मय क्षेत्रमा महत्वपूर्ण योगदान पु(याउने बताए। लेखक तथा वरिष्ठ संस्कृतिविद् ग्वंगःले लेखन र जीवनको अर्थबोधबारे चर्चा गरेको थिए।  लेखक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले आफूले लेखन कार्यलाई निरन्तरता दिएको बताउनुहुँदै निकट भविष्यमा आफ्नो जेल जीवनको संस्मरण प्रकाशित गर्ने बताए।
 
त्यस्तै लेखक जीतेन्द्र रसिकले तेजेश्वरबाबु ग्वंगः अधिक चेतनाको खानी भएको र जीवनी कृति यो युगको एक दस्तावेज भएको चर्चा गरे। कार्यक्रममा प्रा डा कुमार कोइराला, गीता त्रिपाठी र साहित्यकार गोपीकृष्ण ढुङ्गानाले तीनवटै पुस्तकको समीक्षा गरेको थिए ।
 
प्रतिष्ठानका कार्यकारी प्रमुख डोलिन्द्रप्रसाद शर्माले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सम्पदा क्षेत्रका कृति प्रकाशन गरी प्रतिष्ठानले नेपाली वाङ्मयमा योगदान दिन सक्रिय भएको बताए। उनले ‘समी साहित्य साधना सम्मान’ लगायतका सम्मान तथा पुरस्कार पनि छिट्टै घोषणा हुने बताए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पाल्पामा ७५ बर्षिय बृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाललाई मंगलबार राति प्रहरीले पक्राउ ग...

श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जान...

बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययन अनुमतिपछि स्थानीय उत्साहित

बागलुङ । खानी तथा भूगर्भ विभागले बागलुङको तमानखोला गाउँपालिकामा रहेको तामाखानीको अवस्था अध्ययनका अनुमति दिएपछि उत्साहित भएका छन् ।  एक सय वर्षदेखि ...

सलमानको घर बाहिर गोली हान्ने एक आरोपीले हिरासतमा गरे आत्महत्या !

काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् । समाचार एजेन्सी एएनआईका अन...

काठमाडौं नजिकै भेटियो डाँफे जोडी

काठमाडौँ । काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामील...

गर्मी बढे सँगै मधेशको विद्यालयको पठनपाठन प्रभावित

रौतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित हुन थालेको छ । सबैभन्दा बढी बालबालिकालाई प्रभाव पर्न थालेको देखिएको छ । अत्यध...

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछ...

पशुपतिको विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क हुने

काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले का...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर...

ब्याटिङमा नेपालको संघर्ष, पाँचौं विकेट गुमायो

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालका कुशल मल्ल २० रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्शले आउट गरेका हुन् । ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies