मकवानपुर । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले दुग्धजन्य उद्योगसँग ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ। संघले किसानलाई सो बराबरको रकम समयमै भुक्तानी नभए आफूहरू आन्दोलनमा जाने चेतावनी दिएको छ।
गत फागुनमा केन्द्रीय दुग्ध सहकारी संघ र नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत दुग्ध विकास संस्थान तथा निजी डेरीबीच भएको सम्झौताअनुसार चैत २१ गतेसम्म पुस मसान्तसम्मको दूधको भुक्तानी गर्ने सहमति भएको थियो। तर सो समयमा सम्झौताअनुसार भुक्तानी नभएको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो।
संघका अध्यक्ष हरिप्रसाद कँडेलले सम्झौताअनुसार दूधको भुक्तानी चैत मसान्तभित्र गरिसक्नुपर्ने र बाँकी भुक्तानी निरन्तर दिने व्यवस्था गर्नुपर्ने, किसानबाट उत्पादित दूध निरन्तर बिक्री हुने व्यवस्था मिलाउनुपर्ने बताए। उनले दुग्ध उत्पादक किसानलाई दिँदै आएको लिटर अनुदानलाई निरन्तर दिने व्यवस्था गरिनुपर्ने र पशु बीमालाई सहकारी संस्थामार्फत गर्ने व्यवस्था गरिनुपर्ने माग गरे।
अध्यक्ष कँडेलले दुग्ध उत्पादक किसानका समस्याप्रति बेवास्था गर्ने सरकार र निजी दुग्ध उद्योगीविरुद्ध निर्णायक आन्दोलनमा सहभागी हुनुपर्ने अवस्था आएको बताए। उनले सम्पूर्ण दुग्ध उत्पादक किसानलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी बाग्मती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठलाई गराइएको बताए। मन्त्री श्रेष्ठ यसै क्षेत्रबाट चुनाव जित्नुभएकाले समस्या समाधानमा लागिदिन आग्रह गरिएको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - २२:०१
पश्चिम नवलपरासी । अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि पाल्हीनन्दन गाउँपालिकाले कार्यवाहक नेतृत्व चयन गरेको छ। शुक्रबार बसेको गाउँ कार्यपालिकाको बै...
श्रावण १५ गते, २०८३ - २१:५४
काठमाडौँ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिएपछि उपभोक्ता ग्यास डिपो र सप्लायर्समा लामो लाइन बस्न बाध्य भएका छन्। एक सिलिन्डर...
श्रावण १५ गते, २०८३ - २१:४५
काठमाडौँ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सुदन केसीको काज सरुवा गरिएको...
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...



प्रतिकृया लेख्नुहोस्: