काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारणसभा शुरु भएको छ । वार्षिक साधारणसभाको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।
चेम्बरको ७३ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पुरा गर्न सरकार प्रयासरत रहेको बताए । आर्थिक उन्नतीका लागि निजी क्षेत्रको प्रर्वद्धन र सुरक्षा गर्न सरकार अत्यन्तै गम्भिर रहेको उनको भनाइ छ ।
पुँजी निर्माण, पुँजीगत खर्चमा सुधार एवं व्यापार घाटा नियन्त्रण सरकारको प्रमुख कार्यभार रहेको परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।
यसैगरी चेम्बरको ७३ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् । उनले आगामी बजेट बस्तुनिष्ठ र कार्यान्वयनमुखी हुनुपर्ने बताए । अध्यक्ष मल्लले भने, ‘बजेट संधै महत्वाकांक्षी र ठूलो आकारको बनाउने तर श्रोतको अभावमा पछि घटाउने गरिएको छ । बजेट यथार्तपरक एवं घाँटी हेरी हड्डी निल्न सक्ने हुनुपर्दछ।’
आर्थिक गतिविधी विस्तार गरी राजश्व लक्ष्य बृद्धि गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले करको दर नभई दायरा बिस्तार गरेर नागरिकता संगै प्यानकार्ड दिने व्यवस्था गर्नुपर्ने धारणा राखे । अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिएपनि आन्तरिक तर्फ सुस्तता कायमै रहेको अध्यक्ष मल्लले बताए । आयातको तुलनामा निर्यात निकै कम हुँदा यो वर्षपनि व्यापार घाटा उच्च हुने देखिएको अध्यक्ष मल्लको भनाई छ ।
पुँजीगत खर्च हुन नसक्ने तथा उत्पादनशील क्षेत्रमा लगानी प्रवाह हुन नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पुरा हुनेमा चुनौती रहेको अध्यक्ष मल्लले बताए । मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अनिवार्य रहेको उनले बताए । तुलनात्मक लाभ भएका कृषि, जलश्रोत, पर्यटन तथा सुचना प्रविधिको क्षेत्रका स्वदेशी तथा विदेशी लगानी आर्कषित गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...
श्रावण १६ गते, २०८३ - २१:३३
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...
श्रावण १६ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...
श्रावण १६ गते, २०८३ - २०:०६
जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...
श्रावण १६ गते, २०८३ - २०:०३
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...
श्रावण १६ गते, २०८३ - २०:००
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...



प्रतिकृया लेख्नुहोस्: