Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

नेतृत्व छान्न इलामका मतदाता उत्साहित

खबरडबली संवाददाता

इलाम । इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनभएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

इलाम नगरपालिका–८ महमाईका कुबेर राईलाई उपनिर्वाचनकोे चहलपहलले उत्साहित बनाएको छ । “सात महिनादेखि हामीले चियाको मूल्य, दुग्ध उत्पादनको बजार, मेची राजमार्गको अस्तव्यस्त अवस्थालगायत समस्या सङ्घीय संसदमा उठाउने जनप्रतिनिधि पाउन सकेका छैनौँ”, उनले भने, “हाम्रा समस्याको उठान गर्ने प्रतिनिधिको खोजीमा छौँ ।”

यस्तै सन्दकपुर गाउँपालिका–३ का विशाल ढकालले उपनिर्वाचनपछि सात महिनादेखि सङ्कलन गरेर राखेका गुनासा नयाँ नेतृत्वलाई सुनाएर समाधान माग्ने बताए । “अहिले घरघरमा आएर सबै उम्मेदवार भोट माग्दै छन्। हामी सबैलाई मत दिन्छौँ भनिरहेका छौँ । तर योग्य उम्मेदवारलाई इलामवासीले चुन्छन्,” उनले भने, “हाम्रा गुनासा र समस्याका चाङ छन् । समाधान गर्न निर्वाचित प्रतिनिधिलाई दबाब दिन्छौँ ।”

फाकफोकथुम गाउँपालिका–४ का रघुनाथ भण्डारीले सडक, स्वास्थ्य, शिक्षा र कृषिमा परिवर्तन ल्याउन सक्ने उम्मेदवार छनोट गर्ने सोचमा रहेकोे बताए। “सडकको मर्मत छैन, कृषिमा अनुदान छैन, राम्रो अस्पताल र गुणस्तरीय शिक्षा पाउन सकेका छैनौँ । अब निर्वाचित हुने प्रतिनिधिले हाम्रा यी माग सम्बोधन गर्नुपर्छ ।” 

सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत माओवादी० का साझा उम्मेदवार सुहाङ नेम्बाङ, नेपाली कांंंग्रेसका डम्बर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट मिलन लिम्बू चुनावी मैदानमा छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा ९एकीकृत समाजवादी० का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, पहिचानवादीका डकेन्द्रसिंह थेगिम, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, मङ्गोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बू र नेपाली जनता दलका रेशमबहादुर सुनुवार पनि चुनावी प्रतिस्पर्धामा छन्। 

यसैगरी, स्वतन्त्र उम्मेद्वारहरु क्रमशः डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी भिडन्तमा सामेल छन्। उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । इलाम–२ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् । यी केन्द्रमा आठ सय ९४ कर्मचारी परिचालन हुनेछन् । निर्वाचन आयोगका अनुसार यही चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म प्रचारको अवधि तोकिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री अनुपस्थित भए पनि संसदीय समितिको बैठक बस्न सक्ने व्यवस्था हुँदै

काठमाडौं । प्रतिनिधिसभाको नियमावली संशोधनमार्फत मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक सञ्चालन गर्न सकिने व्यवस्था गर्न लागिएको छ। सोमबार बस्न...

बनेपास्थित सुकुमबासी होल्डिङ सेन्टरको संसदीय टोलीद्वारा निरीक्षण

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको नेतृत्वमा सोमबार बनेपा मा रहेको सुकुमबासी होल्डिङ सेन्टरको निरीक्षण गरेको छ। ...

सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए - खोटाङ पूर्वी तराईसँग सीधा यातायात सम्पर्कबाट विच्छेद

खोटाङ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक-फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको छ। यी अस्था...

फलफूलको रोगकिरा नियन्त्रणमा विषादीको विकल्पमा ‘जैविक झोल’ प्रयोग

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसोममार्फत फलफूलबालीको रोगकिरा नियन्त्रणमा विषादी...

खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयमा खुसीयाली

हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–३ को वडा केन्द्र खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयवासीले खुसीयाली मनाएका छन् । केही दिनअघि निर्माण सम्पन्न भ...

कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा पुरुषको शव फेला

कञ्चनपुर। कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलका ४५ वर्षीय लीलाराम सुनारको हत्य...

दश महिनामा करिब छ अर्ब राजस्व सङ्कलन

बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व सङ्कलन गरेको छ ।  कार्यालय प्रमुख ...

स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिक...

नेपाल बार एशोसिएशन ललितपुरमा नेकपाको सुवेदी प्यानलै विजयी

काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...

सुन्धारा कारागारबाट जन्मकैद सजाय भोगिरहेकी महिला फरार

काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending