म्याग्दी । म्याग्दीका पशुगोठ लेकमा सार्न थालिएको छ । गर्मी बढेसँगै बोटबिरुवा र घाँसका पालुवा खुवाउँदै गोठाला बेंसीबाट लेकतर्फ लागेका हुन् । चिसोमा न्यानोका लागि बेंसी झारिएका भेडाबाख्रा, गाईभैंसी, घोडा र चौँरी गाईका घुम्ती गोठहरु लेकमा सार्न थालिएको छ ।
रघुगङ्गा गाउँपालिका–८ का भेडापालक कृषक पदम छन्त्यालले पात्लेखर्क, सानो धुरी, ठूलो धुरी, रिहगाड हुँदै असारको पहिलो साता रिरुको बुकी पुग्ने गोठ भदौ महिनासम्म त्यहाँ रहने बताए । “उभौली लागेपछि गोठ लेकतर्फ लैजान थालेका छौँ । पालुवा पलाउँदै गरेको पोषिलो घाँस खुवाउन दुई/तीन दिनका ठाउँ फेर्दै गोठ सार्दैसार्दै चार हजार आठ सय मिटर उचाइको रिरुको बुकीमा पुग्छौँ”, उनले भने, “गोठालालाई चाहिने खाद्यान्न, लत्ताकपडा र भेडालाई नुनसँगै बोकेर हिँडेका छौँ ।”
चालिस वर्षीय छन्त्यालले वैदेशिक रोजगारको विकल्पमा बाबुबाजेले गर्दै आएको भेडापालनलाई निरन्तरता दिएका छन् । उनले झण्डै चार सय भेडा पाल्नुभएको छ । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । असार, साउन र भदौमा बुकीमा चराएपछि असोजमा गोठ को असपासका गाउँबस्ती नजिकै ल्याउने चलन छ । हिउँदमा बेंसीका फाँटमा ल्याइने गोठ बर्खामा हिमालको फेदीका बुकीमा पुग्ने गर्दछन् ।
गाईभैँसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर गोठाला लेकतर्फ लागेका छन् । करिब तीन÷चार महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धवलागिरि गाउँपालिका–३ मुनाका ७६ वर्षीय गङ्गबहादुर पहरे पुनले बताए ।
बस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन् । लेकका बुकीका चरन क्षेत्रलाई गाउँअनुसार विभाजन गरिएको छ । पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकामा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईबस्तु लिएर एक जना गोठ जाने गरेका छन् ।
म्याग्दीमा करिब दुई सय घुम्ती गोठ रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र केन्द्रका प्राविधिक गणेश रिजालले बताए । घुम्ती गोठका लागि केन्द्रले सहयोग गर्दैआएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ०८:०५
काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...
पौष १६ गते, २०८२ - ०७:५४
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...
पौष १६ गते, २०८२ - ०७:४७
बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...
पौष १६ गते, २०८२ - ०७:४५
काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...
पौष १६ गते, २०८२ - ०७:०८
काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...
पौष १६ गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...
पौष १६ गते, २०८२ - ०६:५९
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...




प्रतिकृया लेख्नुहोस्: