काठमाडौं। अमेरिकी कम्पनी एप्पलले आफ्ना ६ सयभन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ । कार र स्मार्टवाच डिस्प्ले प्रोजेक्ट बन्द गरेपछि कम्पनीले त्यसमा काम गर्ने कर्मचारीलाई निकालेको हो । ब्लूमबर्गका अनुसार एप्पलले क्यालिफोर्नियाको रोजगार विकास विभागलाई दिएको ८ वटा छुट्टै फाइलिङमा यो जानकारी दिएको हो ।
कम्पनीले नेक्स्ट जेनेरेशन स्क्रिन डेभलपमेन्ट प्रोग्राममा गोप्य स्थानमा काम गर्ने ८७ जना र कम्पनीको कार परियोजनामा संलग्न व्यक्तिलाई बर्खास्त गरेको प्रतिवेदनमा उल्लेख छ । क्यालिफोर्नियाका नियमहरू अनुसार, कर्मचारीहरूलाई असर गर्ने प्रत्येक निर्णय रोजगार विभागलाई सूचित गर्नुपर्छ ।
रिपोर्टका अनुसार क्यालिफोर्नियाको सान्ता क्लारामा रहेको एप्पलको मुख्य कार्यालयसँग सम्बन्धित कार्यालयमा रहेका ३७१ कर्मचारीबाहेक अन्य धेरै स्याटेलाइट अफिसमा कर्मचारीलाई निकालिएको छ । यससँगै कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स र पर्सनल रोबोटिक्स विभागमा धेरै व्यक्तिलाई सरुवा गरिएको छ । यी आयोजनाहरु बन्द हुँदा करिब २ हजार कर्मचारी प्रभावित भएका छन् ।
एप्पलले १० वर्ष काम गर्यो तर कारको प्रोटोटाइप पनि बनाउन सकेन।
हालै एप्पलले आफ्नो १० वर्ष पुरानो कार प्रोजेक्ट बन्द गरेको छ । कम्पनीले गत दशकमा यस परियोजनामा अर्बौं डलर लगानी गरे, तर त्यो समयमा भौतिक प्रोटोटाइप पनि तयार गर्न सकेन ।
कम्पनी पूर्ण रूपमा स्वचालित र भ्वाइस कमाण्डमा चल्ने कार बनाउन चाहेको थियो । यसका लागि २०१५ मा सुरु भएको यो आयोजनामा अर्बौं लगानी भएको थियो । यो परियोजना सफल भएको भए कम्पनीले एक लाख डलरको मूल्यमा सन् २०२८ सम्ममा कार लन्च गर्ने योजना बनाएको थियो ।
एप्पलले आफ्नो पहिलो ईभीको लन्च मिति २०१९, २०२०, २०२६ र २०२८ मा रिसेट गरेको थियो । प्रतिवेदनका अनुसार कम्पनीको बोर्डले सीईओ टिम कुकलाई चाँडै आयोजनाको ठोस योजना बनाउन वा परियोजना बन्द गर्न दबाब दिइरहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...




प्रतिकृया लेख्नुहोस्: