Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

चैत २४ को महत्व

खबरडबली संवाददाता

काठमाडौं । २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले खोसेको प्रजातन्त्र २०४६ साल चैत २६ गते पुनःस्थापना भएको थियो ।

३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई घुँडा टेकाएको ऐतिहासिक आन्दोलनको स्मरण गर्दा चैत २४ गते राजधानीसहित देशका मुख्य मुख्य शहरमा भएको जनउभार र जनताको बलिदानीपूर्ण सहभागिताले निरंकुस पञ्चायति व्यवस्थाका शासकहरु घुँडा टेक्न वाध्य भएका थिए । प्रजातन्त्र पुनस्र्थापना भएको ३६ वर्ष हुँदैछ । यो अवधिमा धेरै राजनीतिक दलहरुले कार्यकारी सरकारको नेतृत्व लिए । तर जनताको आशा बमोजिम देशको उन्नति र विकास हुन सकेन ।

युग सुहाउँदो र दू्रत गतिमा विकास हुन नसक्दा आज पनि नागरिकमा उत्तिकै निरासा र आक्रोस छ । यसलाई संवोधन गर्न प्रजातन्त्र पक्षधर राजनीतिक दलहरुले दलीय स्वार्थभन्दा माथि उठेर देशको लागि केही गर्ने बेला आएको छ । जनताको सर्वोच्चतासहित देशमा वास्तविक लोकतन्त्रको प्रत्याभूति हरेक जनताले गर्न सकोस् भन्ने ध्येयका साथ जनआन्दोलनमा आम नागरिकहरु होमिएका थिए । तर उनीहरुको त्यो आशा अझै पुरा भएको छैन । अहिले देशमा ‘लोकतन्त्र आएको हो कि लुटतन्त्र आएको हो ?’ भनेर आमनागरिक राज्यमाथि नै प्रश्न गर्न थालेका छन् ।

देश भ्रष्टाचारले हसनहस पारेका घटनाहरु एक पछि अर्को गर्दै आइरहेका छन् । अहिले आम जनताहरु निराश भएका र जनताको निराशामा निकास र बदलावका लागि दलहरुले कार्यक्रम लिएर आउन सकेका छैनन् । ०४६ पछिका विभिन्न आन्दोलनको उपलब्धी संस्थागत हुन सकेको छैन । संविधान सभामार्फत जारी भएको संविधानले पनि जनता ठग्नेभन्दा बाहेक अर्को कुनै काम गर्न नसकेको उनले बताए । संविधानमा सबै चिज भएपनि जनताले केही पनि पाउन नसकेको उनको भनाइ छ । संविधानले धेरै छोटेराजा जन्माउने काम गरेको टिप्पणी गरे ।

नेताहरुले नेपाली जनतालाई ढाँट्ने र ठग्ने काम गरेको दाबी गर्दै उनले देशमा व्यप्त बेथिति, भ्रष्टाचार र कुसासनबिरुद्ध समाजका सबै वर्ग, लिंग, क्षेत्र र समुदायका व्यक्तिहरुले दलिय स्वार्थभन्दा माथि उठेर सुशासन र विकासका लागि एक पटक दबाबमुलक अभियान संचालन गर्नु पर्ने देखिन्छ । नेपाली जनताको अधिकारलाई स्थापित गर्नका निमित्त शान्तिको देश भनेर विश्वले चिन्नेको नेपालमा शान्तिपूर्ण र वैधानिक दबाबको खाँचो देखिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending