Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

केटा साथीको फेसबुक पोस्टमा कमेन्ट गर्दा प्रधानाध्यापकले कुटे विद्यार्थी

बालमैत्री गाउँपालिका घोषणा भएकाे दुई महिना नबित्दै विद्यार्थीमाथि हातपात

खबरडबली संवाददाता

झापा । झापाको कमल गाउँपालिकामा रहेको मङ्गलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । प्रधानाध्यापक बगालेले फेसबुक स्ट्याटसमा कमेन्ट गरेको निहुँमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

अर्को विद्यार्थीले फेसबुक पोस्टमा प्रधानाध्यापकको विषयमा आलोचना गरेर लेखेका थिए । त्यसमा आफूले ‘थोरै भएन र’ कमेन्ट गरेकी निर्जलाले बताइन् । मंगलबार स्कुलको अफिसमा प्रधानाध्यापक बगालेले खानेपानीको नालाले खुट्टामा कुटेको उनले बताइन् ।

कुटपिटबाट बालिकाको खुट्टामा नीलडाम छ । कुटपिटपछि प्रधानाध्यापक बगालेले निर्जलाको बुबालाई बोलाएर कागजमा साइन गर्न लगाएका थिए । कुटपिटमा संलग्न प्रधानाध्यापक बगालेले घटना बारेमा छलफल गर्न आफू इलाका प्रहरी कार्यालय दमकमा आएको बताएका छन् ।

कमल गाउँपालिकालाई दुई महिनाअघि मात्र बालमैत्री गाउँपालिका घोषणा गरिएको थियो । बालमैत्री भनिएको पालिकामै बालबालिकामाथि हिंसा भइरहेको देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अग्निपीडित परिवारलाई नगद हस्तान्तरण

भोजपुर । भोजपुरका दश अग्निपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । पीडितपरिवारलाई विदेशमा रहेका नेपालीबाट सङ्कलित रु दुई लाख ८३ हजार आठ सय १० हस...

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

रौतहट । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा पूर्व नदी पारी ट्रान्सफर चौक नजिक सरोज बैठा, नवल सहनी, दोरीक सहनीको घरमा आगलागी भएक...

‘सुस्वा’ अन्तर्गतका योजना प्रभावकारी बनाउन अन्तरक्रिया

सल्यान  । फिनल्यान्ड राजदुतावासका विशेष सल्लाहकार नेतृत्वको टोली र सल्यानको छत्रेश्वरी गाउँपालिकाका पदाधिकारी विच खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक...

सल्यानको लेखपोखरामा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

सल्यान । सल्यानको लेखपोखरामा विद्यार्थी र अभिभावकलाई उत्प्रेरक परामर्श गरिएको छ । शिक्षक र बिद्यार्थीको सम्बन्ध, पढाइ प्रतिको रुचि विकास, सहि संगत र व...

सूचना प्रविधि आर्थिक समृद्धिको नयाँ र उदीयमान क्षेत्रः मन्त्री शर्मा

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा आर्थिक समृद्धिको आधारको रुपमा लामो समयदेखि कृषि, जलस्रोत र पर्यटनलाई लिंइदै आएकोमा अ...

बलम्बुमा सडकमा पार्किङ गरी राखेको बसमा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका १२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्य...

३५ हजार ६११ मत गणना हुँदा रास्वपाले कटायो २ हजार

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको जारी मतगणना जारी रहेको छ । हालसम्म इलाममा ३५ हजार ६११ मत गणना भएको छ ।  ३५ हजार ६११ मत गणना हुँदा  एमाले उम्मेदवा...

इलाममा एमालेका सुहाङको निरन्तर अग्रता, करिब ५ हजार मतान्तरले अगाडि

इलाम  । इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना सकिएर देउमाई नगरपालिकाको एउटा वडासहत अन्तिम मत परिणाम आउँदा एमाले करिब ५ हजार मतले अग्रता बढाएको...

नेपाल चेम्बर अफ कमर्स र क्रोएसियबीच व्यवसायिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौंमा भएको ...

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’

रामेछाप ।  जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका–७ ओ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies