तनहुँ । तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ। जिल्ला न्यायाधीश आत्मदेव जोशीको मंगलबारको इजलासले सजाय निर्धारणमा अन्तिम आदेश सुनाउँदै अभियुक्त म्याग्दे गाउँपालिका-५ का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय गरेको हो।
साथै अभियुक्तबाट पीडितलाई एक लाख क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका से्रस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए। उक्त मुद्दामा तनहुँ जिल्ला अदालतमा आठ पटक पेसी तोकिएको थियो। परिवर्तित नाम २०७९ (१) लाई जबर्जस्ती करणी गरेको अभियोगमा निजविरुद्ध विसं २०७९ साउन २६ गते जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो।
आरोपितविरुद्ध बालिकाका आफन्तले २०७९ साउन १ गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए । आरोपितले २०७९ असार २९ गते पोखराकी उक्त बालिकालाई मोटरसाइकलमा तनहुँको भिमाद बजारमा ल्याई एक गेष्ट हाउसमा राखी बलात्कार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेका थिए।
प्रहरीले विकलाई साउन १ गते पक्राउ गरेको थियो। प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमाफत साउन २६ गते बलात्कारसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेकामा अदालतको आदेशमा साउन २७ गतेदेखि उनी पुर्पक्षका लागि थुनामा थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: