काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिनका लागि संसदीय समिति गठनको अडान कायमै राखेको छ । बुधबार संसद् बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले छानबिनबाट पुष्टि नहुँदै प्रधानमन्त्रीदेखि सांसद्हरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्दोष बनेकोमा आपत्ति जनाए ।
सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको संलग्नता रहेको दाबी गर्दै कांग्रेसले २४ फागुनदेखि नैतिकताका आधारमा राजीनामा माग गरिरहेको छ । त्यही अडान राख्दै महामन्त्री शर्माले भने, ‘‘प्रधानमन्त्रीले भन्नुभयो गृहमन्त्री निर्दोष हुनुहुन्छ । अरू सांसद्ले पनि भन्नुभयो उहाँ निर्दोष हुनुहुन्छ । अकबर र बिरबलको कथामा चोरको दाह्रीमा सिन्को भन्दा हत्तपत्त दाह्री छामेजस्तो गर्नुभयो प्रधानमन्त्रीदेखि अरूहरूले । यो किन गरे मलाई थाहा छैन । गृहमन्त्रीले पनि संयोग बस दाह्री पाल्नुभएको छ । दाह्री छाम्न हतार नगर्नुहोस् । गृहमन्त्रीलाई निर्दोष साबित गर्न पाउने हक छ, त्यो दिउँ । यसको लागि संसदीय छानबिन समिति बनाऔँ ।’’
२४ फागुनमा कांग्रेसले गृहमन्त्रीमा लामिछानेको नियुक्ति स्वार्थको द्वन्द्व हुने, आरोप लागेका व्यक्ति मन्त्रीमा रहन नहुने भन्दै विगतमा संसद् अवरुद्ध भएको र प्रधानमन्त्रीले हटाएको स्थापित सिद्धान्त देखाउँदै प्रधानमन्त्रीको जवाफ मागेको थियो । ६ चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरणमा लामिछाने कतै नजोडिएको भन्दै अनावश्यक उछालेर राजनीतिकरण गर्न नहुने जवाफ कांग्रेसलाई दिए पनि कांग्रेसले चित्त नबुझाएको हो ।
शर्माले सहकारी ठगी गरेर भागेर जीबी राई गृहमन्त्री लामिछानेकै सम्पर्कमा रहेको सूचना पाएको दाबी गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: