काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सहकारी घोटालाका विषयमा पार्टीले राखेको मागका विषयमा बेवास्ता गरेकाले सहकारी घोटाला प्रकरणमा गृहमन्त्रीको संलग्नता पुष्टि हुँदै गएको बताएका छन् । उनले गृहमन्त्रीको सहकारी घोटालामा कुनै संलग्नता नभएको भए संसदीय छानबिन समिति गठनमा समस्या मान्नुपर्ने कुनै कारण नभएको बताए ।
उनले यस्ता समितिहरू पहिला पनि बन्ने गरेको दाबी गर्दै यस्ता समितिलाई सरकारले सहजै मान्ने गरेको बताए । पूर्वअर्थमन्त्री महतले सहकारी घोटालामा संलग्नता नभएको भए समिति गठनमा समस्या मान्न नपर्ने बताए । ‘समस्या छ । समस्या भएकाले प्रकट भइरहेको छ । संसदीय समितिले दोषी ठहर गर्छ भन्ने सोचबाट उहाँहरू ग्रसित हुनुहुन्छ’, उनले भने, ‘भोलि जबरजस्ती संसदमा विधेयकहरू प्रस्तुत गर्ने कोसिस गरे नेपाली कांग्रेसको तर्फबाट पनि त्यहीखाले परिस्थिति सृजना गरिन्छ ।’
उनले जबरजस्ती संसद चलाउन खोजे अवरोधको परिस्थिति सरकारले नै सृजना गरेको ठहरिने बताए । कांग्रेस प्रवक्ता महतले आफूहरूको मागको बेवास्ता गर्दै गृहमन्त्रीलाई संसदमा उपस्थित गराए यसको प्रतिरोध गर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: