बाँके । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बाँकेको खजुरामा स्थापना गरेको छापाखाना लामो समयदेखि अलपत्र परेको छ । कर्णालीका विभिन्न जिल्लासँगै दुर्गममा पाठ्यपुस्तक वितरण गर्ने उद्देश्यले सरकारले २०६२ सालमा सो छापाखाना स्थापना गरे पनि सञ्चालन हुन नसक्दा छापाखानाका भौतिक पूर्वाधार खण्डहरमा परिणत हुन थालेका छन् ।
करिब चार बिघा क्षेत्रफलमा फैलिएको जनक शिक्षाको जग्गामा सरकारले २०६२ सालमा छापाखाना भवन र त्यसलगत्तै थप दुईवटा भवन निर्माण गरेको थियो । छापाखाना र गोदाम निर्माण भवन अहिले प्रयोगविहीन अवस्थामा जीर्ण बन्दै गएका छन् । छापाखाना सञ्चालनमा नआउँदा हरेक वर्ष शैक्षिक सत्रमा पाठ्यपुस्तक खपत गर्न कठिनाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड नेपालगञ्जका प्रमुख होमराज ढुङ्गेलले बताए ।
उनले सरकारबाट बजेट पाए खजुरामा रहेको छापाखाना चलाउन सकिने उल्लेख गरे । खजुरामा छापाखाना चलाउन सकिए लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका डिपोमा कम खर्च र समयमै पाठ्यपुस्तक ढुवानी गर्न सकिने उनको भनाइ छ ।
उनका अनुसार छापाखाना सञ्चालनका लागि विद्युत्लगायत सबै पूर्वाधार तयार भए पनि केन्द्रीय योजना नबनेका कारण सञ्चालन हुनसकेको छैन । केन्द्रको नेपालगञ्ज कार्यालयले बाँके, बर्दिया, दाङ, सल्यान, पूर्वी रुकुम, प्यूठान, हुम्ला र डोल्पा गरी आठ जिल्लामा पाठ्यपुस्तक पठाउँदै आएको छ । खजुराको छापाखाना सञ्चालनमा आए लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक पर्ने पुस्तक यहीँबाट छपाइ गरी पठाउन सकिन्छ ।
छापाखाना सञ्चालनको लागि फोर–कलर मेसिन खरिद, पर्खाल निर्माणलगायत पूर्वाधार निर्माण गर्न करिब १० करोड बजेट आवश्यक पर्ने उनको भनाइ छ । खजुरास्थित छापाखाना तत्काल सञ्चालनमा ल्याए पाठ्यपुस्तक अभाव समस्या समाधान गर्न सकिने उनले बताए ।
खजुराबासीले पटक–पटक जनक शिक्षा सामग्री केन्द्रको छापाखाना सञ्चालनको माग गर्दै आएका छन् । छापाखाना सञ्चालन हुँदा एक सयभन्दा बढीलाई रोजगारी दिनसक्ने क्षमता छ । विगतमा छापाखाना सञ्चालनको लागि पटक–पटक माग गरिएको खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।
“विकेन्द्रिकरणको सिद्धान्तलाई आत्मसाथ गर्न सके दुई महिनाभित्र छापाखाना सञ्चालन गर्न सकिन्छ”, खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष कक्षपतिले भने । काठमाडौँमा छापेका पाठ्यपुस्तक हरेक वर्ष लाखौँ रकम खर्चेर नेपालगञ्ज ल्याइ बाँकेसहित बर्दिया, दाङ, सल्यान, प्यूठान, पूर्वीरुकुम, हुम्ला, डोल्पालगायत जिल्लामा पाठ्यपुस्तक वितरण गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: