काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलामको क्षेत्र नम्बर २ मा चुनावी चहलपहल बढेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनका लागि विभिन्नदलहरुले चुनावी चहलपहल बढाएका हुन् ।
नेम्वाङको निधनपछि त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य रिक्त रहेको र ही पदका लागि वैशाख १५ गते मतदान हुन लागेको हो । नेकपा एमालेका नेता नेम्वाङको निधनपछि सोही विरासत थाम्न भन्दै एमालेले नेम्वाङकै छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । सुहाङ यतिबेला आफ्ना कुरा राख्दै मतदाताका घर घरमा पुग्न थालेका छन् ।
एमालेले उनलाई उम्मेदवार बनाएपछि पार्टीका कतिपय नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पनि जनाएका छन् । पार्टीभित्रै असन्तुष्टि व्यक्त हुन थालेपछि उनलाई पनि बुवाको विरासत जोगाउन निकै हम्मे पर्ने देखिएको छ । आफू युवावर्गमा पर्ने भएकाले अधिकांश युवा मतदाताले आफूलाई मत दिने तर्क उनले राख्दै आएका छन्।
माओवादी राजनीतिबाट उदाएका तथा पत्रकारिता क्षेत्रबाट आफ्नो परिचय बनाएका मिलन लिम्बु पनि चुनावी मैदानमा उत्रेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलको आधिकारिक घोषणा गरेपछि उनी पनि चुनावी मैदानमा होमिएका हुन् । उनी आफू इलामको ‘अर्ग्यानिक’ उम्मेदवार भएको बताउँछन्।
गत निर्वाचनमा एमालेका नेता सुवास नेम्वाङले जितेको सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खडकाले थोरै मतले हारेका थिए । यसअघिको निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन रहेको थियो भने अहिले अवस्था फरक छ । सबै दलका उम्मेदवार एक्ला एक्लै चुनावी मैदानमा होमिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा नेता लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको छ। अहिले पहिलाको जस्तो परिस्थिति नभएकाले आफ्नो उम्मेदवारले जित हासिल गर्नसक्ने आधारहरू तय भएका राप्रपाका नेताहरूको बुझाइ छ। रास्वपाका उम्मेदवार लिम्बूले एमाले र कांग्रेसको मत काट्ने स्थिति रहेको भन्दै राप्रपाका नेता तथा कार्यकर्ता हौसिएका छन्।
पहिचानवादी समूहका डेकेन्द्र थेगिम स्वतन्त्र उम्मेदवार बनेका छन्। एमाले र कांग्रेसको मतभार धेरै रहेको सो क्षेत्रमा थेगिमले पनि एमाले र कांग्रेसकै मत काटने आंकलन गरिएको छ।
केन्द्रमा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट धिरेन्द्र शर्मालाई उम्मेदवार सिफारिस भएका छन् । पार्टीको जिल्ला कमिटीले उनको एकल नाम प्रदेश कमिटीसमक्ष सिफारिस गरेको हो एकल नाम सिफारिस भएपछि उनी पनि चुनावको तयारीमा जुटेका छन् । उनी आफूलाई इलाम बुझेको मान्छे भनेर चित्रित गर्छन्।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवार छनोट गर्न आज कार्यसम्पादन समितिको बैठक आह्वान गरेका छन्। पार्टीको जिल्ला कार्यसमितिले भेषराज आचार्य, केशब थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्दम, चन्द्रमाया लिम्बु र शान्तिकला तामाङको नाम सिफारिस गरेको छ। आज बस्ने भनिएको कार्यसम्पादन समितिको बैठकले उम्मेदवार टुंगो लगाउने आंकलन गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: