Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

उपनिर्वाचनः इलाम २ मा दलले बढाए चुनावी चहलपहल, कांग्रेसको अझै टुंगो लागेन उमेदवार

खबरडबली संवाददाता

काठमाडौं ।  आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलामको क्षेत्र नम्बर २ मा चुनावी चहलपहल बढेको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनका लागि विभिन्नदलहरुले चुनावी चहलपहल बढाएका हुन् ।

नेम्वाङको निधनपछि त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य  रिक्त रहेको र ही पदका लागि वैशाख १५ गते मतदान हुन लागेको हो । नेकपा एमालेका नेता नेम्वाङको निधनपछि सोही विरासत थाम्न भन्दै एमालेले नेम्वाङकै छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । सुहाङ यतिबेला आफ्ना कुरा राख्दै मतदाताका घर घरमा पुग्न थालेका छन् ।

एमालेले उनलाई उम्मेदवार बनाएपछि पार्टीका कतिपय नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पनि जनाएका छन् । पार्टीभित्रै असन्तुष्टि व्यक्त हुन थालेपछि उनलाई पनि बुवाको विरासत जोगाउन निकै हम्मे पर्ने देखिएको छ । आफू युवावर्गमा पर्ने भएकाले अधिकांश युवा मतदाताले आफूलाई मत दिने तर्क उनले राख्दै आएका छन्।

माओवादी राजनीतिबाट उदाएका तथा पत्रकारिता क्षेत्रबाट आफ्नो परिचय बनाएका मिलन लिम्बु पनि चुनावी मैदानमा उत्रेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दलको आधिकारिक घोषणा गरेपछि उनी पनि चुनावी मैदानमा होमिएका हुन् । उनी आफू इलामको ‘अर्ग्यानिक’ उम्मेदवार भएको बताउँछन्।

गत निर्वाचनमा एमालेका नेता सुवास नेम्वाङले जितेको सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खडकाले थोरै मतले हारेका थिए । यसअघिको निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन रहेको थियो भने अहिले अवस्था फरक छ । सबै दलका उम्मेदवार एक्ला एक्लै चुनावी मैदानमा होमिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा नेता लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको छ। अहिले पहिलाको जस्तो परिस्थिति नभएकाले आफ्नो उम्मेदवारले जित हासिल गर्नसक्ने आधारहरू तय भएका राप्रपाका नेताहरूको बुझाइ छ। रास्वपाका उम्मेदवार लिम्बूले एमाले र कांग्रेसको मत काट्ने स्थिति रहेको भन्दै राप्रपाका नेता तथा कार्यकर्ता हौसिएका छन्।

पहिचानवादी समूहका डेकेन्द्र थेगिम स्वतन्त्र उम्मेदवार बनेका छन्। एमाले र कांग्रेसको मतभार धेरै रहेको सो क्षेत्रमा थेगिमले पनि एमाले र कांग्रेसकै मत काटने आंकलन गरिएको छ।

केन्द्रमा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट धिरेन्द्र शर्मालाई उम्मेदवार  सिफारिस भएका छन् । पार्टीको जिल्ला कमिटीले उनको एकल नाम प्रदेश कमिटीसमक्ष सिफारिस गरेको हो एकल नाम सिफारिस भएपछि उनी पनि चुनावको तयारीमा जुटेका छन् । उनी आफूलाई इलाम बुझेको मान्छे भनेर चित्रित गर्छन्।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवार छनोट गर्न आज कार्यसम्पादन समितिको बैठक आह्वान गरेका छन्। पार्टीको जिल्ला कार्यसमितिले भेषराज आचार्य, केशब थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्दम, चन्द्रमाया लिम्बु र शान्तिकला तामाङको नाम सिफारिस गरेको छ। आज बस्ने भनिएको कार्यसम्पादन समितिको  बैठकले उम्मेदवार टुंगो लगाउने आंकलन गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending