Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

मुख्यमन्त्री कार्यालय र प्रदेश खेलकुद विकास बोर्डबीच विवादः प्रशिक्षक नियुक्तिमा चलखेलको आशङ्का

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशको खेलकुद विकास बोर्डले गरेको प्रशिक्षक नियुक्तिमा चलखेल भएको आशङ्का गरिएको छ । केही दिन अगाडि मात्रै बोर्डले करार प्रशिक्षक नियुक्ति गरेको थियो । अनियमित तथा धाँदलिपूर्ण तरिकाले खेलकुद प्रशिक्षक छनोट गरिएको भन्दै उजुरी परेपछि मुख्यमन्त्री कार्यालयले सामाजिक विकास मन्त्रालयलाई छानबिन समिति गठन गरी प्रतिवेदन बुझाउन पत्राचार गरेको छ ।

सामाजिक विकास मन्त्रालयलाई लेखिएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८०।१२।१८ मा यस कार्यालयमा अनियमित तथा धाँधलीपूर्ण तरिकाले खेलकुद प्रशिक्षक छनोट गरिएको विषयको उजुरी परेको सन्दर्भमा तपसिल विषमा के भएको हो त्यहाँ मन्त्रालयबाट एक छानबिन समिति गठन गरी ७ दिन भित्रमा स्पष्ट राय प्रतिक्रियासहितको प्रतिवेदन पेस गर्न हुन आदेशअनुसार अनुरोध छ । साथै छानबिन प्रतिवेदन पेस भई अन्तिम कारबाही नटुंगिएसम्मका लागि सो विषयमा भएका÷गरेका काम कारबाहीहरू यथास्थितिमा राख्नहुन समेत अनुरोध छ ।’

परिषद्को कार्यालयले आइतबार सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्दै बोर्डले गरेको नियुक्ति प्रक्रियाको छानबिन गरेर प्रतिवेदन बुझाउन निर्देशन गरेको छ । १५ खेलका १७ प्रशिक्षक नियुक्तिको सबै प्रक्रिया अगाडि बढेपछि मुख्यमन्त्री कार्यालयले यस्तो निर्देशन दिएको हो । ११ जनाले भने नियुक्ति पत्र नै बुझिसेकेको बोर्डका सदस्य सचिव हंसराज वाग्लेले बताए । नियुक्ति प्रक्रिया नियमसङ्गत भएकाले आफूले गरेको निर्णयबाट पछि नहट्ने उनले बताए । ‘फुटवल खेलाडी दीपक लिम्बूलगायतका अन्य केही खेलाडीलाई प्रशिक्षक नियुक्ति गर्न दबाब दिएका थिए,’ वाग्ले भने, ‘प्रक्रियाबाट जो सुकै आए पनि भयो भनेर भनेको थिए । त्यसैलाई इगो बनाए ।’ दिपकको ठाउँमा सुनसरीका सुरेन्द्र तामाङलाई नियुक्त गरिएको छ ।

प्रदेश खेलकुद बोर्डलाई प्रशिक्षक नियुक्तिका लागि मन्त्री परिषद्को बैठकले नै २१ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । ४२ जनालाई ६ महिनाका लागि नियुक्त गर्न प्रदेश सरकारसँग ९६ लाख रुपैयाँ माग गरिएकोमा २१ लाख दिएपछि मासिक ३० हजार दिने गरी १५ खेलका १७ प्रशिक्षक करारमा नियुक्ति गरिएको वाग्लेको भनाइ छ ।

‘विज्ञसहितको समितिले छनोट गरेका प्रशिक्षकलाई नियुक्ति दिइएको हो । खेलकुद नबुझ्ने राजनीतिको फोहरी खेल गर्नेहरूले विरोध गरेका छन् । खेलाडिका पक्षमा राजनीति जस्तो फोहोरी खेल देखाएका छन् । कसलाई कहाँ के लहड चल्यो कुन कुन नेताका मान्छे परेनन् भनेर हुँदैन । कसले कसरी दबाब दिएका थिए । त्यो सबै रेकर्ड हामीले पनि राखेका छौं । छानबिन गर्ने भनेको अदालतले मात्रै हो,’ वाग्लेले भने । कसले दबाब दिएको भन्ने विषयमा भने सदस्य सचिव वाग्लेले केही खुलाउन चाहेनन् ।

उनले समावेशी तरिकाले ५ महिला प्रशिक्षक पनि छनोट गरिएको जानकारी दिए । तर सदस्य सचिव वाग्लेले प्रशिक्षक नियुक्तको प्रक्रिया सुरु गर्नु अगाडि नै प्रशिक्षकको नाम तयार गरेको अडियो समेत बाहिरिएको छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत थाहा पाउनु नहुने अडियोमा बताएका छन् । ‘खेलाडीहरू सबै तयारी राखेका छौं । यो ओलीले समेत थाहा पाउनु हुँदैन । धेरै मान्छेले थाहा पाए भने छनोटमा समस्या हुन्छ । हामीले मान्छे तयारी अवस्थामा राखेका छौं,’ उनले अडियोमा भनेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending