Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

पार्टी विवादले आत्महत्या गर्ने अवस्थामा पुर्‍याएको छः रेशम चौधरी

खबरडबली संवाददाता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले पार्टी विवादले आत्महत्या गर्ने अवस्थामा पुगेको दुखेसो गरेका छन् ।  आफूलाई आइतबार एउटा छलफलमा हत्या पनि हुन सक्छ भनेर धम्की आएको बताएका उनले पार्टीकै विवादले तनावमाथि तनाव थपिएको गुनासो गरेका हुन्।

समाचार संस्था ‘हिमालयन टेलिभ्वाइस’लाई अन्तरवार्ता दिँदै उनले  भने ‘पदीय लोलुपता धेरै भयो । पार्टी भित्र विवाद भयो । विवादले आत्महत्या गर्ने अवस्थामा पुगिसकेँ । पार्टीमा बाहिरबाट हस्तक्षेप भयो । अहिलेको सरकारले हाम्रो पार्टीमा हस्तक्षेप गर्यो । अब सरकारलाई समर्थन गर्नेहरूलाई छानाछानी कारबाही गरेर पार्टी शुद्धिकरण गछौँ । मैले बिरुवा रोपेँ । ठुलो बनाएँ । तर लाभ अरूले लिन खोजे ।’’

चौधरीले आफ्नो पार्टी वर्तमान सरकारले चलाइदिँदा समस्या उत्पन्न भएको बताउँदै पार्टीका नेताहरूलाई छानाछानी कारबाही गर्ने चेतावनी दिए । केन्द्रीय समितिको निर्णय मान्दिनँ भन्नेलाई कारबाही गर्ने उनले बताए । “२३ र २४ गते केन्द्रीय समितिको बैठक बोलाएको छौँ, त्यहाँ निर्णय हुन्छ । पार्टी अध्यक्ष र रेशम भन्ने हुँदैन । पार्टीको निर्णय नमान्ने जो कोही भए पनि कारबाही गर्छौँ” उनले भने ।

सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरूको बैठक सुरु हुनुअघि आफूमाथि रेशम चौधरीसँगै आएका व्यक्तिहरूले कुटपिट गरेको केन्द्रीय सदस्य रमेश विश्वकर्माको आरोप छ । आइतबार ज्यान मार्ने धम्की दिएको र सोमबार आफूहरूमाथि आक्रमण हुनुले असुरक्षा बढेको नेताहरुले बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending