Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

नेतृत्व विवादका कारण भट्टराई बन्धुको महाधिवेशनमा हात हालाहाल

खबरडबली संवाददाता

चितवन । भट्टराई कुल वंश प्रतिष्ठानको महाधिवेशनमा नेतृत्वको विवादले चर्को रूप लिँदा मञ्चमै भट्टराई बन्धुहरुबीच हात हालाहाल भएको छ । चितवनस्थित देवघाटमा आयोजना भएको महाधिवेशनका क्रममा मञ्चमै भट्टराई बन्धुहरुबीच हात हालाहाल भएको हो ।

प्रतिष्ठानको महाधिवेशन गत शुक्रवार र शनिवार चितवनस्थित देवघाटमा आयोजना भएको थियो । महाधिवेशनबाट यसअघिका अध्यक्ष दमकका शेरबहादुर भट्टराईले आफ्नो कार्यकाल दोहोर्‍याउन चाहेका थिए । उनलाई चुनौती दिँदै सुनसरीका दिनेशप्रसाद भट्टराईले पनि अध्यक्षमा दाबी गरेका थिए ।

अहिले उपाध्यक्ष घोषित भएका चितवनका राष्ट्रिय उपाध्यक्ष टीकाराम भट्टराईका अनुसार १ सय ७० सदस्यीय कार्यसमितिमा बस्न इच्छुकहरुबीच लिखित उम्मेदवारी र सहमतिमा आउने प्रतिबद्धता पेश गर्न भनिएको थियो ।  अध्यक्ष, सहअध्यक्ष, उपाध्यक्षसहित १४ पदाधिकारीसहितका इच्छुक भट्टराई बन्धुहरूले लिखित आकांक्षा व्यक्त गरे । उनीहरूका आकांक्षा संकलन गरेर निर्वाचन गराउने जिम्मेवारी युवराज भट्टराईको नेतृत्वमा रहेको निर्वाचनको मण्डलको थियो ।

१७ गते निर्वाचन मण्डलले लिखित आकांक्षा लिइसकेपछि नयाँ कार्यसमिति घोषणाअघि सातै प्रदेश संयोजकहरूसँग छलफल गरी सर्वसम्मत गराउने तयारी गरेको थियो । उक्त समिति घोषणाअघि छलफल हुँदाहुँदै निर्वाचन मण्डलले शेरबहादुरकै नेतृत्वमा तीन वर्षको कार्यसमिति प्रस्ताव गर्‍यो । त्यसपछि सुनसरीका दिनेशप्रसाद भट्टराई र दमकका दुर्गा भट्टराईलगायतले भौतिक प्रतिवाद गरेका हुन् ।

देवघाटको हरिकीर्तन दैविक धर्मशालाको हलमा भएको छलफलका क्रममा उनीहरू मञ्चमै चढेर निर्वाचन मण्डलका संयोजकको हातमा रहेको कागज थुतेर च्यातचुत पारिदिएका थिए । त्यसपछि दुई पक्षबीच हात हालाहाल भएको थियो ।

बागमती प्रदेश सहसचिव अग्नि भट्टराईले कागज आफूले च्यातेको भनेर सार्वजनिक रूपमै स्वीकारेको भट्टराई बन्धु समाज चितवनका अध्यक्ष लीलाधर भट्टराईले बताए । ‘विद्रोही’ टोलीले भने नेतृत्व हस्तान्तरणको माग गर्दा लफडा भएको दाबी गरेको छ । अन्त्यमा शेरबहादुरलाई नै अध्यक्ष घोषणा गरिएको छ । विद्रोही पक्षले पनि थप विवाद गर्न चाहेनन् । घटनालाई लिएर कतै उजुरबाजुर पनि गरिएको छैन ।

भट्टराई बन्धुहरुको महाधिवेशन हरेक तीन-तीन वर्षमा आयोजना हुन्छ । यसअघिको महाधिवेशन पोखरामा भएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending