Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

पँधेरोमा नुहाउन जाँदा हत्या भएकी सुनारको परिवारलाई राहतको माग

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पाल्पा रिब्दिकोट गाउँपालिकामा हत्या गरिएकी पद्मा सुनारको परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद गैरेले यही चैत १३ गते हत्या गरिएकी रिब्दिकोट गाउँपालिकास्थित खेया निवासी सुनारको परिवारको अवस्था अत्यन्त नाजुक रहेको भन्दै राहतको व्यवस्था गर्न माग गरेका हुन् ।

“पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकास्थित खेया निवासी १२ कक्षामा पढ्दै गरेकी १९ वर्षीया सुनारको यही चैत १३ गते बिहान ९ बजेतिर पँधेरोमा नुहाउन जाँदा एक जना व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनको कायरतापूर्वक हत्या गरियो । हत्यामा संलग्नलाई अहिले प्रहरीले पक्राउ गरेको छ । हत्यारा पत्ता लागेको छ । तर पनि परिवारले राहत पाउन सकेको छैन”, उनले भने । 

सुनारमाथि भएका जस्ता घटनाले समाजलाई अत्यन्त उच्छृङ्खल र निराशा पैदा गरेको बताउँदै उनले गरी खाने सुनारको परिवार अत्यन्त पीडामा रहेको उल्लेख गरे । “सरकारले पीडामा रहेको सुनारको परिवारलाई राहत हुने गरी केही व्यवस्थापन गरोस् भन्ने माग गर्न चाहन्छु, र यस्ता घटनालाई निरुत्साहित गर्नुपर्छ भन्नेतर्फ हामी सबैको ध्यान जानुपर्छ भन्नेतर्फ ध्यानाकर्षण गर्दछु”, उनले भने । 

सांसद गैरेले शनिबार आएको हावाहुरीका कारण तानसेन नगरपालिका कैलाशनगर निवासी २० वर्षीय भुवन सिङ्जालीको रुख ढलेर लाग्दा निधन भएकोप्रति दुःख व्यक्त गरे । सो घटनामा एक जना घाइते भएका थिए । 

हावाहुरीकै कारण पाल्पाको रिब्दिकोट गाउँपालिकामा मात्रै रु आठ लाख बराबरको अकबरे खुर्सानीका विरुवा नष्ट भएको र त्यसबाट हुने आम्दानी करिब रु आठ करोड बारबरको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

पाल्पाको रिब्दिकोटलगायतका गाउँपालिकामा सुन्तला खेतीयोग्य क्षेत्रमा हजारौँ सुन्तला र कागतीमा फूलमा क्षति हुँदा रु तीन करोड बराबरको आम्दानी गुमेको बताए । उनले सोही क्षेत्रमा काक्रो, बोडी, गोलभेँडा फर्सीलगायतका विरुवामा पनि क्षति हुँदा रु चार करोड बराबरको क्षति भएको उल्लेख गरे।

त्यसैगरी पाल्पाको तिनाउ, तानसेन, रैनादेवी छहरा, बगनासकालीलगायतका नगरपालिका र गाउँपालिकामा हावाहुरीले दर्जनौँ घर र विद्यालयका छाना उठाएको भन्दै उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । “विद्युत्का पोल ढलेका छन्, किसानले ठूलो मात्रामा क्षति बेहोर्नु परेको छ । पीडितहरुलाई सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गरोस”, उनले भने ।

एकातिर वन डढेलो तथा आगजनी र अर्कोतर्फ हावाहुरीसहितको वर्षाका कारण किसानले हरेक वर्ष समस्या भोग्नुपरेको उनको भनाइ छ । उहाँले सरकारले समयमै सम्भावित क्षतिको अनुमान गरी त्यसलाई न्यूनीकरण गर्ने, पीडितलाई तत्काल राहतको प्रबन्ध गर्न व्यवस्थित योजनाका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

सांसद मनिष झाले मधेसमा एसइई परीक्षामा भएको खुल्लापनलाई गहिरो गरी अध्ययन गर्न माग गरे । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending