काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पाल्पा रिब्दिकोट गाउँपालिकामा हत्या गरिएकी पद्मा सुनारको परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद गैरेले यही चैत १३ गते हत्या गरिएकी रिब्दिकोट गाउँपालिकास्थित खेया निवासी सुनारको परिवारको अवस्था अत्यन्त नाजुक रहेको भन्दै राहतको व्यवस्था गर्न माग गरेका हुन् ।
“पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकास्थित खेया निवासी १२ कक्षामा पढ्दै गरेकी १९ वर्षीया सुनारको यही चैत १३ गते बिहान ९ बजेतिर पँधेरोमा नुहाउन जाँदा एक जना व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनको कायरतापूर्वक हत्या गरियो । हत्यामा संलग्नलाई अहिले प्रहरीले पक्राउ गरेको छ । हत्यारा पत्ता लागेको छ । तर पनि परिवारले राहत पाउन सकेको छैन”, उनले भने ।
सुनारमाथि भएका जस्ता घटनाले समाजलाई अत्यन्त उच्छृङ्खल र निराशा पैदा गरेको बताउँदै उनले गरी खाने सुनारको परिवार अत्यन्त पीडामा रहेको उल्लेख गरे । “सरकारले पीडामा रहेको सुनारको परिवारलाई राहत हुने गरी केही व्यवस्थापन गरोस् भन्ने माग गर्न चाहन्छु, र यस्ता घटनालाई निरुत्साहित गर्नुपर्छ भन्नेतर्फ हामी सबैको ध्यान जानुपर्छ भन्नेतर्फ ध्यानाकर्षण गर्दछु”, उनले भने ।
सांसद गैरेले शनिबार आएको हावाहुरीका कारण तानसेन नगरपालिका कैलाशनगर निवासी २० वर्षीय भुवन सिङ्जालीको रुख ढलेर लाग्दा निधन भएकोप्रति दुःख व्यक्त गरे । सो घटनामा एक जना घाइते भएका थिए ।
हावाहुरीकै कारण पाल्पाको रिब्दिकोट गाउँपालिकामा मात्रै रु आठ लाख बराबरको अकबरे खुर्सानीका विरुवा नष्ट भएको र त्यसबाट हुने आम्दानी करिब रु आठ करोड बारबरको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
पाल्पाको रिब्दिकोटलगायतका गाउँपालिकामा सुन्तला खेतीयोग्य क्षेत्रमा हजारौँ सुन्तला र कागतीमा फूलमा क्षति हुँदा रु तीन करोड बराबरको आम्दानी गुमेको बताए । उनले सोही क्षेत्रमा काक्रो, बोडी, गोलभेँडा फर्सीलगायतका विरुवामा पनि क्षति हुँदा रु चार करोड बराबरको क्षति भएको उल्लेख गरे।
त्यसैगरी पाल्पाको तिनाउ, तानसेन, रैनादेवी छहरा, बगनासकालीलगायतका नगरपालिका र गाउँपालिकामा हावाहुरीले दर्जनौँ घर र विद्यालयका छाना उठाएको भन्दै उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । “विद्युत्का पोल ढलेका छन्, किसानले ठूलो मात्रामा क्षति बेहोर्नु परेको छ । पीडितहरुलाई सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गरोस”, उनले भने ।
एकातिर वन डढेलो तथा आगजनी र अर्कोतर्फ हावाहुरीसहितको वर्षाका कारण किसानले हरेक वर्ष समस्या भोग्नुपरेको उनको भनाइ छ । उहाँले सरकारले समयमै सम्भावित क्षतिको अनुमान गरी त्यसलाई न्यूनीकरण गर्ने, पीडितलाई तत्काल राहतको प्रबन्ध गर्न व्यवस्थित योजनाका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद मनिष झाले मधेसमा एसइई परीक्षामा भएको खुल्लापनलाई गहिरो गरी अध्ययन गर्न माग गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...




प्रतिकृया लेख्नुहोस्: