Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकबाट साझा धारणा बनाउनु पर्छ- नेता महर

खबरडबली संवाददाता

काठमाडौं । मुलुकमा विद्यमान समस्याको निकासका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेर साझा एजेण्डा तय गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको धारणा छ ।

आज काठमाडौंको नयाँ बानेश्वरमा शिक्षक संघ संगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर अहिलेको परिस्थितिबाट मुलुकलाई कसरी निकास दिने भन्ने विषयमा छलफल गर्नुपर्ने बताए ।

'सांसदले संसदमा उठाउने कुरा पार्टीलाई जानकारी नै नहुने हो भने पार्टीले त्यसको भारी बोक्न सक्दैन। मुलुक संवेदनशील अवस्थामा छ। यस्तो अवस्थामा मुलुकलाई निकास दिन पार्टीको संसदीय दल र केन्द्रीय समितिको साझा धारणा हुनुपर्छ। र, त्यही धारणालाई बोकेर हामी जनतामाझ जानुपर्छ,' उनले भने ।

वर्तमान सरकारले सुशासनको दाबी गरिरहेको भए पनि भनाइ र व्यवहार ठ्याक्क विपरीत रहेको महरको आरोप छ। 'सरकारले सुशासनको कुरा गरिरहेको भए पनि त्यो व्यवहारमा देखिँदैन। सहकारी ठगीको आरोप लागेका व्यक्तिलाई गृहमन्त्री बनाएर देशका प्रधानमन्त्री नै उनको बचाउमा उभिनु भएको छ। त्यो मुलुकका लागि लज्जाको विषय हो,' महरले भने ।

सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपी रहेको र उनलाई नै गृहमन्त्रालयको जिम्मेवारी दिइसकेपछि अनुसन्धान प्रभावित हुने कुरामा दुईमत नभएको महरको दाबी छ । 'जनतामा भ्रम छरेर रवि जी पानीमाथिको ओभानो हुन खोज्दै हुनुहुन्छ । उहाँको गलत चरित्रको ढाकछोपमा प्रधानमन्त्री नै लाग्नु भएको छ। सहकारी ठगको हातमा गृह मन्त्रालय बुझाउँदा उनीमाथि निष्पक्ष छानबिन हुन्छ भनेर कसरी विश्वास गर्ने?,' महरले भने ।

संसदभित्र कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्रीमाथि छानबिन गर्न आवाज उठाएकोमा प्रतिपक्षीको आवाजलाई बेवास्ता गर्न खोज्नुले पनि सरकारको पारदर्शितामा ठूलो प्रश्न चिन्ह खडा भएको महरले बताए ।

'यस्तो अवस्थामा कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बसेर हामीले साझा धारणा बनाउनुपर्छ भन्ने मेरो माग हो। बैठकले के कस्ता एजेण्डा ल्याउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा साझा रणनीति तय गर्नुपर्छ,' उनले भने ।

जनतासामु कांग्रेसले आफ्ना एजेण्डा कसरी प्रस्ट पार्ने भन्नेमा नै अहिले अन्यौलता देखिएको उनले बताए। यस्तो अवस्थामा केन्द्रीय समिति बैठक बस्न नसक्नु दुखद भएको महरको भनाइ छ ।

१४ औ महाधिवेशन पछि  पार्टीका पाँच जना पदाधिकारी पाँचतर्फ फर्किनु भएको छ। सत्ताबाट बहिर्गमन हुनु प्रधानमन्त्री प्रचण्डले बईमानी गरेको भनेर मात्रै पुग्दैन । पदाधीकारीहरुले आफु पनि चुकेको हो कि भनेर आत्मसमिक्षा नगर्ने ? महर प्रश्न गरे ।

पदाधिकारीका नाममा आजसम्म उहाँहरूको भूमिका र गतिविधि खासै प्रभावकारी देखिएको छैन। उहाँहरू पार्टी र सदनमा पनि खरो रूपमा प्रस्तुत हुन नसक्दा आसातित उपलब्धि भएको छैन । पार्टीका गतिविधिहरूलाई पनि प्रभावशाली रूपमा प्रस्तुत गर्ने भूमिका देखाउनु भएको छैन,' महरले भने ।

कांग्रेसले अहिले सत्ताका लागि र्‍याल काट्न नहुनेसमेत महरले बताएका छन्। उनले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै कांग्रेसले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउने भूमिका खेल्नुपर्ने धारणा राखेका छन्। पार्टीको घोषणापत्रमा उल्लेख कुरालाई सार्थक बनाउन यतिबेला कांग्रेस केन्द्रित हुनुपर्ने उनले बताए। यत्तिमात्र गर्ने हो कांग्रेसलाई २०८४ मा बहुमत ल्याउन कसैले रोक्न नसक्ने महरको धारणा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

बस्नेतको बाह्रबिसे कदम टिकट सुरक्षित गर्ने रणनीति कि दबाबको राजनीति ?

सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...

नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने दोस्रो चरणको तयारी हुँदैछः एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...

समानुपातिकतर्फको बन्द सूची आजदेखि पेस हुँदै, आयोगको तयारी पूरा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...

आगोको रापबाट व्यवसायतर्फ : आरानमै जीवन बिताएका ताराबहादुरको संघर्ष कथा

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending