Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

ओखलढुंगाकी शान्ति बनिन् मध्यपूर्वकै पहिलो महिला ‘हेभी बस’ चालक

खबरडबली संवाददाता

काठमाडौं । ओखलढुंगाकी शान्तिकुमारी भण्डारीले मध्यपूर्वकै पहिलो महिला ‘हेभी बस’ चालकको कीर्तिमान आफ्नो नाममा लेखाएकी छन् । सन् २०१५ मा भिजिट भिसामा दुबई पुगेकी उनी ब्यूटिसियन, ट्याक्सी चालक हुँदै अहिले डबल-डेकर (दुई तले)बस चालक बनेकी हुन् ।

उनी दुबईमा दुईतले बस चलाउँछिन् । दुबईले आफ्नो सीटीमा पर्यटकलाई घुमाउन दुई तले बसको प्रयोग गर्दै आएको छ । सेतो सर्ट, कालो पाइन्ट कालो चस्मा हुलियामा देखिने उनले सोही बस चलाउँदै आएकी छन् ।

सन् २०१५ मा यूएई छिरेकी उनले सुरूमा न्यूनतम तलबमा ब्यूटिसियनबाट वैदेशिक रोजगारी सुरू गरेकी थिइन् । शान्तिले यूएईको लाइसेन्स पाउन एक यातायात कम्पनीमा स्कूल बस सुपरभाइजरको काम रोजिन् । उनले सन् २०१७ मा सानो सवारीको लाइसेन्स प्राप्त गरिन् र अल गजल यातायातको ट्याक्सी चालकको रूपमा आबुधावीमा नयाँ रोजगारी थालिन् ।

उनले ४ महिनादेखि उक्त बस चलाउन थालेकी हुन् । उनले मध्यपूर्वमा हेभी बस चालक अनुमति प्राप्त गर्ने पहिलो नेपाली महिला भएको खबरले गर्व लागेको सुनाइन् । आबुधावीकै सीटी बस चलाउन आवेदन दिए पनि कम्पनीको पोलिसी र स्थानीय नीतिका कारण अवसर पाउन नसकेकी शान्तिले पर्यटक बोक्ने बीग बस कम्पनीमा आवेदन दिएकी थिइन् । त्यसमा भने उनी सफल भइन् ।

महिला भएको कारण सुरुमा डबल डेकर बस चालक स्वीकार गर्न बिग बसले अस्वीकार गरे पनि मध्यपूर्वका क्षेत्रीय निर्देशक माइकल लीसको साथ सहयोगले सम्भव भएको उनी सुनाउँछिन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending