Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

नेपालगञ्ज भन्सारमा राजस्व सङ्कलन वृद्धि

खबरडबली संवाददाता
बाँके । नेपालगञ्ज भन्सार नाकामा चालु आर्थिक वर्षको फागुनसम्म राजस्व सङ्कलन वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा सोही अवधिमा राजस्व सङ्कलन एक दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो ।
 
गत आवको फागुनसम्ममा रु ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा रु ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार राजस्व सङ्कलन भएको भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिए । चालु आवको आठ महिनामा रु सात करोड ८९ लाख ९५ हजार बराबरको सामान बरामद भएको छ । गत वर्षको सोही अवधिमा रु दुई करोड १५ लाख ६३ हजार बराबरको सामान बरामद भएको थियो ।
 
फागुनसम्मको लक्ष्य रु १८ अर्ब ७७ करोड ४८ लाख २९ हजार रहेकामा ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार राजस्व सङ्कलन भएको अधिकृत विश्वकर्माले बताए । विश्वकर्माका अनुसार लक्ष्यको ६१ दशमलव ७४ प्रतिशत राजस्व सङ्कलन भएको छ ।
 
उनका अनुसार चालु आवको फागुनसम्ममा रु ४६ अर्ब १७ करोड बराबरको सामान आयात आएको छ । गत वर्ष सोही अवधिमा रु ४३ अर्ब ३० करोड बराबरको सामान आयात भएको थियो । त्यसैगरी समीक्षा अवधिमा रु एक अर्ब ५६ करोड बराबरको सामान निर्यात भएको छ भने गत वर्ष सोही अवधिमा रु एक अर्ब ५७ करोड बराबरको सामान निर्यात भएको थियो । 
 
यो वर्ष भारतबाट मात्रै ९२ दशमलव ८७ प्रतिशतले सामान आयात भएको छ । बाँकी चीन, इन्डोनेसिया, मलेसियालगायत अन्य देशबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । यसै वर्ष भारतमा ९९ दशमलव ०७ प्रतिशत सामान निर्यात भएको छ । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार यात्रु शाखाबाट दैनिक दुई लाख राजस्व सङ्कलन हुने गरेको छ ।
 
सबैभन्दा धेरै आयल निगमबाट राजस्व सङ्कलन हुने गरेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए । उनका अनुसार ५१ प्रतिशत राजस्व सङ्कलन आयल निगमबाट हुने गरेको छ ।
 
चालु आवको चैत महिनाको राजस्वको लक्ष्य रु दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार रहेकोमा चैत १७ गतेसम्म रु ८० करोड १० लाख ३३ हजार राजस्व सङ्कलन भइसकेको छ । यो लक्ष्यको ३२ दशमलव ६९ प्रतिशत हो । 
 
प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार पेट्रोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पिना, एमएस बिलेट, अलकत्रा, फलामे पत्रु र तयारी कपडालगायतका सामग्री राजस्व आउने प्रमुख मालवस्तु हुन् । नेपालबाट जडीबुटीलगायतका वस्तु भारततर्फ निर्यात हुने गरेको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किएभमा रूसी आक्रमण, ३० जनाको मृत्यु

युक्रेन। युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या कम्तिमा ३० जना पुगेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले र...

द्वन्द्वका कारण लाखौँ लेबनानी बालबालिकाको एक शैक्षिक वर्ष नै हराउने जोखिम : युनिसेफ

बेरुत। युद्धले क्षतिग्रस्त भएका लगभग एक लाख लेबनानी बालबालिका अध्यनरत रहेका लेबनानका विद्यालय आगामी सेप्टेम्बरसम्म मर्मत नगरे उनीहरुको एउटा शैक्षिक वर...

स्रोतमै वर्गीकरण गरी फोहर व्यवस्थापन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ ।  कामपा वाताव...

कृत्रिम इन्धन अभाव गराउने पेट्रोल पम्पलाई १० लाखसम्म जरिबाना, १५ दिन आपूर्ति बन्द गरिने

काठमाडौं । बिना कुनै उचित कारण पेट्रोल पम्प बन्द गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। उद्योग, वाणि...

मोड्रिकलाई भावुक बिदाइ, प्रशिक्षकहरूबाट उच्च सम्मान

क्यानडा। क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिएको छ। पोर्चुगलसँग २–१ ले पराजित भएपछि ४० वर्षीय मोड्रिकल...

एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।  राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...

सुन प्रतितोला सात हजार २०० र चाँदी १६५ ले बढ्यो

काठमाडौँ। स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु सात हजार २०० र चाँदीको मूल्य प्रतितोला रु १...

अल्जेरियालाई २–० ले हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ...

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गर...

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending