भाद्र १३ गते, २०७२ शनिवार 29th August, 2015 Sat१४:००:१४ मा प्रकाशित
भारत । भारतीय हिन्दू तिर्थालूहरुको एक सुप्रसिद्ध तीर्थाटनका रुपमा रहेको कुम्भमेलामा भारतका लाखौँ हिन्दू तर्थालू सहभागी भएका छन् ।
हिन्दू तीर्थालूहरुले एक सुप्रसिद्ध एवम् पवित्र नदी गोदावारीको किनार नासिकमा हरेक १२ वर्षमा लाखौँ लाख नागरिक जम्मा भएर मेला भर्ने गर्छन् ।
विशेषगरी इलाहावाद, हरिद्वार एवम् सरस्वती नदीमा पनि आजकै दिन तीर्थालूहरुले स्नान गर्ने गर्छन् । यस स्नानलाई हिन्दू धर्माबलम्बीहरुले आफ्नो जिवनकै एक पवित्र एवम् महत्वपूर्ण स्नानका रुपमा लिने गर्छन् ।
यसरी यी नदीहरुमा नुहाउदा १२ वर्षसम्मको पाप पखालिन्छ भन्ने विश्वास उनीहरुमा रही आएको छ । हिन्दू तीर्थालूहरुमा यस्तो विश्वास रहेको बताइन्छ । त्यसैले हरेक १२ वर्षमा भरिने यस मेलालाई हिन्दू तीर्थालूहरुको सबैभन्दा धेरै श्रद्धालूहरु जम्मा हुने मेलाका रुपमा लिइन्छ ।
ती स्थानमा जम्मा हुने लाखौँ लाख व्यक्तिमा भागदौड मच्चिनुका साथै भीडभाडका कारण भारतमा वर्षेनी नागरिकको ज्यान जाने गर्दछ । यसअघि पनि सन् २००३ मा नासिकमा भएको भागदौडमा परी कम्तीमा पनि ४० जना व्यक्तिको ज्यान गएको थियो ।
त्यसैले यस पटक भने आयोजकहरुले निकै राम्रो सुरक्षा प्रबन्ध मिलाएका थिए । शनिबार पूर्णिमाको तिथिमा भरिने यस मेलाका लागि स्थानीय सरकारले निकै राम्रो सुरक्षा प्रबन्ध गरेको बताइएको छ । जसका कारण शनिबार बिहानैदेखि यो मेला सुरु भएको छ र शान्त खल्बलिएको अवस्था नरहेको प्राप्त समाचारमा जनाइएको छ ।
सो मेला नुहाउनका लागि दशौँ हजार व्यक्ति लाम लागेर बसेका हुन्छन् । उनीहरुका बीचमा आउने कुनै योगीले सिक्का फाल्ने र त्यो सिक्का भेट्ने व्यक्ति भाग्यमानी हुने भनी घोषणा गरेपछि तीर्थालूहरुका बीचमा भागदौड मच्चिने गर्दछ ।
यसले गर्दा ती तीर्थालूहरुमा भागदौड मच्चिई किचिएर मृत्यु हुने गरेको बताइन्छ । तर शनिबार भने यी सबै क्रियाकलापहरुमा सुरक्षाकर्मीहरुले विशेष चासो राखिरहेका बताइन्छ ।
काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...
काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...
काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ ।
अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...
काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...
काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...
काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...
भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् ।
...
दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...
प्रतिकृया लेख्नुहोस्: