Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

मेचीनगरमै तीन सय ३७ प्रजातिका चरा, ‘बर्ड सेञ्चुरी’ घोषणा गर्न माग

खबरडबली संवाददाता

झापा । चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले मेचीनगरलाई चरा संरक्षण क्षेत्र (बर्ड सेञ्चुरी) घोषणा गर्नुपर्ने माग गरेकाछन् । नगरभित्र तीन सय ३७ प्रजातिका चरा पाइने र दुर्लभ मानिएका चरासमेत ठूलो सङ्ख्यामा यही क्षेत्रमा भएकाले ‘बर्ड सेञ्चुरी’ घोषणा गर्न आवश्यक रहेको उनले बताए ।

रिडर्स झापाले पर्यटन कार्यालय काँकरभिट्टाको सभाहलमा शनिबार आयोजना गरेको ‘चरी चर्चा’ कार्यक्रममा बोल्दै उनले स्थानीय सामुदायिक वनद्वारा संरक्षित बाँसबारी र कालिका सिमसार क्षेत्रलाई एकीकृत गरी ‘बर्ड सेञ्चुरी’ निर्माण गर्न सकिने र त्यसबाट पर्यटक आकर्षण बढ्ने बताए ।

नेपालबाट लोप भइसकेको घोषणा गरिएको हङरायो (हर्नबिल) चरा इलाममा खोजेर विश्वभर चर्चा पाएको मेचीनगर–७ निवासी खरेलले मेचीनगर वडा नं १५ मा दुर्लभ हरित परेवा रहेको पत्ता लगाएका थिए । ढुकुर प्रजातिको यो चरा मेचीनगरबाहेक नेपालमा अन्यत्र पाइएको छैन ।

उनका अनुसार नेपालमा पाइएका सातै प्रकारका चिबे र पाँचै प्रकारका रुप्पी मेचीनगरमा पाइएको छ भने नेपालमा पाइएका चार प्रजातिका धनेश चरामध्ये हङरायोबाहेक तीनवटा प्रकार यहीँ भेटिएको छ । अतिसङ¬्कटापन्न अर्थात् दुर्लभ चरामध्ये ठूलो बगर बट्टाई, हरित परेवा, पेटकैले कोइली, बगाले बगेडी, कालोटाउके बगेडी, कालो टाउके बिरहीचरी, ठूलो माकुरी चरी, प्याजीकाने बुङ¬्गेचरा र कानकैले बगेडी मेचीनगरमा पाइएका छन् ।

नेपाल र भारतकै सबैभन्दा सानो मानिएको आठ सेमी छोटो रातोठुँडे पुष्पकोकिल र एक सय २० सेमी लामो भुँडीफोर गरुड चरा मेचीनगरमै रहेको उहाँले सप्रमाण पुष्टि गरेको छ ।

मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्षसमेत रहेका उनले चराको खोजीमा लाग्दाको अनुभव, चराको परिचय र महत्वबारे चर्चा गरेका थिए। उनले ‘मेचीनगरलाई के कुराले चिनाउँछ’ भनेर छोरीले सोधेको साधारणजस्तो लाग्ने प्रश्नबाट प्रभावित भएर चराबाटै नगरको पहिचान दिलाउने अभियानमा होमिएको बताए ।

यस क्षेत्रमा लाग्न सरकारी र संस्थागत रूपमा उल्लेख्य आर्थिक प्रोत्साहन नभए पनि व्यक्तिगत रूपमा ठूलो लगानी गरेर टाढैबाट सटिक तस्वीर खिच्न सक्ने शक्तिशाली लेन्सयुक्त क्यामरा किन्ने गरेको र मिडिया जगत्ले धेरै माया गरेर संसारभर चिनाएको उनले बताए।

परिवारबाट राम्रो सहयोग पाएको जनाउँदै उनले चरालाई नमार्न आग्रह गरे । कार्यक्रमको सुरुआतमा रिडर्स झापाकी सदस्य सञ्जु साम्पाङले विषय प्रवेश गराउँदै चरा संरक्षण अभियानबाटै खरेलले नेपालको नाम उँचो पारेकी बताएकी थिइन् ।

कार्यक्रम हात्ती संरक्षण अभियन्ता शङ्कर लुइँटेलले हात्ती र चराबीच गहिरो सम्बन्ध रहेको बताए । हात्ती हिँड्ने मार्गलाई चराचुरुङ्गीले पछ्याउने गरेको र गाईवस्तुको वरिपरि दिनभर चर्ने बकुल्ला, रुप्पीलगायतका चराबारेमा उनले चर्चा गरेका थिए

नेपालमा आठ सय ८६ प्रजातिका चरा रहेकामा आफूले नै हरित परेवा नामक नयाँ चराको खोजी गरेर मुलुकमा पाइने चराको सङ्ख्या आठ सय ८७ पुर्याएको उनले जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending