काठमाडौं । शिक्षा मन्त्री सुमना श्रेष्ठले विद्यार्थी सङ्गठनहरुसँग छलफल गरेकी छन् । विभिन्न सरोकारवालाहरूसँग छलफल गर्ने क्रममा शनिबार विद्यार्थी सङ्गठनहरूसँग छलफल गरिएको हो।
छलफलमा विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूबाट विद्यार्थीहरूले भोगिरहेका समस्या र समाधानका उपायबारे शिक्षामन्त्रीले सुझाव मागेकी थिइन्। समग्र शिक्षा प्रणालीको रूपान्तरण र विश्वविद्यालयमा विद्यार्थीको शैक्षिक जीवन सुधार गर्नका लागि मन्त्रालयको भूमिकाबारे छलफल भएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा,अनेरास्ववियुका अध्यक्ष समिक बडाल,अखिल क्रान्तिकारीका इन्द्र भुसाल र पवन कार्की, अनेरास्ववियूका नरेश न्यौपाने, समाजवादी विद्यार्थी युनियनका रमेश यादव, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका हिमांशु, लोकतान्त्रिक विद्यार्थी सङ्गठनका समर साह, राप्रविसंका मदन शाही लगायत सहभागी थिए।
छलफलमा विद्यार्थी सङ्गठनहरूले शिक्षामन्त्रीलाई विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था परिमार्जन गर्न, राजनीतिक भागबन्डा बन्द गर्न, विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डर लागू गर्न, निःशुल्क विद्यालय शिक्षा कार्यान्वयन गर्न, निजी विद्यालयहरूमा छात्रवृत्ति र शुल्क अनुगमन गरी समान शिक्षा लागु गर्न सुझाव दिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: