Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

प्रयोग विहीन भयो पाँच करोडमा बनेको शीतभण्डार

खबरडबली संवाददाता

नवलपरासी। पश्चिम नवलपरासीको सुस्तामा पाँच करोड लागतमा निर्माण गरिएको शीतभण्डार (चिस्यान केन्द्र) प्रयोगविहीन भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–४ नर्सहिमा निर्माण गरिएको शीतभण्डार प्राविधिक समस्याले प्रयोगविहीन भएको हो ।

सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनरायण उपाध्ययले उक्त शीतभण्डारमा केही प्राविधिकतर्फको काम बाँकी रहेकाले प्रयोगमा नआएको बताए । “शीतभण्डारलाई ठेकेदारले निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरे पनि भित्र तथा बाहिरका केही प्रविधिक काम अधुरा छन् ।” शीतभण्डार भित्र राखिने काठ (भुइँमा काठ बिछ्याइएको) नभएकाले प्रयोगमा ल्याउन तत्काल नसकिएको उनको भनाइ छ ।

उक्त काठ नराखेमा भण्डारण गरिएका आलु, प्याज तथा फलफूलहरु कुहिने भएकाले अहिलेसम्म सञ्चालनमा नआएको अध्यक्ष उपाध्ययले बताए । विद्युत् नभएको, सुरक्षाको दृष्टिकोणले गार्ड बस्ने कोठा, तारबार तथा पर्खाल कम्पाउण्डलगायतका काम बाँकी रहेकाले सञ्चालनमा ढिलाइ भएको उनको भनाइ छ ।

अध्यक्ष उपाध्ययका अनुसार उक्त शीतभण्डारमा एक हजार मेट्रिकटनसम्म भण्डारण गर्न सकिन्छ । अहिले पाँच सय मेट्रिकटनबाट सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए । “शीतभण्डारलाई यही चैत मसान्तभित्र सञ्चालन गर्ने तयारी गरिरहेका छौँ । सके किसानलाई सञ्चालन गर्न भन्ने हो, सकेनन् भने सहकारीमार्फत वा सूचना निकालेर कुनै संस्थालाई जिम्मेवारी दिनेछौँ ।”

लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त शीतभण्डारमा अहिले पनि ३५ लाखको भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए । सञ्चालनका लागि बाँकी प्राविधिक तथा केही पूर्वाधार निर्माण भइरहेको उनको भनाइ छ ।

भुसालका अनुसार निर्माण कम्पनीले शीतभण्डार सम्पन्न गरेर करिब तीन वर्षअघि नै गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । तीन वर्षअघि सम्पन्न भएको उक्त शीतभण्डार सञ्चालनमा आउन नसकेपछि स्थानीय किसानलाई समस्या हुँदै गएको बताउँछन् । यहाँका केरा उत्पादक र अन्य किसानलाई कृषिजन्य उत्पादन भण्डारणमा चुनौती थपिएको केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए । किसानका लागि निर्माण गरिएको शीतभण्डार तत्काल सञ्चालनमा आउनुपर्ने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

सरकार–हिन्दु सम्राट वार्ता निष्कर्षविहीन, सहमति खोज्न पुनः संवाद हुने

जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...

चुलोमा पेट्रोल हाल्दा आगो भड्कियो, कालीकोटमा दम्पती गम्भीर घाइते

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending