काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासँग छलफल गरेको छन् । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि पार्टीको उम्मेदवार घोषणा गर्न इलाम पुगेका रास्वपा सभापति समेत रहेका लामिछानेले त्यहाँका स्थानीयसँग कुराकानी गरेका हुन्।
गृहमन्त्री लामिछानेलाई स्थानीय सीमा क्षेत्रमा रहेका चौकीका भवन जीर्ण, जनशक्तिको अभाव, सीमा क्षेत्रका नागरिक भारतीय बजारमा आश्रित हुनुपर्ने तर, एक बोरा चामल र एक केजी चिनी ल्याउन नपाइने अवस्था रहेको गुनासो गरे।
‘सुन्दर इलाम बाटोको अवस्था, बाँदर आतंक, कोशी प्रदेश नामकरण खारेज गर्नु पर्यो, नत्र जातीय द्वन्द्व बढ्नसक्ने, सम्पूर्ण उत्पीडित क्षेत्र र वर्गले न्याय पाउन्। उनीहरुले सहेका कारण मात्र यो देशमा शान्ति रहेकाले सहअस्तित्व स्वीकार्न सक्नुपर्ने माग राखेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
स्थानीयका कुरा सुनेपछि गृहमन्त्री लामिछानेले धेरै समस्या र माग विगतमा कामै भएन कि प्राथमिकताअनुसार भएन गम्भीर समीक्षा गरेर अघि बढ्ने बताए। उनले भने, सबैको एक–एक होइन, एक–एकका सामुहिक (साझा) ऐजेण्डामा पहिला काम गरौं। सामाजिक न्याय, पूर्वाधार विकास, समृद्धि आदि मुद्दा साझा हुन्। यसमा दलीय खिचातानी हुनु हुँदैन। बैकिङ कार्ड चल्छ भने २५ हजार मात्रै ल्याउने पाउने कुराले धेरै समस्या नहोला, कि नागरिकले दुःख पाउने, तस्करले फाइदा लिने बिगतको अभ्यास अब सहिन्न। नागरिकको सुरक्षा र तस्करी नियन्त्रणमा गम्भीर छौं । आत्महत्या यहाँको ठूलो समस्या हो, विस्तृत अध्ययन गरेर काम गर्नुपर्छ।
चुनाव र भोट बैंकको हिसाब गर्ने हो भने त कही काम नुहने उनको भनाइ छ । उनले भने,’ वडाध्यक्ष र प्रधानमन्त्रीलाई गर्ने माग र प्रश्न एउटै हुन्छ। किनकि, तत्तत् निकायले नागरिकका समस्या/गुजासो सुनेनन्। यसमा सुधार गर्नुपर्छ। सरकले दुधको भुक्तानी पठाउन सुरु गरेको छ। अवैध आयात नियन्त्रणमा काम भइरहेको छ। अन्य मुलुकका अखाद्य बस्तुले बजारले भरिने, हाम्रा किसान मारमा पर्ने अवस्थाको अन्त्यमा सरकारले काम गर्छ।’
सीमा क्षेत्रमा देखिएका समस्या समाधानमा दुई पक्षीय प्रयास हुने आश्वास दिए। उनले थपे, पशुपति नगरमा भारतीय अध्यागमन अफिस र दसगजामा भौतिक संरचना निर्माणबारे भारतीय राजदूतसँगको भेटमा कुराकानी भएको छ।
यस्तै, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पनि काम गरेनौं भने अर्को पुस्ताले माफ नदिने बताए।
उनले भने, खेलकुदका विकृति अन्त्य गर्ने प्रयासमा छौं। खेलाडीले सेवा–सुविधा नपाउने, अरुले तर मार्ने प्रवृति रहेछ अन्त्य गर्न लागेका छौं। खेलकुदमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र लगानी भित्र्याउने प्रायस गर्छौ। सरकारी जग्गा हत्याउने कामविरुद्ध काम सुरु गरेका छौं।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: