Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

जिल्लाभरिका एसईई दिने परीक्षार्थी एउटै कोठामा !

खबरडबली संवाददाता

मनाङ । देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ ।

चालिस जना परीक्षार्थी मात्र रहेकाले उक्त परीक्षा केन्द्रमा सबैलाई एउटै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गरिएको छ ।

यही चैत १५ गतेदेखि सुरु भएको परीक्षामा हालसम्म अङ्ग्रेजी र नेपाली विषयका परीक्षा सकिएका छन् । बाँकी विषयका परीक्षा पनि सोही कोठाबाटै सञ्चालन गरिने जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाइँले जानकारी दिए । विगतका वर्षभन्दा फरक ढङ्गले यस वर्षको एसईई सञ्चालन गरिएको उनको भनाइ छ ।

चपाइँका अनुसार उक्त परीक्षा केन्द्रबाट ४२ वर्षीया आमा राधा थापा क्षेत्री र १६ वर्षीय छोरा जयराम थापा क्षेत्रीले सँगै परीक्षा दिइरहेका छन् ।

“अहिलेसम्मका परीक्षा शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा भएका छन्”, उनले भने, “अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी आउनुभएको थियो । हामीले पालैपालो अनुगमन गर्ने गरेका छौँ । यसले विद्यार्थीमा त्रासको वातावरण पैदा गरेको छैन ।”

चालीस परीक्षार्थीमध्ये एक जना अनुपस्थित भएकाले अहिले ३९ जना परीक्षामा सहभागी भएका चपाइँले बताए । उनका अनुसार परीक्षा केन्द्र परिसरको सुरक्षाका लागि नेपाल प्रहरीका सात र सशस्त्र प्रहरी बलका सात गरी १४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उक्त परीक्षा केन्द्रमा २३ छात्रा र १७ छात्र गरी कूल ४० विद्यार्थीले एसईईमा सहभागिता जनाउने गरी फाराम भरेकामा खुलातर्फका एक जना अनुपस्थित भएपछि ३९ परीक्षार्थीले परीक्षा दिइरहेका केन्द्राध्यक्ष श्यामकृष्ण पन्तले जानकारी दिए ।

उनका अनुसार प्रकाशज्योति माविबाट १९, लोकप्रिय माविबाट १७, अन्नपूर्ण माविबाट एक र लोकप्रिय माविबाट (खुला) दुई गरी ३९ जना सहभागी भएका छन् । लोकप्रिय माविमा परीक्षा केन्द्र कायम गरिकामा आवासीय विद्यालय भएकाले होहल्ला हुने तथा नजिकै पहिरो गएकाले समस्या हुनसक्ने भएपछि बालमन्दिर प्राविको हलमा परीक्षा सञ्चालन गरिएको पन्तले बताए ।

उनका अनुसार मनाङमा एउटै परीक्षा केन्द्र र एउटै परीक्षा हल कायम भएको छ । मर्यादित ढङ्गबाट परीक्षा सञ्चालन भएको जानकारी दिँदै उनले यस वर्षदेखि एसईई दिने विद्यालयका कोहीलाई पनि निरीक्षक तथा केन्द्राध्यक्ष नराखिएको बताए ।

“विगतका वर्षमा जुन परीक्षा केन्द्र हुन्थ्यो, त्यही विद्यालयका प्रधानाध्यापक केन्द्राध्यक्ष हुने र अन्य शिक्षक निरीक्षक बन्ने गरिएको थियो । यस वर्षदेखि उक्त व्यवस्थामा परिवर्तन गरेका छौँ”, केन्द्राध्यक्ष पन्तले भने, थोरै विद्यार्थी भएकाले दुई जना निरीक्षक राखेर परीक्षा सञ्चालन गरिरहेका छौँ ।”

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछाने र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चपाइँले अनुगमन गर्दै आएका छन् । परीक्षा हलमा तस्बीर खिच्न निषेध गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ ।      तेस्रो लगानी सम्मेलनको दोस...

लगानी सम्मेलनमार्फत लगानीका अवसरको खोजी

काठमाडौं ।  ‘समृद्व नेपाल, सुखी नेपाली’को अवधारणालाई साकार पार्न नेपालमा लगानी भित्र्याउनुको विकल्प छैन । लगानीमैत्री वातावरण र लगानी आकर्षणबिना नेपाल...

इलाममा दोस्रो स्थानमा थेगिम र खड्काबीच कडा प्रतिस्पर्धा

काठमाडौं । इलाम-२ मा नेकपा एमालेको अग्रता कायमै छ ।  एमालेका उम्मेदवार सुहाङ नेम्वाङले साढे ११ हजार मत कटाउँदा मतान्तर ४ हजारले फराकिलो बनाएका छन् । ...

प्रि ओपन सेसनमा १० अंक बढ्यो नेप्से

काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ। नेप्सेमा १०.०४ अंक बढेर १९९०.३१ विन्दुमा पुगेको छ।  सोमबार प्रि ओपन सेसनमा ४७ स्टक...

थेगिमले पाए एउटै वडामा एक हजार ३२ मत पाउँदा ठूला दलले ६९ मत कटाएनन्

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।  हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य...

इलाम-२ मा फराकिलो मतान्तर बनाउँदै सुहाङ

काठमाडौं । इलाम २ मा नेकपा एमालेले अग्रताको मतान्तर थप फराकिलो बनाउँदै गएको छ । शनिबार भएको निवार्चनको हाल सम्मको मतगणना अनुसार नेम्वाङले फराकिलो मतान...

रामेछाप उडेको सिता एयरलाइन्सको जहाज काठमाडौं फर्कियो

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रामेछाप उडेको सिता एयरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ । जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाड...

तातो हावाको लहर अझै बढ्ने, सतर्कता अपनाउन हुन अनुरोध

काठमाडौं ।  विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ ।  लु...

‘महाजात्रा’ ले राख्यो सिड्नीमा कीर्तिमान

काठमाडौं । नेपाली फिल्मको लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले कीर्तिमान कायम गरेको छ । यसअगाडि ‘जात्रै जात्रा’ ले बनाएक...

स्याङ्जामा युवकको हत्या

स्याङ्जा । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies