Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

गाउँ–गाउँमा विकासले गति लिदैछः मन्त्री राई

खबरडबली संवाददाता

धनकुटा  । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा दुई वटा वडा कार्यालय भवन शिलान्यास र एउटा विद्यालय भवन उद्घाटन गरेका छन् । विभिन्न कार्यक्रममा सहभागि हुन गृहजिल्ला धनकुटा आइपुगेका मन्त्री राईले पाख्रीवास नगरपालिका वडा नं.३ र वडा नं.७ को वडा कार्यालय भवन शिलान्यास र सहिदभूमि गाउँपालिका–४ स्थित कन्यादेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गरेका हुन् ।

पाख्रीवास वडा नं.३ ले कालीमाटी र वडा नं.७ ले होक्से टोलमा वडा कार्यालय भवन निर्माण गर्न लागेको हो । शुक्रबार होक्से टोलस्थित भवन निर्माण स्थलमा इँटा राखेर मन्त्री राईले ७ नं. वडा कार्यालय भवन शिलान्यास गरे । ७५ लाखको लागतमा बनाउँन लागिएको सो भवन आगामी असार मसान्तभित्रमा निर्माण सम्पन्न गर्नेगरी भोजपुरको मिडहिल इन्फास्टक्चर प्रा.लि.सँग सम्झौता भएको वडाध्यक्ष देवेन्द्र तामाङले जानकारी दिए । सो भवन निर्माण गर्न वडा सदस्य चन्द्रबहादुर तामाङले दुई रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।

७ नं.को वडा कार्यालय भवन शिलान्यास सकेर वडा नं.३ पुगेका मन्त्री राईले त्यहाँ पनि वडा कार्यालय भवन शिलान्यास गरे । स्थानीय हर्कबहादुर राईले निःशुल्क प्रदान गरेको दुई रोपनी क्षेत्रफलको जग्गामा ४४ लाख खर्च गरेर भवन बनाउँन लागिएको हो । आगामी असार १० गतेभित्र काम सक्ने गरी काठमाडौंको एमकेए ग्रुप प्रा.लि.ले भवन निर्माणको जिम्मा लिएको वडाध्यक्ष सरोज राईले जानकारी दिए ।

यसअघि मन्त्री राईले बिहीबार सहिदभूमिको कन्यादेवी माध्यमिक विद्यालयको नवनिर्मित छ कोठे पक्की भवन उद्घाटन गरेका थिए । विद्यालयमा आयोजित कार्यक्रममा उनले शिलालेखको पर्दा उघारेर भवन उद्घाटन गरे । ६७ लाखको लागतमा भवन बनाइएको हो । सो विद्यालयमा २६८ जना विद्यार्थी अध्ययनरत छन् ।

गाउँ–गाउँमा विकासले गति लिदैछः मन्त्री राई

पाख्रीवास–३ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले अहिले गाउँ–गाउँमा विकासले गति लिदै गएको बताए । तीब्र गतिमा विकास गर्न सरकार लागिपरेको भन्दै मन्त्री राईले विकासलाई गति दिन सरकारमात्र नभएर जनताहरू पनि लागिपर्नुपर्ने धारणा राखे ।

पाख्रीवासको खानेपानी समस्या हल गर्न भुल्के खानेपानी आयोजना सफल पार्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री राईले त्यसका लागि लागिपर्न जनप्रतिनिधिसहित सबैलाई आग्रह गरे । आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनको भनाई छ । खानेपानीको समस्या क्रमश हल गर्दै जाने भन्दै उनले धनकुटामा खानेपानीमा मात्र नभएर सडक स्तरोन्नति लगायत अन्य विकास निर्माणका काममा पनि पहल गर्ने बचन दिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending