काठमाडौं । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेका कारण देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १६ गते, २०८१ - २१:०२
काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वसचिव भीम उपाध्याय ५० हजार रुपैयाँ तिरेर छुटेका छन् । विशेष अदालतमा उपस्थित ...
बैशाख १६ गते, २०८१ - २०:५४
बझाङ । बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारको अग्रता कायमै राखेका छन् । एमालेका उम्मेदवार द...
बैशाख १६ गते, २०८१ - २०:३१
काठमाडौं । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा पाँच वडाको गणना सक्दा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता कायम राखेका छन् । फाकफोकथुम १, २...
बैशाख १६ गते, २०८१ - १६:१७
नवलपरासी सुस्तापूर्व । नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर ...
बैशाख १६ गते, २०८१ - १६:१२
रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार खुला गरेका छन् । सिडियो हिराल...
बैशाख १६ गते, २०८१ - १६:०२
धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका—६ बुडोलडाडाँका गगनराज श्रेष्ठले ईनारको पानीलाई फिल्टर गरेर पिउन थालेको वर्षौ भयो । घरनजिकै सामूहिक धारा भए...
बैशाख १६ गते, २०८१ - १५:५७
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिती र बिकृतिको अन्त्य गर्न आन्दोलनको बिकल्प नभएको बताएका छन् । आज पार्टीको लुम्...
बैशाख १६ गते, २०८१ - १५:४४
काठमाडौं । इलाम-२ को प्रारम्भिक मतगणनामा नेकपा एसका उम्मेदवारले शून्य मत पाएका छन् । कुनै संगठन र कार्यकर्तासमेत नभएको नेपाल मजदुर किसान पार्टीले एक म...
बैशाख १६ गते, २०८१ - १५:४०
झापा । झापामा लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-५ बाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्र...
बैशाख १६ गते, २०८१ - १५:१७
काठमाडौं । बझाङको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणामअनुसार नेकपा एमालेका दमन भण्डारी १५७ मतसहित अगाडि रहेका छन् । उनलाई ने...
प्रतिकृया लेख्नुहोस्: